लटैनाथ मल्लिकार्जुन

Monday, 17 April 2017

मंगलबारको ब्रत बिधि र कथा




सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको व्रत एकदमै उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । यो व्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । स
किन्छ भने  जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ । यस व्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ ।
गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नु पर्दछ । ब्राह्मणलाई यथाशक्य तामा, मुसुरोको दाल आदि दान गर्नुपर्दछ वा आफूभन्दा कान्छो भाइलाई खुशी पार्ने वस्तु प्रदान गर्नुपर्दछ। मंगलबारको ब्रतको कथा  परापूर्व समयमा एक जोडी ब्राह्ममण दम्पती थिए । घरमा सबै वस्तु भए पनि एउटा सन्तान नहुनाले ती दुई पतिपत्नी दिनरात यही चिन्तामा घोरिई रहन्थे। ईश्वरसित आर्तपुकारा गर्थे ।  हे भगवन् ! कुनै उपायले हामीलाई एउटा पुत्र प्रदान गर । यही उनीहरूको प्रार्थना थियो ।
पुत्र प्राप्तिको इच्छाले ती ब्राह्मण कुनै वनमा आश्रम बनाई त्यसैमा बसेर नियम र निष्ठापूर्वक श्री हनुमानजीको आराधना गर्ने गर्दथे । उनकी ब्राह्मणी घरैमा बसेर आफ्नो मनोकामनाको र्पूर्तिका निम्ति हनुमानजीको पूजा आराधना गर्दथिन् । प्रत्येक मंगलबारका दिन श्री हनुमानजीलाई नैवेद्य अर्पण गरेर मात्र भोजन गर्दथिन् । दैवसंयोगले एउटा मंगलबार ती ब्राह्मणीले खानेकुरा पकाइनन् त्यसै कारणले उनले हनुमानजीलाई खाने वस्तु अर्पण गर्न पाइनन् । उता उनले आँफूले पनि केही खानपान गर्ने मौका पाइनन् साथै उनले अब अर्को मंगलबार आउँछ अनिमात्र भोजन गर्नेछु भन्ने प्रतिज्ञा पनि गरिन् । श्रीहनुमानजीलाई भोजन अर्पण नगरी म स्वयं भोजन गर्ने छैन भन्ने पनि उनको प्रतिज्ञा थियो । यही क्रममा छ दिनसम्म भोकै प्यासै रहेर उनको समय व्यतीत भयो।
अनि मंगलबार बिहान हुनसाथ ती ब्राह्मणी अकस्मात् मूर्छा परेर ढलिन् । अनि श्री हनुमानजीले त्यही मूर्छाकै स्थितिमा दर्शन दिएर ती ब्राह्मणीलाई सचेतन अवस्थामा ल्याउनु भयो र आज्ञा गर्नुभयो  ’तिम्रो पूजा सफल भयो । म तिमीलाई यो मङ्गल नामक सुन्दर बालक दिन्छु । यसले तिम्रो यस्तो सेवा गर्नेछ, जुन कसैले पनि आफ्ना मातापिताको सेवा गरेको छैन।’ अनि बालकलाई आज्ञा दि( ’ए मङ्गल! आऊ, आफ्नी आमाको यस्तो सेवा गर जसमा यिनलाई कुनै किसिमको दुःखकष्ट हुन नपाओस् ।’ हनुमानजीले प्रदान गर्नु भएको बालकलाई प्राप्त गरी ब्राह्मणी अत्यन्त प्रसन्न भइन् र त्यही बालकसित आनन्दपूर्वक दिन बिताउन लागिन् । केही समय बितेपछि जब ब्राह्मण जंगलबाट फर्केर आए र आफ्नू घरमा एउटा राम्रो बालक देखे अनि छक्क पर्दै पत्नीसित सोधे ’यो बालक कसको हो?’ ब्राह्मणीले भनिन् ’श्री हनुमानजीले प्रदान गर्नु भएको आफ्नै पुत्र हो।’ पत्नीको उत्तर सुनेर ब्राहृमणले भन्न त केही पनि भनेनन् तर उनको मनमा आफ्नो अनुपस्थितिमा पुत्र उत्पादन गर्ने पत्नीप्रति आशङ्का भयो र सोच्न थाले, मेरी पत्नी अवश्य पनि व्यभिचारिणी भइछ र यो बालक यसैको व्यभिचारको परिणाम हो । अनि उनी मनमा विचार गर्न थाले कुनै प्रकारले यो बालक मरिदिए ठिक हुने थियो। एक दिन ब्राह्मण इनारमा पानी लिन जान लागेका थिए, त्यसैबेला पत्नीले मंगललाई पनि आफूसँगै लिएर जान अनुरोध गरिन् ।
ब्राह्मणले बालक मंगललाई पनि साथै लिई गए र झुक्याएर त्यस मङ्गल बालकलाई इनारमा धकेलिदिए । ब्राह्मण घर फर्किएपछि पत्नीले सोद्धा उनले मंगलका बारेमा कुन्नि कता गयो, मलाई थाहा छैन भन्दै उत्तर दिए । त्यस पछि ब्राहृमणीले मंगललाई डाकिन, मंगल तुरुन्त हाँस्दै आइपुग्यो । यसरी ती ब्राहृमणले धेरै पल्ट बालकलाई मार्ने प्रयत्न गरे तर महावीर हनुमानज्यूले त्यस बालकको रक्षा गर्नुहुन्थ्यो त्यसैले उसलाई केही हुँदैनथ्यो । त्यसपछि एक दिन ब्राह्मण घरमा सुतिरहेको अवसरमा श्री हनुमानजीले स्वप्नमा दर्शन दिएर आज्ञा भयो ’हे ब्राह्मण ! यस बालकप्रति तिमीले आफ्नू मनमा कुनै किसिमको शंका र सन्देह नराख । तिमीले जुन मेरो सेवा र भक्ति गर्याै, त्यसैको परिणामस्वरूप तिमीले यो बालक प्राप्त गरेका हौ।’ यसपछि धेरै दिनसम्म ती पतिपत्नि सुखपूर्वक रहे । यो कथा जसले पढ्दछ वा सुन्दछ अथवा मंगलबारको व्रत गर्दछ, त्यसका सबै कष्ट श्री हनुमानजीको कृपाले नष्ट भएर जानेछ ।

