लटैनाथ मल्लिकार्जुन

Tuesday, 22 November 2016

वैदिक सनातन धर्म


ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
धार्मिक सहिष्णुता खल्बलिने र भातृत्व भाँडिने खतरा भएको परिस्थितिमा वैदिक सनातन धर्मको तथ्य र वास्तविकताहरु लेख्नैपर्ने आवश्यकता महसुस गरे । चुरो कुरो थाहा नपाउँदा तथाकथित पण्डितहरुको अर्धज्ञान, अहं र पाखण्डी स्वभावको कारणले धर्मलाई अपब्याख्या गरेको पाइन्छ । पबित्र गायत्री मन्त्रलाई पण्डित भनाउँदा बाहुनहरुले गोप्य राखेको कुरा त सर्वबिदितै छ । अन्धो मानिसहरुले छामेर हात्तीको आकार अनुमान गरेजस्तै धर्मको मर्म/अर्थ बुझ्न नसकेको जस्तो लाग्यो, नेपाली जनताहरुले । धर्मको खाटी कुरो बुझाउन नसकेका पण्डितहरुमा र धर्मको भेउ पाउन नसकेका नेपालीहरुमा घैटोमा घाम लाग्ला कि भन्ने अभिप्रायले यो लेख सम्प्रेषण गर्दैछु । वैदिक सनातन धर्मको यथार्थतालाई आत्मसात गरी सोही अनुरुपको व्यवहारिक जीवन अपनाउनु हाम्रो अहं कत्र्तव्य हो ।
वैदिक : वेदमा दिएको शिक्षाअनुरुप चलेको समाज र संस्कारहरु ।
सनातन : अति प्राचीन, आदिमकालदेखि, सृष्टिको सुरुवातसँगै ।
धर्म : अन्तरनिहीत गुृणलाई धारणा गर्नु । उत्तरदायित्व बहन गर्नु । सत्मार्गमा हिड्नु प्रकृतिको नियमको पालना गर्नु, कर्मको फल प्राप्ति ।
यहाँ भनिएको शब्दार्थअनुरुप जाने हो भने अति प्राचीनकालदेखि वैदिक संस्कारअनुसार चलिआएको धर्म नै वैदिक सनातन धर्म भन्ने बुझिन्छ । वेद भनेको ज्ञानको भण्डार र ईश्वर प्राप्तिको सुमार्ग हो । यो अगाडिको कल्पसम्म वेद हावामा नै ध्वनीको रुपमा तरङ्गीत हुन्थ्यो र तन्त्रका ज्ञाताहरुले मात्र वेद पढ्न सक्दथे । यही कल्पको तेत्रायुगमा नेपालको दमौलीमा जन्मनुभएका वेदव्यास ऋषिले ४ वेदलाई संस्कृत भाषामा लिपिबद्ध गरिदिनुभयो । हिजो आज पश्चिमेलीहरुले हाम्रो भाषालाई ईश्वरको भाषा The Language of God भनेर बुझ्न थालेका छन् । जगत कल्याणको निम्ति लेखिएको चार वेद भित्र ईश्वर, योग, ध्यान, असल जीवन पद्दति, ज्योतिषशास्त्र, बास्तुशास्त्र, अर्थशास्त्र, कला–संगीत साहित्य, आयुर्वेद, वैज्ञानिक आविष्कारहरु आदि इत्यादी कुराहरु उल्लेखित छन् । सभ्यताको पहिलो साहित्य, वैज्ञानिक आविष्कारहरुका पिता र सम्पूर्ण धार्मिक ग्रन्थहरुको मूलश्रोत वेदलाई नै मानिन्छ ।

धर्म भनेको निधारमा खरानी धस्नु, रुद्राक्षको माला जप्नु, पहेंलो पहिरन लगाउनु, पूजापाठ गर्नु, धर्म भनेर आममानिसले बुझ्दै आएका छन् । यस्ता कार्यहरु आत्मा शुद्धिकरणको लागि गरिएको धार्मिक कार्य भन्न मिल्छ तर धर्म होइन । ‘धर्म धारयते इति धर्म’ भनेर गीतामा भनेझैं धर्म भनेको आफ्नो गुण ‘धारणा’ गर्नु हो–उत्तरदायित्व बहन गर्नु हो । जस्तो कि पानीको धर्म शितलता दिनु/प्यास मेटाउनु हो । आगोले सानो ठूलो, धनी गरिब यो या त्यो भन्दैन, डढाउँदछ किनकि आगोको धर्म नै पोल्नु÷डढाउनु हो । त्यसैगरी न्यायाधीशको धर्म पीडितलाई न्याय दिनु हो भने प्रहरीको धर्म कानुन पालना गराउनु हुन्छ । राजनेताको धर्म भनेको राष्ट्र र जनतालाई सर्वोपरी ठानेर सेवामा समर्पित हुनु हो । राजाको धर्म भनेको स्नेही पिता बनेर राष्ट्र चलाउनु हो । धर्म छोड्यो भने आफ्नै अस्तित्व बिलाउँदै जान्छ । सिँउडी रोपर सूर्यमुखी फूलको आश गर्नु मूर्खता हुन्छ । बिडम्बना ! धर्मको मर्म बुझेन्न कसैले घीनलाग्दो र कुकृत्य गर्दै हिडें सबैले । निर्दोष नेपाली जनताहरुले धर्मको सहीरुप देख्न पाएनन र वितृष्णा जाग्यो सबैमा ।
यसरी हेर्दा वैदिक सनातन धर्म ईश्वर प्राप्तिको सुमार्ग देखाउने र सभ्य सुसंस्कृत समाजको निर्माण गर्ने ज्ञानको भण्डारको रुपमा फैलिएको संजाल हो । कुनै एउटा जाति विशेष वा समुदायले अपनाएको धर्म हुँदै होइन । यहाँ सूर्य (अग्नी), पंचतत्व (प्रकृति) को पूजा/उपसना गरेको मात्र पाइन्छ । हुन पनि सूर्य र प्रकृतिको अनुपस्थितिमा कुनै पनि जीव–जीवात्मा र वनस्पतिको अस्तित्वको कल्पना पनि गर्न सकिदैन । ब्रम्हाण्डमा श्रृष्टिकर्ता सत्गुरु गोरखनाथ शिव बाबा प्रकृतिका मालिक नागराजा–परम ज्योति हुनुहुन्छ । ‘शिव’ भनेको प्राण हो । शिवको (ि   ईश्वर ई) ई उडेर गएपछि हामी शव (मुर्दा) मा परिणत हुन्छौ । विष्णुलाई पालनकर्ता र महेश्वरलाई संहारकर्ता (पुनः श्रृष्टिको खातिर भष्म गर्ने) को रुपमा वैदिक सनातन धर्मले भन्दै आएको छ । कल्प, युग र देशकाल परिस्थिति अनुरुप देव–देवताहरु, ऋषिमुनिहरु, धर्मप्रबर्तक र शान्तिका दूतहरु यस धर्तीमा आउने गर्दछन् । सबैलाई सत्गुरु गोरखनाथ ‘शिव’ बाबा बाट खटाइएको हुँदोरहेछ । सबै धर्म समुदायको प्रवर्तकहरुले म ईश्वरको पुत्र हुँ I am the son of God भनेका नै छन् । बाबा ब्रम्हाण्डको परमज्योति स्वरुप भएतापनि हामी सबै जीवन जीवात्माको कण–कणमा पनि बास गर्नुहुन्छ । कुनै घमण्डी भौतिकवादीले अहिले अध्यात्मलाई खैरो खनेतापनि पछि उसले बुझ्दै जान्छ “म अदृश्य शक्तिद्धारा संचालित छु । प्रकृतिको नियममा बाँधिएको छु” भनेर आत्मासाक्षी हुन थाल्दछ । सबै धर्महरु ॐकार परिवारभित्रकै सदस्यहरु हुन् । उच्चाहरणमा थोरै फरक भएतापनि सबै धर्मले ॐको उच्चारण गरेका हुन्छन् । सूर्य र पञ्चतत्व (प्रकृति) लाई पूजा गरेकै हुन्छन् । नाग–त्रिशुल र शिवलिंगलाई आराधना गरेकै हुन्छन् । त्यसैले हामी नेपालीहरुले अल्मलिनुपर्ने ठाउँ छैन । वैदिक सनातक धर्म करिब ३ लाख वर्ष अघिदेखि चलिआएको ईश्वर प्राप्ति सत्मार्ग र मानव धर्म हो । विश्वमा प्रचलित अहिलेका सबै धर्महरु हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियन, सिख, जैन, टाओ, आदि इत्यादी धार्मिक समुदायहरु हाम्रो वैदिक सनातन धर्मको हाँगाहरु मात्र हुन् । मान्ने तरिका र बाटो फरक भएतापनि सबै धर्म समुदायको भाव, नीति र गन्तव्य एउटै छ– वैदिक सनातन धर्मले सिकाएजस्तै ब्रम्ह्ज्ञान र ईश्वर प्राप्ति ।