Thursday, 13 April 2017

२०७४ बार्षिक राशिफल र बार्षफल


( ज्यो : हरिप्रसाद जोशी )
नयाँ वर्ष  २०७४ मा नेपालको प्रतिष्ठा बढ्ने योग छ । देशको अन्तर्राष्ट्रिय सम्बन्ध सकारात्मक मार्गमा गतिमान हुनेछ । उत्तरतिरबाट राम्रो सहयोग मिल्ने देखिन्छ । देशको पूर्वी भागमा भने राजनीतिक हलचल मच्चिने सम्भावना छ । मध्यभागमा प्राकृतिक विपत्ति आउने खतरा देखिन्छ । यस क्षेत्रमा हुने अतिबृष्टिले जनधनको क्षतिको सम्भावना देखिन्छ ।

शासकहरुमा अहंकार बढ्ने छ । सरकारले नयाँ सालको भदौ महिनासम्म अलि अफ्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ ।  नयाँ वर्षमा राशीहरुको अवस्थिति अनुसारको के कस्तो फल होला भन्ने आममानिसको खुल्दुलीको विषय हो । यही चासो र सरोकारलाई ध्यानमा राख्दै यहाँ नयाँ वर्षभरीको राशी फलको महत्वपूर्ण अंशहरु उल्लेख गरिएको छ ।

मेष – वर्षको आरम्भमा राहु र गुरुको प्रतिकुलताले गर्दा मानहानी स्वास्थ्य कमजोर एवं द्रव्य अधिक नोक्सान भएपनि भाद्रमासबाट गुरु अनुकुल बन्ने छ । व्यवसायमा प्रगतिको संकेत एवं मानसम्मान, दाम्पत्य जीवन सफल बन्ने छ । शनिको कारण धार्मिक कार्यमा बाधा उत्पन्न हनेछ । शैक्षिक क्षेत्रमा सफलता, कृषिकार्य र जग्गाजमीनको काममा लाभ मिल्ने छ । जेष्ठ महिनादेखि कात्तिकसम्म शनिको अढैयाको कारण काममा ढिला अनावश्यक बिषयमा समय चल्ने छ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन उत्तम रहनेछ ।