वैदेकि सनातन धर्मको उद्गमस्थल नेपाल नै हो । नेपाललाई अघिल्लो युगहरुमा सत्यवती, तपोवती, मुक्ति दायिनी र नेपाल मण्डल भनेर भनिन्थ्यो । यही पूण्यभूमिबाट विभिन्न धार्मिक समुदायहरुको प्रादूर्भाव भयो । त्यसैले नेपालमा धार्मिक स्वतन्त्रता दिनुमा केही आपत्ति छैन तर उसले आफ्नो धर्मको मूल मर्मलाई आत्मसात गरेको हुनुपर्दछ । कुल पितृ र नागलाई मानेर आफ्नो संस्कारहरुलाई निरन्तरता दिनुपर्दछ । नेवारले गुरुङको चलन/सँस्कृति अपनाएको पटक्कै सुहाउँदैन भने क्रिश्चियनहरुले पनि मुसलमानको संस्कार अपनाएको उचित हुँदैन । जो जे छ, त्यही ठिक छ । एउटा धार्मिक समुदायले अर्को धार्मिक समुदायको निन्दा गरेको कदापि राम्रो होइन । बाटो र विधिमात्र फरक छ, गन्तव्य एउटै छ । सबै धर्महरुमा–पञ्चशील, सदाचार, सत्मार्ग, मानवता, कर्मको फल र ईश्वर प्राप्ति जस्ता मूलभाव एउटै हुन्छ । नेपाल राष्ट्र सबै धर्म धार्मिक समुदायको उद्गमस्थल, फूलबारी र आश्रयस्थल भएको हुँदा कुनै एक विशेष धर्मको नाउँमा राजनीतिकरण गरिनु हुँदैन । अनगिन्ति सभा र छलफल गरेतापनि ‘छल’ जनतालाई दिने र ‘फल’ आफूले खाने सुँगर स्वाँठ नेताहरुको नियत राम्ररी बुझ्ेका छन् नेपाली जनताले हिलो र चन्दन, काँस र कुस राम्ररी छुट्याउन सक्ने भैसके नेपालीहरु । जिब्रो चपाएर बोल्ने धार्मिक अगुवाहरुले अस्ति भर्खर जन्मेको धर्महरुको बुई चढेर आदिम युगदेखि चलिआएको नेपालको वैदिक सनातन धर्ममा जूठो हाल्ने दुष्प्रयास मात्र गरेका हुन् ।

Sunday, 20 November 2016

हिन्दु राष्ट मेरो देश

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)


पवित्र भुमि नेपाल हिन्दुहरुको आराज्य देवि देवताहरुले बिभिन्न रुप लिई बसोवास भएको थलो जुन हिन्दु धर्म ग्रन्थ अनुसार सम्पूर्ण देवताहरु पवित्र स्थल हिमालयमा बसोबास गर्दछन र महाकवी काली दासले पनि हिन्दु धर्म ग्रन्थको आधारमा लेखेका छन ूकुमार सम्भव महाकाव्य ,रघुवंश महाकाव्य, हिमालय र पर्वत खण्डको वर्णन गर्दै भने कि विश्वले नै एकमात्र हिन्दुधर्मको स्थल भनेर चिनिने  नेपाल यस्तो भुमि हो जहाँ देवी देवताले वसोबास गर्दै आएका छन ,
महाकवी काली दासले मिठो श्लोकवाट यसरी गुन्गुनाए थिएँ ,
ूअस्त्युत्तरस्याम् दिशितेवतात्मा हिमालयो नाम नगाधिराज
पूर्वापरौ तोयनिधि वगाह्यस्थित पृथिव्यामिवमान दण्ड ू 
अर्थात् उत्तर दिशामा देवताहरु वास गर्ने देवताहरुको आत्मा रहेको पर्वत राज ,जसलाई हिमालय भनिन्छ ,र पुर्व पश्चिम र दक्षिन तिर जलाधार नदीहरु वगेका छन यो पृथिवीको मान दण्ड जस्तै आधार हो १
पवित्र भुमि एक मात्र मेरो हिन्दु देश नेपाल जसलाई कुमार सम्बभको प्रथम आध्यायमा श्लोक द्धारा वर्णन गरिएको छ १ त्यसैको आधारमा पनि नेपाललाई देवताहरुले निवास गरेको भुमि हो भन्न कुनै दुई मत नहोला १ झनै देवी भागवत्,नेपाल महात्मय,महाभारत,वेद,,पुरारणहरु समेतमा हिमालयलाई देव भूमि भनेर उल्लेख गरिएको छ,तिनै ग्रन्थहरुको आधारलाई मान्दै  कौशिक ऋषिले ,वराह  क्षेत्र नजिकको कोशीमा ,गण्डका ऋषिले गण्डकीमा ,व्यास ऋषिले महाकाली नदीको किनारमा ,वालमिकी ऋषिले पनि गण्डकी नदीकै किनारमा तपस्या गरि देवत्व प्राप्त गरेका थिए भन्ने मारकाण्डय पुराण लगायत बिभिन्न धर्म ग्रन्थका पुस्तकका कथाहरुमा उल्लेख गरिएको  सुन्न र पढ्न समेत पाइन्छ १ त्यस्तै वालमिकी रामायण ,शिवपुराण,मारकणड्य पुराण ,र सति देविका अंग पतन भएका र अदभूत रामायण तथा सम्पूर्ण रामायणहरुमा ब्रह्मा जीको तपस्या गर्न रावणका तिनै भाई पनि हिमालय पर्वतमा नै गई तपस्या गरेका थिए भन्ने समेत ग्रन्थमा उल्लेख भएको छ १ त्यति मात्र नभएर 
 शिवपार्वतीका अनुपम लिलाहरु हजारौ  उदारहणको रुपमा हिमालय पर्वत मै केन्द्रित छन् भन्ने कुरा यहाँ मैले व्यक्त गरिरहनु पर्दैन होला १ झनै भन्नु पर्दा हिन्दुहरुको लागि सक्षात् देवता शालिग्रामको उत्पत्ति ,कालीगण्डकीको  शिरान नै प्रणामको रुपमा दामोदर कुण्ड रहेका छन ,जहाँ जड भरतले धेरै बर्ष बसेर तपस्या गर्दा जलेश्वर महादेव प्रश्न भै वरदान समेत दिएको कुरा श्रीमतभागवत् पुराणमा उल्लेख भएकोछ १

हाम्रो देश नेपाल जहाँ सिता,जनक,बुद्ध,जस्ताको जन्म समेत रहेको नेपाल विश्वकै एकमात्र हिन्दु आराज्य देवहरुको निवास स्थल हो भन्ने कुरालाई कसरी नेपालमै भएका बुद्धिजीवी,देशका नेताहरु र नेपालीले बिर्षन सकेका  होलान  रु अहिले आएर डलरको लोभमा पर्दै यसलाई राज्यले धर्म साक्षेप् भनोश वा निरपेक्षक  तर यो नेपाल हिन्दुहरुको गर्वको शिर आधार भूमि हो जुन विश्वमा नै छरिएका हिन्दुहरुले गर्व गरिरहेका छन त्यस्तै  नेपालको इतिहासमा वेद र हिन्दु ग्रन्थहरुको रक्षाको लागि मुसलमान र क्रिश्चियनहरुको त्रासवाट हिमालयमा धर्मको संरक्षण गरिएको कुरा समेत पाइन्छ भने गया शुद्धिन,शुग्लंएम ।सम् शुद्धिन,महमद गजनी,आदिको आक्रमणबाट अर्थात् ९ जनै काटिदिने,वेद जलाई दिने,धर्मका पुस्तकहरु च्यातिदिने,बाहुनका पालेका टुप्पी काटिदिने र जवर्जस्ती धर्म परिवर्तन गराउन खोज्ने ,मन्दिरहरु तोडफोड गर्ने ,गाई काट्ने,जस्ता नगन्य अपराध हुँदा पनि नेपाल एक मात्र हिन्दुराष्ट्र यस्तो देश हो जसले धर्म र संस्कारको संरक्षण आज सम्म पनि गर्दै आएको थियो त्यस्तै  किरातीहरुले  मान्ने गरेका पारुहांग र सुम्लिमा ,सारुप्मा पनि शिवपार्वती नै हुन ,र अन्य जनजातीहरुको आराज्य देवतामा भगवान बुद्धलाई हिन्दु धर्मले पनि विष्णुका दशौ अवतारको रुपमा मान्ने गरेको कुरा देवी स्तुतिहरुमा समेत पढ्न पाइन्छ ,र

हिन्दु धर्म भित्र  विष्णु,शिव,र बुद्धको साझा स्वरूप मुक्तिनाथ सम्पूर्ण नेपलीहरुले पुज्दै आएको प्रमाण आज पनि ताजै रहेको छ ,र चाहे हिन्दु धर्मलाम्वी क्षेत्रि वाहुन हुन वा अन्य जनजाती  यी सम्पूर्णहरुले हजारौ बर्ष देखि हिन्दु र बुद्ध धर्मलाइ मान्यता दिदै आएका छन यस्तो धार्मिक सहिष्णुता रहेको पवित्र नेपाल देशमा बसोबास गर्ने अन्य धर्मलाम्वीहरुलाई  पनि एकता,सद्भावना  राख्दै आएका छन र
 हजारौ बर्ष देखि मिलेर बसेका नेपालीहरु हिन्दु धर्ममा आधारित धार्मिक सहिष्णुता भित्र सन्तुष्ट छन त्यस्तो अबस्थामा  जातीय सदभाव र धार्मिक सहिष्णुतालाई खलल पार्ने धर्म परिवर्तनको  सिम्ख्रालाले  हामी माथि वज्रपात गरेको छ र नेपालीहरु ८०५ भन्दा बढी हिन्दु धर्ममा आबद्ध छन भने हिन्दु धर्म र हामी नेपालीको संस्कार नै हाम्रो प्रण हो यस माथि गरिएको  विदेसी दलालहरुको देश भित्रको हस्तक्षेप् र आक्रमण हामीलाई सैय हुने छैन हाम्रो आत्मा र धर्मलाई डलरको मुल्यमा तौलिने राज्यका नेता होखबरदार ।।।१
आफ्नो धर्मलाई हिन अरु धर्मकोलाई ऊच्च मान्दै आँखामा खुर्सानीको धुलो छ्याप्ने, पैसामा आफूलाई मात्र हैन देशको छवि र हिन्दु संस्कारलाई नै घृणा गर्दै धर्मको हिनता गरी बिदेशीहरूको लय लयमा आफूलाई नोकर बनाएर तिनीहरूको धर्मको प्रचार र आदर गर्ने, देशको गर्व र हिन्दु धर्मको शक्तिलाई लत्याउदै समाजमा विभिन्न किसिमको अपवाद फैलाएर द्धन्द गराउदै हिड्ने हिन्दुको नाममा कलंकित राजनीति धारी ,गायककार,बुद्धिजीवी ,शिक्षक् वर्ग हो खबरदार । सक्छौ भने पशुपति नाथको मन्दिरमा गई एउटा हात शिवको शिलामा राखी अर्को हात तिम्रो हिर्दयमा हात राखेर नाना भाति भनेर हेर,सक्छौ भने दक्षिण काली माताको शिरमा हात राखेर मनपरी भन,सक्छौ भने महाकाली ,भद्रकाली ,मनोकामना देवी जस्ताको शिलामा हात लाल्कारेर हेर र दलालले दिएका धर्मको ढोंगी उपदेश को गुण गाउदै हिड् अनि तिम्रो समर्थलाई हामी मन्नेछौ, १

जुन देशले सहयोग अरबौं रुपैयाँ दिए पनि देशका विकाश तिर ति रकम नलाई आफ्नो पटुका दरो गर्ने र देश भित्रको सुन्दरतालाई,महत्वलाई,आय आजर्नका श्रोतहरुलाई बुझ्न नसक्दा देशको राजनीतिक अस्थिरता, गरिबी, बेरोजगारी, असिक्षा र असुविधाको कारण अरु कोही हैन लोभी,लाछी,स्वार्थी नेता र पैसामा बिक्दै आएका तिमी हामी आफै हौ । एकपल्ट अरु धर्मसँग आफ्नो संस्कार र धर्मलाई तुलना गरेर हेर । देश भित्रको सुन्दर प्रकृतिले दिएका अनेकौ दृष्य लेक झरना, पहाड र हिमाल लगायत सुन्दर चित्रले कुदिएका प्राकृतिक मन्दिर, मूर्ति र प्राकृतिक अनेकौ बनजंगलहरूबाट आउने मिठा कुहु कुहु, चिर्चिर जस्ता सुन्दर घुनहरूको खानी देशका उपहारलाई मनन गर, र हाम्रो आफ्नो धर्म हजारौ हजार बर्ष देखि चल्दै आएको शक्तिशाली धर्म अन्य कुनै देशमा छैन ।

विचार गर  ८०५ हिन्दु भएको देशमा सबै हिन्दु उठे भने तिम्रो के गति होला रु यस्ता  आतताई दलालहरुको प्रलोवनवाट मुक्त गर्नु हाम्रो आजको हिन्दु आवाजले सम्पूर्ण नेपाली हिन्दु बासीलाई आवान गरेको छ   र गरिवीको आडमा र नेताको आफ्नो स्वार्थलाई लोभमा पार्दै घूसपैठ गरि हिन्दुत्वको जरो उखेल्नु र आफ्नो राज्य बनाउन खोज्नु नै ति दलालहरुले डलरको प्रलोवन देखाउदै  तमाम प्रचारप्रसारको उद्देश्य रहेको घाम जत्तिकै छर्लंग  हुँदा पनि यिनीहरुलाई देशबाट लखेट्नु को साटो झनै उनीहरुको हातमा हात थाम्ने लाछी यो आखाँमा पट्टि लगाएर अन्धो झैँ हुनेहरुलाई के नाम दिनु खै रु
हजारौ बर्ष देखि कैयौ मेहनत बाट बनेको यो संस्कार र संस्कृति,परम्परालाई  सामान्य स्वार्थमा डुबी देशको गरिमालाई नै लिलाम गर्न चाहनेहरुको भविष्य र भावी पिडिको भविष्यसंग खेलवाड गर्ने कुनै देश भित्रका नेताको अधिकार छैन  १
आफ्नो सङ्गठन बलियो बनाउन अरुको देश भित्र राज गर्न चाहने धर्मको नाममा बिभिन्न चमत्कार देखाई अपवाद फैलाउदै पैसाले किन्दै आएका ढोंगी बिदेशी धर्मलाई हेर जसले अरुलाई नाना भाति अपशब्दबाट सम्बोधन गर्ने र तेरो धर्म यस्तो भनेर हाम्रो संस्कारर्लाई पैताला मुनि राख्न खोज्दा, तिम्रै आगाडी घृणा गर्दै उनीहरूको धर्म ठुलो भनेर तुलना गर्दा अपांग झैँ ,माग्ने झैँ लाचार  बनाएर तिम्रो र देशको नै  शिर झुकाएको देख्दैनौ कि क्याहो रु यदि उनीहरूमा कुनै स्वार्थ नहुने हो भने किन आफ्नो देशमा नै धर्मको जड बलियो पार्न छाडेर धर्मलाई पैसामा लिलाम गर्थे होलान त रु

आज देशमा विदेशी दलाल पस्नु र लोभको प्रलोबनमा गरिबीका कारणले होमिनु र यिनीहरु गोवरको मलमा पलाएको  झार झैँ मौलाउनु पनि देशका पाखण्डी,स्वार्थी आखाँ नदेख्ने अन्धा झैँ  नेताहरुको लोभ,लालचा,स्वार्थका कारण नै आज देशमा यो धर्म परिवर्तनका  विकृतिहरुले विगविगी भएर एक आपसमा लडाई रहेको,मन्दिरहरु माथि गरिएको अत्याचारको अबस्था सिर्जना भएको देख्दा हामी काम गर्ने शिलशिलामा विदेशमा आएका नेपालीहरुको मन रोएको छ १