वृष – व्यापारमा सामान्य लाभ हुनेछ । शनि भदैयाको कारणले जेष्ठ ५ गतेसम्म र मंसिर १ गते पछि काममा ढिलाई, प्रतिकुल स्वास्थ्य, झुटो आरोप खप्नु पर्नेछ । वैदेशिक रोजगारीमा उत्तम मानिएको छ । जग्गाजमीनको कारोवारमा विवाद, तीर्थ यात्रा सफल हुनेछ । पारिवारीक सुख मिल्नेछ । उत्तराध्र्दमा दाम्पत्य जीवनमा समस्या आउने भएकाले शनिको शान्ति र शिव आराधना गर्नु अनिवार्य छ । जेष्ठ, असोज र माघ महिना कष्टको जीवन बित्ने छ ।

मिथुन – यो राशी भएका व्यक्तिहरुलाई यो वर्ष उत्तम मानिन्छ । वर्षको शुरु र अन्तमा भूमि र बाहनबाट सुख प्राप्त हुन्छ । आर्थिक उत्थान हुन्छ । रोजगारी र सामाजिक कार्यमा मानसम्मान हुन्छ । पैतृक सम्पति, सन्तानको उन्नति, हराएको धन प्राप्त हुनेछ । धार्मिक कार्यमा मन जाने छैन । शैक्षिक क्षेत्र असफल बन्नसक्छ । भदौ, मंसिर र चैत महिना सुखद् छन् ।
कर्कट – यो राशी भएका व्यक्तिको यो वर्ष सामान्य रहने छ । शत्रुमाथि विजयी, व्यापारबाट अत्यन्त लाभ, भूमि र बाहनबाट उन्नति हुनेछ । शुक्र र शनि ग्रहको अनुकूलताका कारण व्यापार, अध्ययन, सन्तान सुख या प्रगति हुनेछ । आर्थिक दृष्टिले बैशाख, जेठ र असोज शुभ महिना रहनेछन् ।
सिंह – यो वर्ष आम्दानीका नयाँ–नयाँ मार्गहरु मिल्नेछ । वर्षको अन्तसम्म गुमेको सम्पति प्राप्त हुनेछ । मान पदमा उन्नति हुनेछ । स्वास्थ्यमा प्रतिकूलता, पेट सम्वन्धी रोगले सताउने छ । व्यवसायबाट सामान्य लाभ छ । धार्मिक कार्यमा समावेश हुनेछ । नारायणको पुजा गरेमा दाम्पत्य जीवन, बैदेशिक रोजगारीका साथै सन्तान सुख हुनेछ । आर्थिक दृष्टिले जेठ, कार्तिक, असार र माघ उत्तम रहने छन् ।
कन्या – शनिको अढैयाको कारण यो वर्ष कन्या राशीको दिनचर्या सामान्य रहेको छ । वर्षको उत्तराध्र्दमा मानसिक तनाव, स्वास्थ्यमा प्रतिकूलता, स्वजनसँग वैरभाव र व्यापार व्यवसायमा मन्द गती हुने छ । शैक्षिक काममा आलस्य उत्पन्न हुनेछ । शत्रुमाथि विजय प्राप्त, पारिवारीक कार्यमा माङ्गलिक कार्य शुरु हुनेछ । वैदेशिक क्षेत्र सफल हुनेछ । असार, मंसिर र फागुन महिना उत्तम भनिएको छ ।
तुला – यो वर्ष अनुकूल प्रतिकूल दुइवटै मिश्रित समय रहेको छ । नोकरीमा प्रगति हुनेछ भने व्यापारमा लाभ तर स्वास्थ्य समस्याले ग्रसित पार्नेछ । नयाँ कामको थालनी हुन्छ तर भूमी वाहन सम्वन्धी राम्रो हुने छैन । कृषि कार्यबाट प्रचुर मात्रामा लाभ लिन सकिने छ । स्वास्थ्यमा अशुभ भएकाले मनमा अशान्ति आर्थिक समस्या उत्पन्न हुन्छ । बैदेशिक रोजगारी राम्रो छ । शनिदेव र शिवको उपासना अनिर्वाय छ । भदौ, पुस र चैत महिना उत्तम रहेको छ ।
बृश्चिक – यो वर्ष कृषिजन्य कार्यबाट, पशु व्यवसायबाट राम्रो जीवनयापन चल्ने छ । शैक्षिक क्षेत्र सामान्य बन्ने छ । सामाजिक कामबाट मानसम्मान प्राप्त हुनेछ । पारिवारीक सम्वन्ध प्रतिकूल बन्नेछ । वुवा–आमालाई कष्ट हुन्छ । आर्थिक समस्या पर्नेछ । शनिको अशुभ फल प्राप्त हुनाले शनि शान्ति गर्नु अति आवश्यक छ । बैशाख, भदौ र पुस महिना उत्तम रहेको छ ।
धनु – यो वर्ष धेरै प्रतिकूल बन्नेछ । शनिको पूर्ण प्रभाव पर्ने भएकाले पारिवारीक सम्वन्ध कष्टकर, स्वास्थ्यमा नराम्रो, पेट सम्वन्धी समस्या र चोट लाग्न सक्ने योग छ । शैक्षिक कार्यमा सफल रहेनछ । अधुरा रहेका शैक्षिक कार्यहरु पूरा हुनेछ । बैदेशिक रोजगारी असफल बन्नेछ । कृषि व्यवसाय सामान्य रहनेछ । शनिको जप, दान र शान्ति गरेर जीवनमा सफलता प्राप्त गर्न सकिन्छ ।
मकर – यो वर्ष मिश्रित फलको सामना गर्नुपर्नेछ । वर्षको पूर्वाध्र्दमा तीर्थयात्रा गर्ने योग छ । जग्गाजमिन र पशु व्यवसायबाट लाभ हुनेछ । वर्षको मध्यमा व्यापारमा राम्रो लाभ हुनेछ । आमा–बुवाको स्वास्थ्य प्रतिकूल हुनेछ । शैक्षिक कार्यमा राम्रो छ । वर्षारम्भ र वर्षको उत्तराध्र्दमा झुटो आरोपको सामना गर्नुपर्नेछ । मानसिक तनाव अशुभ फल प्राप्त हुनेछ । शनि अशुभ भएकाले शनि शान्ति र शिव उपसना गर्नु राम्रो हुन्छ ।
कुम्भ – यो वर्ष सामान्य रहेको पाइन्छ । अभिभावकको साथमा तीर्थ यात्राको योग छ । माङ्गलीक कार्यको शुरुवात हुनेछ । पारिवारीक सुख प्राप्त सन्तान प्राप्तिको योग बनेको छ । स्वास्थ्यमा प्रतिकूलता र आर्थिक अवस्था कमजोर बन्न सक्छ । ऋण बढ्ने छ । बिनाकाम झमेलामा फस्नु पर्छ । बैदेशिक क्षेत्रमा वर्षको उत्तराध्र्दमा राम्रो लाभ हुनेछ । नोकरीमा अपयश प्राप्त हुनेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । बैशाख, साउन, मंसिर र पुस महिना शुभ रहेको छ ।