नेपालको कानूनमा कुनै धर्मको प्रचार(प्रसार र कुनै ठाउंको रीति रिवाज सस्कारलाई आक्षेप लगाएको पाएका छौ रु तर बिदेशीहरूले जहिले पनि पैसा, शिक्षा, रोजगार जस्ता प्रलोभन दिएर आफ्नो संघठन बढाउन र बलियो पार्न र अरुको देशमा आएर राज गर्न ढोंगी धर्मको प्रचार प्रसार गर्दै विदेशबाट जुटनुको कारण के को लागि होला भनेर एकपल्ट निहालेर सोचेका छौ रु यसरी धर्म परिवर्तन गराउन मोटो रकम दिनुको तात्पर्य के हो त रु यो पवित्र हिन्दु राष्ट् भुमिमा धर्म ,संस्कृति र परम्परालाई अछुन्न रहन देऊ सक्छौ भने देश भित्रको गरिमाको रक्षा गर सक्दैनौ भने डलरमा आफुलाई तराजुको पल्लामा बसेर तौलिदै देशलाई घिनाउँने र बिदेसी दलालको हातमा सुम्पिन धर्म परिवर्तनको आड लिने नेता,पढे लेखेका शिक्षक तथा अन्य बुद्धिजीवी वर्ग हो तिमीहरुलाई हरेक नेपालीले धिकार्ने छन र तिमीहरु कहिलै नउठ्ने गरि इतिहास मै कलंकित हुनेछौ   १
एक पल्ट विचार गर आज नेपालमा आएर लोभको प्रलोभन देखाई धर्मको आड लिने यो क्रिश्चियन ढोंगी दलालहरुले पहिला मुश्लिम समुदायहरुको राष्ट् माथि पनि यिनै अत्यचारी यिनै क्रिश्चियनहरुले धर्मको आड बनाएर सम्पतिको लागि आक्रमण गरे र प्राकृतिक स्रोत जस्ता प्रेट्रोलियम प्रदार्थ तथा अन्य खनिज प्रदार्थ दोहन गरे , त्यसको विरोधमा मुश्लिम समुदायले प्रतिरोध गरे त्यसैको मारमा परेका क्रिश्चियनहरुले आज सम्म मुश्लिम समुदायसंग न लड़न सक्छन,न धर्म नै परिवर्तन उनीहरुलाई गराउन सक्छन १ धर्म परिवर्तन त के आज मुश्लिम हरुको अगाडी सामना सम्म गर्न सकिरहेका छैनन ,भने यस्ता धर्मलाई आधार बनाएर देशमा नै कब्जा जमाउन तलिन उद्देश्य भएका क्रिश्चियनहरुले गरेको मुस्लिम माथिको निकृष्ट धातको प्रतिउत्तरमा गरिएको टेन्टा गानको आक्रमण ९अमेरिकामा भएको ० एउटा उदाहरणा हो ,१
इस्लामिक समुदाय भित्रका चर्चहरु र क्रिश्चियनहरुका  अन्य संस्थाहरु आज दैनिय अबस्थामा जिर्ण रहेकोले त्यहाँ गएर उनीहरुले आफ्नो क्रिश्चियन धर्मको रक्षा गर्न सकिरहेका छैन र नेपालमा आएर यिनीहरुले खन्याउने  लोभका डलरहरु उनीहरुको त्यहाँ काम लागि रहेको छैन त्यस्तै भारतमा डलर र वाइवल भित्र लुकाएर ल्याएका तरवारले दुइ सय बर्ष सम्म भारत क्रिश्चियनको गुलामी बन्यो नेपालका नेता लगायत बुद्धि जीविहरुले के त्यो इतिहास पढेका छैन्न र  रु धर्म निरपेक्षक भनेको क्रिश्चियन नीतिको प्रभाव बढाउनु हो भन्ने कुरा आजका नेताहरुले बुझेका छैनन कि कसो रु
ूधर्मो रक्षति रक्षित् ू धर्मको रक्षा गर्नु नै हाम्रो रक्षा गर्नु हो ,ओंम् शान्ति शान्ति शान्ति ,ू

Friday, 18 November 2016

हिन्दु धर्म अरु धर्मको पनि संरक्षक हो

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
हिन्दु धर्म आफैमा धर्म निरपेक्ष छ र यो अरु धर्मको पनि संरक्षक हो। नेपाललाई धर्म निरपेक्ष घोषि त गरिनु अघि अर्थात नेपाल हिन्दु अधिराज्य भएको बेलादेखि नै- नेपालका मुसलमानहरुलाई देश को कुनै पनि ठाउँमा मस्जिद बनाउन राज्यले कहिल्यै रोक लगाएन।आफ्नो धार्मिक गतिविधि संचालन गर्न राज्यले कहिल्यै अवरोध पुर्याएन।मदरसा जस्ता शिक्षण संस्थाहरु संचालन गर्न राज्यले कहिल्यै रोक लगाएन। राज्य आफैले सरकारी अनुदान सहित वर्षेनी हजारौं मुसलमानहरु लाई हजयात्रामा पठाउँदै आयो।
(तर हिन्दुहरु आफैले भने तिर्थयात्रामा जानको लागि राज्यबाट कहिल्यै फुटेको कौडी पनि पाएनन् र माग्दा पनि माग्दैनन्)
.
बुद्धधर्म संवर्द्धन र प्रवर्द्धनका लागि
-गुम्बा विकास समिति गठन गरी वर्षेनी करोडौंको बजेट रकम दिंदै आएको छ।
-लुम्बिनी क्षेत्र विकास समिति गठन गरी वर्षेनी करोडौंको बजेट रकम दिंदै आएको छ।
-सरकारी खर्चमा भिक्षु तथा लामाहरुका लागि देश दर्शन कार्यक्रम आयोजना गर्दै आएको छ।
-त्रिभुवन विश्वविद्यालयमा बौद्ध शिक्षामा स्नाकत्तर तह सम्मको अध्ययन गर्ने व्यवस्था छ।
-सरकारकै पहलमा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले वर्षेनी ठूलो अनुदान रकम पाउँछ।
(तर राज्यले हिन्दु पण्डा पुजारी पण्डित पुरोहितका लागि देश दर्शन जस्तो कुनै कार्यक्रम गर्दैन। देशमा हिन्दु धर्म सम्बन्धी उच्च शिक्षा अध्ययन गर्ने कुनै व्यवस्था छैन। हिन्दु विश्वविद्यालय नामको कुनै शिक्षण संस्था छैन। हिन्दु धर्म र मठ मन्दीर संरक्षण तथा विकासका लागि राष्ट्रिय स्तरको कुनै समिति वा कोष छैन। खास खास मठ मन्दिरको नाममा विकास समिति वा कोष भए तापनि तिनीहरु आफ्नै आयमा बाँचेका छन्।)
.
ईसाई धर्म र धर्मावलम्बी सम्बन्धमा
उपनिवेशवादी शक्तिको औजार ठहर गरी राजा पृथ्वीनारायण शाहले ईसाई धर्म प्रति बक्रदृष्टी राखेको, बिसौं सताव्दीको उत्तरार्द्धसम्म पनि राज्य र जनमानसले ईसाईहरुलाई गाईको मासु खाने म्लेच्छ भनेर घृणा र अछूतको व्यवहार गरेको पक्कै हो। हेर्दा विभेद र अन्याय जस्तो लागे तापनि त्यस बेलाको विश्व परिवेशमा हेरियो भने राजा पृथ्वीनारायण शाहको ठहरलाई बेठिक भन्ने कुनै बाटो छैन। ईसाईहरुलाई म्लेच्छ र अछूतको व्यवहार राज्यले गरेको विभेद भन्दा पनि बढी गाई पूजक हिन्दुहरु र गाईको मासु नखाने एक थरी बौद्धहरुको भावनात्मक उपज हो।
तर नेपालमा प्रजातन्त्रको प्रथम आगमनसंगै ईसाई मिसनरीहरुले समाज सेवाको नाममा स्कूल र मिसन अस्पतालहरु खोलेर त्यस मार्फत ईसाई धर्म प्रचार गर्न पाइरहेका छन्। पंचायत कालको पूर्वाद्धसम्म आइपुग्दा विभिन्न आइएनजिओ नामका ईसाई संगठनहरुले विकास निर्माण र शिक्षा स्वास्थ्य क्षेत्रमा जनस्तरमै सहकार्य गर्ने बहानामा अघोषित तर मनोवैज्ञानिक रुपमा अत्यन्तै प्रभावकारी रुपमा आफनो धर्म प्रचार गर्न पाइरहेकै छन्। यिनकै शिक्षाबाट दीक्षित र आर्थिक स्रोतबाट पोषित एनजिओ तथा दलहरुको करबल र जोरजुलुमले हिन्दु बहुल संविधनसभा-१ ले अन्तरिम रुपमै भए पनि नेपाललाई धर्म निरपेक्ष घोषणा गरी दिएकै छ। शहर बजारका घरघरमा कामुक कोरियन तथा अन्य तरुनीहरु पठाएर कर गरी गरी नेपालीहरुलाई ईसाई धर्म प्रति आकर्षित गर्ने आक्रामक यौनिक उपाय अवलम्बन गर्न पनि भ्याइरहेकै छन्। देशभर हजारौंको संख्यामा चर्चहरु बनेकै छन्। युरोपियन युनियनका सदस्य देशका नेपाल स्थित राजदुतहरुले हाम्रो निर्माणाधीन संविधानमा “धर्म निरपेक्षता नहटाउन र धर्म परिवर्तनको स्वतन्त्रतालाई प्रत्याभूति दिन” आग्रह रुपी आदेश डिक्टेट गर्दा “हिन्दुवादी” भनेर आरोप लाग्ने हाम्रा शासकहरुले त्यसलाई शीरोधार्य गरेकै छन्। हालै आएको विनासकारी भूकम्पका पीडितहरुलाई राहत वितरण गर्ने कार्यमा सरकारले अरु सबैलाई एकद्वार प्रणाली जबरजस्त लागु गरे तापनि एक थरी जेसुइटहरुले आफूखुसी राहत वितरण गर्न पाउने स्वीकृति पाएकै हुन्। ईसाईहरुले राहत वितरण गर्दा लाखौं प्रति बाइबल पनि बाँडेकै हुन्, बाइबल ढोगेर यसु प्रति विश्वास जाहेर गर्ने पीडितहरुलाई विशेष प्राथमिकता दिने गरेकै हुन्।
यति हुँदा हुँदै पनि राज्य र हिन्दुहरुको विशाल जनसंख्या उनीहरु प्रति सदा झैं सयमित, सहयोगी र सदभावपूर्ण व्यवहार गरी रहेकै छन्। यो भनेको हिन्दु धर्म र हिन्दु धर्मावलम्बीहरुबाट अरु कुनै धर्म र धर्मावलम्बीहरु सशंकित र त्रसित हुनु पर्दैन भन्ने ज्वलन्त प्रमाण हो। बरु सामान्य रुपले आफ्नो धार्मिक गतिविधि संचालन गरेको खण्डमा उनीहरुले हिन्दुहरुको विशाल हृदयको छत्रछायामा संरक्षण र अभिभावकत्व पाउने छन्। नेपाली मुसलमानहरुले संगठित रुपमै नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्नुको कारण यही हो।

Friday, 11 November 2016

ज्ञान हुनु जरुरि छ

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो यसमा कसैको शंका नरहोस् भन्ने भनाई ज्योतिषीहरूको रही आएकोछ। तर समयसंगै यसमा धेरै विकारहरू आएका छन्। यो विद्यालाई आज पैसा कमाउने भाडाको रूपमा प्रयोग गरिएको छ। आदि युगमा धेरै ऋषिहरूले धेरै विस्तृत विशाल विज्ञानको रूपमा विकास गरिसकेको ज्योतिष शास्त्र आज थोरै व्यक्तिहरूको गलत व्यवहारका कारण मृत तुल्य हुन पुगेको छ। नौ ग्रह र अठाईस नक्षत्रका नाम सम्म नजान्ने व्यक्तिहरू आफ्नो नामको अगाडि श्री ज्योतिषविज्ञ,ज्योतिष भास्कर, डक्टर सम्म लेख्न पछि पर्दैनन जसको फल स्वरूप आज यो दिव्य विज्ञान ओझेलमा परेको हो त्यसका केही दोषी हामीहरू पनि हौं। किनकि यस विषयलाई कमाई खाने भाडाको रूपमा प्रयोग गर्नु पूर्व हामी गहन अध्ययन गर्न चाहदैनौ। दुईचार वटा श्लोक रटेको भरमा मानव जीवन र सम्पूर्ण चराचरको मनगढन्त फलादेश गर्न थाल्दछौ संयोगबस कसैको मिल्छ, तर अधिकतर मिल्ने कुरामा तपाईं हामी आफै ग्यारेण्टी गर्न सक्दैनौ।; यसको अपवादमा दुईचार जना विद्वानहरू हुनुहुन्छ जसलाई उपरोक्त श्रेणीमा राख्न मिल्दैन। आज जसरि विज्ञानका विद्यार्थीहरूले नयाँनयाँ खोज र सिर्जनाहरू गरिरहेका छन्, त्यस्तै यसमा पनि विद्यार्थिहरूको अथक मिहेनत र खोजको आवश्यकता छ। यदि सही ढंगले तपाईले यो शास्त्रको अध्ययन गनुभयो भने तपाईं एउटा विश्वासिलो वैज्ञानिक पनि हुनुहुनेछ।कुनै व्यक्तिविशेषको मनगढन्त ग्रन्थ अध्ययन गरेर मानवजीवनको पूर्ण भविष्यफल कथन गर्ने ग्यारेण्टी गर्नु्, जुन अतीव गलत परम्परा हो, यसको न्यूनीकरण गर्नु अति आवश्यक छ।

ज्योतिष

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको प्राकट्य संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन्। त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ। वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएकाछन्।

ज्योतिषशास्त्रको प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतीय उपमहाद्विपमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।

राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो वृत्त (वास्तवमा केही दीर्घवृत्त) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशीको नाम प्रदान गरिएको हुन्छ। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन। एकमा मेष र एवम् क्रमले बाह्रमा मीन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेडा, वृषको मतलब साँढे आदि। अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यीबाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ। यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन्। त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – जस्तै

मेष-मङ्गल वृष-शुक्र मिथुन-बुध कर्कट-चन्द्र सिंह-सूर्य कन्या-बुध तुला-शुक्र वृश्चिक-मङ्गल धनु-वृहस्पति मकर-शनी कुम्भ-शनी मीन-वृहस्पति।

राशी स्थिर रहन्छ। ग्रहहरू गतिशील। कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ। सम्बन्धित राशीहरू यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृत्तिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्।

मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाईँ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनी पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतिक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ। यस्तै यस्तै

कुण्डलीमा प्रथम, चतुर्थ, सप्तम र दशम घरहरू अर्थात यो कुण्डलीमा १२, ३, ६ र ९ अङ्क भएका घरहरूलाई केन्द्र भनिन्छ। पहिलो घरबाट कुण्डलीवाला व्यक्ति (जातक)को निजी चरित्र अनुमान गरिन्छ। चौँथो घरबाट मातृपक्ष, शरीर आदि, सातौँ घरबाट पति/पत्नी, कुटुम्भ र दशम घरबाट पितृपक्ष, अध्यवशाय आदिको अनुमान गरिन्छ। केन्द्रमा शुभ ग्रह हुनु शुभ सङ्केत हो। त्यस्तै तृतीय, पञ्चम, नवम र एकादश घरलाई त्रिकोण भनिन्छ। द्वितीय, षष्ठम, अष्टम र द्वादश घरबाट नोक्सानी र हानिको फलादेश गरिन्छ। द्वितीय घरले आफन्तसँग विछोड अर्थात परदेशको सङ्केत गर्दछ। (आजभोलि त यहाँ शुभ ग्रह बसेको राम्रो हुन्छ किनभने विदेश त प्राथमिकता हो नि हामीहरूको!) षष्ठम घरबाट स्वास्थ, रोग आदि, अष्टम घरबाट आयु र द्वादश घरबाट धनसम्पत्तिको क्षय विचार गरिन्छ। कुनै ग्रह आफ्नै घरमा बसेको छ भने त्यसलाई स्वगृही भनिन्छ।