मीन – यो वर्ष मध्यम रहेको छ । स्वास्थ्य सम्वन्धी तनाव, आँखा र पेटको रोगले सताउने छ । चोटपटकको भय, हतियार र सवारी साधनबाट होशियार रहनुपर्नेछ । सामाजिक र माङ्गलीक कार्यमा धेरै खर्च हुनेछ । वैदेशिक क्षेत्र र अध्ययन अध्यापन अधुरो रहनेछ । आम्दानीका नयाँ स्रोतहरु प्राप्त हुनेछन् । सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ । मानसम्मान मिल्ने छ । व्यापारबाट सामान्य लाभ हुनेछ । दाजुभाईमा उन्नति हुनेछ । नयाँनयाँ कामको थालनी हुनेछ । साझेदारी काममा प्रगति हुनेछ । बिशेषगरी जेठ, भदौ पुस र माघ शुभ रहेका छन् ।

-ज्यो.पं. हरिप्रसाद जोशी  (लटैनाथ मालिकार्जुन ज्योतिषालय ।

ज्ञान विज्ञान और धर्म

🌅 शास्त्र अनुसार छठ पूजा की शुरुआत, महत्त्व और कहाँ-कहाँ मनाई जाती है

  🌞 छठ पूजा का परिचय छठ पूजा हिंदू धर्म का एक अत्यंत पवित्र और वैज्ञानिक पर्व है, जो सूर्य देव और छठी मैया की उपासना के लिए समर्पित है। यह ...

पौराणिक ज्ञान