पूर्ण फलादेशको लागि धेरै कुराको विचार आवश्यक हुन्छ। एउटा हो दृष्टि। ठाडो दृष्टि र विशेष दृष्टि महत्वका हुन्छन्। कुनै पनि ग्रहले आफू रहेको स्थानबाट सातौँ घर (आफू रहेको घरसमेत गरेर घडीको उल्टो दिशामा गन्दा सातौँ स्थानमा आउने घर)मा ठाडो दृष्टि दिन्छ। यो दृष्टिलाई ज्योतिषशास्त्रमा बलवान दृष्टि मानिन्छ। त्यस्तै अर्को दृष्टि हो विशेष दृष्टि। शनी ग्रहले आफ्नो घरबाट तेस्रो र दशम घरमा, मङ्गल ग्रहले चौथो र अष्टम घरमा र वृहस्पतिले पञ्चम र नवम घरमा विशेष दृष्टि दिन्छ। फलादेशमा ख्याल गरिने अर्को पक्ष ग्रहयोग हो। दुई वा दुईभन्दा बढी ग्रह एउटै घरमा रहनुलाई योग भनिन्छ। त्यस्तै कुण्डलीमा नदेखाइने तर महत्वपूर्ण कुरा हो ग्रहहरूको उदय र अस्त। राशीमा भर्खर प्रवेश गरेको ग्रह उदाउँदो हो भने, अर्को राशीमा प्रवेश गर्ने बेला भएको ग्रह अस्ताउँदो। उदाउँदो ग्रहको प्रभाव बलवान हुन्छ। ग्रहका आफ्ना भोगकाल हुन्छन्। त्यसलाई दशा भनिन्छ – वृहस्पतिको १६ वर्ष, शनीको १९ वर्ष, केतुको ७ वर्ष, शुक्रको २० वर्ष आदि। दशाहरू पनि बिभिन्न खालका हुन्छन् – विंशोत्तरी दशा, योगिनी दशा आदि। योगिनी दशा अलिक बेग्लै हो, तर यो महत्वपूर्ण मानिन्छ। फेरि दशाभित्र अन्तरदशा, प्रत्यन्तर दशा हुन्छन् – एउटा ग्रहको दशाभित्र फेरि सबै ग्रहको भोगकाल विभाजित हुन्छ। त्यसलाई अन्तरदशा भनिन्छ र अन्तरदशालाई पुनः विभाजन गरेर प्रत्यन्तर दशा निकालिन्छ। लग्नमा ग्रहहरूको स्थिति र सम्बन्धित दशा, अन्तरदशा, प्रत्यन्तर दशासमेतको विचार गरेर मात्र कुनै कुराको वास्तविक भविष्यवाणी गर्दछन् ज्योतिषीहरू।(ज्योतिषी भनेको सम्पूर्ण सौरमण्डललाई अध्ययन गरेको, तारा, नक्षत्र र ग्रहहरूको गणितीय पद्धतिबाट विश्लेषण गरि सत्य प्रभाव कुनै मनोविज्ञान र अड्कलन लगाईकन वैज्ञानिक विधि अनुसार सप्रमाण कथन गर्ने क्षमता भएको अभिव्यक्ति हो।[१])

यस्तै तिथि, बार, महिना, प्रहर, करण, योग आदिलाई पनि फलादेशमा महत्व हुन्छ। पूर्वीय ज्योतिषमा नक्षत्रलाई पनि महत्व दिइन्छ। चन्द्रमाले पृथ्वीलाई घुम्ने अवधिको आधारमा नक्षत्र गणना गरिन्छ। नक्षत्र जम्मा २७ वटा छन्। एउटा नक्षत्र चार पाउमा विभाजित हुन्छ र एक एक पाउसँग एक एक अक्षर सम्बन्धित हुन्छन्। यस्ता नौ अक्षरहरू एउटा राशीभित्र समेटिएका हुन्छन। यिनै कुनै एउटा अक्षरबाट जातकको नाम राखिन्छ। बाह्र राशीका जम्मा १०८ वटा अक्षरले सबै मानिसको नाम जुराउँदछ! यसप्रकार जातकको राशी पूर्वीय परम्परामा चन्द्रमाको आधारमा निर्धारण हुन्छ। तर पश्चिमी परम्परामा सूर्यको आधारमा निर्धारण हुन्छ। जनबोलीमा एउटै कुरालाई जोड्दै जोड्दै लम्ब्याउने प्रवृत्तिलाई ‘बाह्र सत्ताइस कुरा’ भन्ने चलन छ। त्यो बाह्र राशी र सत्ताइस नक्षत्रलाई सङ्केत गरेको हो। मतलब कि यसको कुरा जति गरे पनि टुङ्गिदैँन। ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छन्। परमहंस स्वामी विशुद्धानन्दको योगज्योतिष थियो। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने पाइन्छ

Wednesday, 31 August 2016

सूर्यग्रहण किन र कसरी ?

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
नेपाल र भारतबाहेकका अन्यदेशमा सूर्यग्रहणको आध्यामित्क महत्व छैन, तर यसको विशिष्ट वैज्ञानिक महत्त्व भने संसारको जुनसुकै कुनाका गणितज्ञ र वैज्ञानिकहरूमा देख्न पाइन्छ । संसारभरिका वैज्ञानिकहरूका लागि यो दिन कुनै एउटा ठूलो चाडसरहको दिन हो भन्दा अत्युक्ति हुँदैन । सूर्यग्रहण लागेको दिन सनातन धर्मावलम्बीहरू कठिनतम मन्त्रजाप गर्दछन् र सिद्धिप्राप्त गर्दछन् भने शोधकर्ता, अन्वेषक र वैज्ञानिकहरूले नयाँ शोध गर्ने अवसर प्राप्त गर्दछन् । त्यसैले आध्यात्मिक वा भौतिकवादी जुन दृष्टिबाट पनि धेरैले सूर्यग्रहण लाग्नेप्रतीक्षामा लामो समय बिताउने गर्दछन् । ब्रह्माण्ड, सूर्य र सौर परिवारलाई जान्न, बुझ्न र अध्ययन गर्न यस दिन गरिने विशिष्ट प्रयोगकोआफ्नै वर्चस्व र महत्त्व छ । आधुनिक विज्ञानले सूर्यग्रहणका दिन सूर्यबाट निसृत हुने किरणको अध्ययन गरी नयाँनयाँ शोधका लागि प्रेरित गर्दछ भने अध्यात्म विज्ञानले यज्ञ, जाप र अनुष्ठानका माध्यमबाट गूढ रहस्य र सिद्धिका लागि मार्गनिर्देश गरेको पाइन्छ । सूर्यग्रहण केकसरी सम्भव हुन्छ त? आउनुहोस् यस सम्बन्धमा चर्चा गरौं :—सामान्य अर्थमा कुनै खगोलीय पिण्डलाई पूर्ण वा आंशिक रुपले कुनै अर्को पिण्डले ढाक्नु नै ग्रहण हो । पृथ्वीबाट हेर्दा जब कुनै खगोलीयपिण्ड कुनै अर्को पिण्डद्वारा बाधित भई नदेखिने अवस्था आउँछ, त्यसलाईसूर्यग्रहण वा चन्द्र ग्रहण भन्ने गरिन्छ । सूर्य आकाशको एउटा उज्ज्वल नक्षत्र र प्रकाश पिण्ड हो, जसको चारैतिर सौर्य परिवारका ग्रहहरू आफ्ना उपग्रहका साथमा परिक्रमा गर्ने गर्दछन् । हामी बस्ने पृथ्वी सौरपरिवारको एउटा सदस्य ग्रह हो । यसमा हामीले बसोबास गर्ने भएकाले यहाँबाट हेर्दा पृथ्वीको रेखामा अरू कुनै दुईवटा खगोलीय पिण्डहरू सँगसँगै आइपुगेको अवस्था सिर्जना भएको छ भने ग्रहण लाग्छ । पृथ्वी बीचमा रहेर यसको माथि र तल समान रेखामा सूर्य र चन्द्रमा आएकोवेला चन्द्र ग्रहण लाग्दछ भने पृथ्वी र सूर्यको माझमा चन्द्रमा आइपुगेपछि सूर्यग्रहण लाग्दछ । अतः सूर्यग्रहणको संरचना आंशिक वा पूर्णरूपले चन्द्रमाद्वारा ढाकिएको अवस्थामा मात्र हुन्छ, त्यसैले त्यस वेला पृथ्वीमा बसोबास गर्ने आममानिसले चन्द्रमाद्वारा ढाकिएको सूर्यको भाग वा अंश देख्न सक्दैनन् ।पूर्वीय ज्योतिषमा उल्लेख भएअनुसार सूर्यग्रहणको सिर्जना हुन निम्न तथ्य हुनु आवश्यक ठानिन्छ :-·सूर्यग्रहण लाग्ने दिन अमावस्या (औंसी) तिथि हुनु आवश्यक छ ।·ग्रहणको समयमा चन्द्रमा र सूर्यको रेखांश क्रमशः राहु र केतुको नजिकमा हुनु पर्दछ ।·त्यस्तै चन्द्रमाको अक्षांश शून्य नजिक हुनु पनि आवश्यक हुन्छ ।·यद्यपि ग्रहणको गणितीय स्थिति रात्रीको समयमा पनि हुनसक्छ, तर सूर्यग्रहणको प्रत्यक्ष अनुभूति दिउँसो (सूर्योदयदेखि सूर्यास्तसम्म)को समयमा मात्र हुन सक्दछ ।यहाँ रेखांश भन्नाले पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म काल्पनिक ढंगले कोरिएको रेखा भन्ने हो, जसलाई देशान्तर पनि भनिन्छ । त्यस्तै भूमध्यरेखाको तल र माथि समानान्तर ढङ्गले कोरिएका काल्पनिक रेखालाई अक्षांश भन्ने गरिन्छ । सूर्यग्रहण सदैव अमावस्या (औंसी) का दिन लाग्ने गर्दछ । सूर्यग्रहणका समयमा चन्द्रमा सूर्यको काल्पनिक वृत्तको मार्गमा वा मार्गको निकटतम भई गतिशील हुन्छ एवं सूर्य र चन्द्रमाको कोणीय व्यास समान हुन्छन् । यस्तो परिस्थितिमा सूर्यबाट पृथ्वीमा आउने प्रकाश छोपिन्छ । यसरी सूर्यको प्रकाश छोपिएको अवस्था नै सूर्यग्रहण हो । चन्द्रमाको शीघ्र गति हुने भएकाले सूर्यबिम्बमाथिपर्ने चन्द्रमाको छाया केही समयसम्म मात्र देख्न सकिन्छ । चन्द्रमाकोछायाको गति न्यूनतम १८०० किलोमीटरसम्म र अधिकतम ८००० किलोमिटरसम्म हुने गर्दछ । त्यसैलै कुनै पनि स्थानमा पूर्ण रूपमा सूर्यग्रहण अधिकतम साढे सात मिनेटसम्म मात्र सम्भव हुन्छ ।सूर्यग्रहण तीन किसिमका हुन्छन् :-१. पूर्ण सूर्यग्रहण (खग्रास सूर्यग्रहण, Annular Solar Eclipse)चन्द्रमाले पृथ्वीको भूभागमा सूर्यको कुनै पनि भाग नदेखिने गरी छोपी सिर्जना भएको ग्रहणलाई पूर्ण सूर्यग्रहण ( Annular Solar Eclipse ) भनिन्छ । यस्तो ग्रहणलाई नै खग्रास ग्रहण भन्ने गरिन्छ । यसरी ग्रहण लाग्दा सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न सक्दैन, संसार अन्धकारमय हुन्छ, पृथ्वीको जुन क्षेत्रमा त्यसरी प्रकाश छेकिएको हुन्छ, त्यहाँ रात परेझैं भान हुन्छर आकाशमा ताराहरू देखिन थाल्छन् ।२. आंशिक सूर्यग्रहण (खण्डग्रास सूर्यग्रहण, Partial Solar Eclipse)पृथ्वी र सूर्यको मध्यभागमा चन्द्रमाको केही भाग मात्र परेर सूर्यको केही भाग देखिने र केही भाग नदेखिने ग्रहणलाई आंशिक सूर्यग्रहण (Partial Solar Eclipse) वा खण्डग्रास सूर्यग्रहण भन्ने गरिन्छ । यस्तो ग्रहण लागेको अवस्थामा सूर्यको केही भाग ग्रहणको प्रभावमा रहने र केही भाग ग्रहणको प्रभावमा नरहने अवस्था हुन्छ । यसरी ग्रहण लागेको अवस्थामा पृथ्वीबाट सूर्यलाई हेर्दा खुँडे आकारमा सूर्य देख्न सकिन्छ ।३. वलय सूर्यग्रहण (कङ्कणाकृति सूर्यग्रहण, Elliptical Solar Eclipse)वलय सूर्यग्रहणलाई दुर्लभ किसिमको सूर्यग्रहण मान्ने गरिन्छ । यस किसिमको सूर्यग्रहणमा चन्द्रमाले सूर्यलाई वरिपरिको घेरो बाँकी राखी सूर्यबिम्बको बीचमा मात्र ढाक्दछ । अर्थात् यस ग्रहणमा सूर्यबिम्बको मध्य भागमात्रचन्द्रमाको छायाक्षेत्रमा आउँछ । सूर्यको बाहिरी वृत्तमात्र पृथ्वीवासीले देख्ने भएकाले यो चुरा वा बालाजस्तो देखिन्छ । बालाको आकारमा देखिने भएकाले नै यस किसिमको सूर्यग्रहणलाई बलय सूर्यग्रहण भनिएको हो ।धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार सूर्य ग्रहणमत्स्य पुराणमा सूर्य ग्रहण र चन्द्र ग्रहणको कथाको सम्बन्ध राहु र केतु नामका दुईवटा ग्रह एवं तिनले अमृत पान गरेको कथासँग गाँसिएको देखिन्छ । कथाबमोजिम राहु र केतुको स्वरूप स्वर्भानु नाम गरेको एउटा राक्षसको टाउको र गिंडबाट सिर्जना भएको हो । समुद्रमन्थनपछि अमृत वितरणका समयमा दैत्यगुरु शुक्राचार्यले गुप्तचरका रूपमा स्वर्भानुलाईदेवसभामा पठाएका थिए । त्यहाँ देवता र दैत्यहरूलाई पङ्क्तिबद्ध राखेरमोहिनी रूपमा भगवान् विष्णु अमृत वितरण गर्दै थिए । भगवान् शिवको परमभक्त भएकाले शिवकृपाका कारण स्वर्भानुले विष्णुको मोहिनी रूपलाई चिनेको थियो । त्यसैले ऊ देवताको रूप धारण गरी सूर्य र चन्द्रमाको बीचमा गएर देवताको पङ्क्तिमा बसेर अमृत थाप्न र खान सफल भयो ।राहु र केतुअमृतपान गरेकाले स्वर्भानुले अमरत्व प्राप्त गर्यो । तर उसले अमृतपानगरिसकेपछि सूर्य र चन्द्रमाले ऊ देवता होइन भन्ने चाल पाए र उक्त कुराको जानकारी विष्णुलाई दिए । त्यसपछि भगवान् विष्णुले तुरुन्त सुदर्शन चक्र प्रहार गरी उसको शिर र शरीर (गिंड) लाई छुट्याइदिनु भयो। आफूले अमृतपान गर्न लागेको अवस्थामा विष्णुलाई पोल लगाएको हुनाले राहु र केतुले पटकपटक सूर्य र चन्द्रमालाई डँस्ने गर्दछन्, जुन ग्रहणका रूपमा देखा पर्ने गर्दछ । त्यसैले जुनजुन दिन सूर्य वा चन्द्र ग्रहण लाग्दछ, त्यस दिन राहु र केतुको अक्षमा सूर्य र चन्द्रमाको प्रवेश हुन्छ ।ग्रहण लागेको वेला के गर्ने र के नगर्नेविज्ञानले ग्रहणलाई भौतिक दृष्टिकोणले जति महत्त्व प्रदान गर्दछ, सनातन हिन्दू धर्मले यसलाई त्यत्तिकै आध्यात्मिक महत्त्व प्रदान गर्दछ । हाम्रा ऋषि-मुनिहरूले सूर्य ग्रहणको अवधिभरि र सूर्यग्रहण लाग्नुअघिको चार प्रहर (१२ घण्टा) को अवधिमा भोजनादि गर्नु हुँदैन भनेका छन् । ग्रहण अवधिमा सूर्यबाट निःसृत हुने किरण असामान्य हुन्छ,जसका कारण पृथ्वीका जीवजन्तु र किराफट्याङ्ग्राहरू अत्तालिन्छन् र यत्रतत्र विचरण गर्ने गर्छन् । त्यसैले सूक्ष्म कीटाणुको संसर्गले अन्नजल आदि दूषित हुन्छ । त्यसरी दूषित भएको अन्नजल स्वास्थ्यका दृष्टिकोणले ग्रहण गर्नु हीतकारी हुँदैन भन्ने तर्क हाम्रा आचार्य र ऋषिमुनिको हो । वैज्ञानिक र डाक्टरहरूले पनि हाल यस तथ्यलाई स्वीकारेको पाइन्छ । धार्मिक मान्यताअनुसार ग्रहणको समयमा खाद्य वस्तु, जल आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर तिनलाई दूषित तुल्याउँछन् । त्यसैले ऋषिमुनिले अन्नजलको पात्रमा कुश (एक किसिमको पवित्र घाँस) हालेर सुरक्षित राख्न निर्देशन दिएका छन् । यसरी कुशको प्रयोग गर्दा ती कीटाणु त्यसै कुशमा एकत्रित भएर बस्छन् र ग्रहणको समाप्तिमा त्यस कुशलाई कुनै नदीमा प्रवाहित गरेमा वा खाल्डो खनी विसर्जन गर्दा ती कीटाणु पनि मिल्काइन्छ र अन्न जलको सुरक्षा गर्न सकिन्छ । ग्रहणको समाप्तिमा भाँडाकुँडालाई आगोले तताएर पवित्र पारिन्छ र शरीरलाई स्नानद्वारा शुद्ध बनाइन्छ ।पौराणिक मान्यताबमोजिम चन्द्र ग्रहणको समयमा कफको प्राधान्य हुन्छ एवं मनको शक्ति क्षीण हुने गर्दछ, जबकि सूर्य ग्रहणको समयमा जठराग्नि, आँखा (नेत्र) तथा पित्तको शक्ति कमजोर हुन्छ । सूर्यग्रहणको अवधिमा मनुष्यको स्नायु प्रणाली र मस्तिष्क प्रभावित हुने गर्छ । गर्भवती स्त्रीले त कुनै पनि ग्रहणको दर्शन गर्नुहुँदैन,अझ सूर्यग्रहणको अवस्थामा बन्दकोठामा झ्यालढोका समेत थुनेर बस्नु पर्दछ । सूर्य ग्रहणको दुष्प्रभावले शिशु अपाङ्ग हुनसक्छ, अपाङ्ग नै नभए पनि उसको मानसिक र दिमागी सन्तुलनमा कुनै न कुनै असर पर्ने गर्छ भन्ने मान्यता रहेकाले तिनीहरूले यथाशक्य ग्रहणको दुष्प्रभावबाट जोगाउन हाम्रा धार्मिक ग्रन्थमा निर्देशन दिइएको हो ।ग्रहण लागेको वेलामा धर्मशास्त्रले गर्न नहुने भनी निषेध गरेका कुराहरू :-१) ग्रहणको अवधिमा सुत्नु, तेल लगाउनु, भोजन गर्नु, पानी पिउनु, दिसापिसाब गर्नु, कपाल कोर्नु, मैथुन गर्नु र दाँत माँझ्नु हुँदैन । यस वेलामा कसैसँग झगडा गर्नु, कसैलाई खिसीट्युरी गर्नु वा जिस्क्याउनु पनि हुँदैन, सकेसम्म मौन रहनु पर्दछ, एकान्तमा बस्नु पर्दछ ।२) ग्रहणको अवधिभरि तालाचाबी, कैंची, चक्कु वा कुनै हातहतियारको प्रयोग गर्नु हुँदैन । खासगरी गर्भवती स्त्रीले हातहतियार वा सियोधागोको प्रयोग गरेमा पछि जन्मने बच्चा खुँडे वा कुनै अङ्ग विकलाङ्ग भई जन्मने डर हुन्छ ।३) ग्रहणको समयमा भगवान् शिवको मन्दिरबाहेक अन्य समस्त देवीदेवताको मन्दिर बन्द हुने गर्दछ । त्यसैले ग्रहणअवधिमा भोलेशङ्कर भगवान् शिवको मन्दिरमा बाहेक अन्यत्र गई दर्शन, पूजा वा आराधना र मूर्तिपूजागर्नु हुँदैन । तर यस अवधिमा भगवान् शिवजीका लागि गरिएको अनुष्ठान र साधनाले अक्षय पुण्य प्राप्त गर्दछ ।ग्रहण लाग्दा गर्नै पर्ने अत्यावश्यक कुराहरू :-१) ग्रहण लाग्नुभन्दा पहिले नै कुनै पवित्र नदी वा तलाउमा गई स्पर्श,मध्य र मोक्षकालमा कम्तीमा तीन पटक स्नान गर्दै इष्टदेवताको पूजाआराधना तथा कुनै सिद्ध वा इष्ट मन्त्रको जाप र साधना गर्नु पर्दछ।२) ग्रहणकालमा र ग्रहणको समाप्तिमा स्नानोपरान्त गरीब गुरुबा, जोगीसन्यासी र ब्राह्मणलाई अन्न, वस्त्र, भूमि, स्वर्ण, गौ, शय्या, छाता, जुत्ता आदि दान गर्ने विधान छ। ग्रहणकालमा दान गर्ने अनुकूलता नभएमा ग्रहणसमाप्त भए पनि दिनभरिमा ब्राह्मण, गरीवगुरुबा, मठमन्दिर, प्रतिष्ठान, अनाथालय, बृद्धाश्रममा गई दान गर्नु वाञ्छनीय छ । त्यसरीदान गर्दा ग्रहण लागेको महिनाको कुल आम्दानीको दशांश (१०%) दान गर्नुपर्दछ । त्यत्ति पनि दान गर्ने अनुकूलता नभएमा कम्तीमा ग्रहण लागेको दिनको समस्त आम्दानी त्याग्नु श्रेयस्कर हुन्छ ।३) ग्रहणअवधिमा गर्भवती स्त्रीले झ्यालढोकासमेत थुनी अँध्यारो कोठामाबसी भगवान् सूर्यको मन्त्र र स्तुतिको जाप गर्नु पर्दछ ।४) घरमा भएका अन्नपात र अन्य खाद्यसामाग्रीलाई ग्रहणको प्रभावबाट जोगाउन त्यसमा कुश, दुबो वा तुलसीपत्र राखिदिनु पर्दछ । त्यस्तै ग्रहण समाप्त भएपछि आफ्नो घर, कोठा, चोटा, अन्नपात र परिसरमा गङ्गाजल छर्कनुपर्छ । त्यसपछि अन्नजलको सङ्ग्रह गरी खानेकुरा बनाई भगवान् र इष्टदेवतालाई चढाई आफूस्वयंले ग्रहण गर्नुपर्दछ ।कसले कसले ग्रहण स्नान र दान गर्नु अनिवार्य छ :-सामान्यतया ग्रहण लागेको अवसरमा स्नानदान र शुद्धाशुद्धिका लागि जोसुकैका लागि पनि पुण्यदायक हुन्छ । तर पनि ज्योतिषीय दृष्टिले सूर्य र चन्द्रमाको अनिष्टता भएका जातकहरूले ग्रहणमा तीर्थस्नान र दानादि अवश्य गर्नुपर्दछ । तलको अवस्था भएका व्यक्तिले ग्रहण लागेको अवस्थामा विशेष अनुष्ठान गर्नु अनिवार्य मानिन्छ ।१) बाल्यावस्थामा नै माता, पिता वा दुबैको निधन भएका जातकका लागि ग्रहण स्नानले जीवनचर्यामा सुखसम्मृद्धि प्रदान गर्दछ ।२) जन्मकुण्डलीमा सूर्य र चन्द्रमाका साथमा राहु वा केतु एउटै कोठा (राशि) मा बसेको भए त्यस्ता जातकले अनिवार्य रूपमा ग्रहणको समयमा स्नानदानादि गर्नु पर्दछ, यसो गरेमा त्यस्तो योगबाट सिर्जना हुने दुष्प्रभावबाट मुक्त हुन सकिन्छ ।३) कार्तिक महिना वा बृश्चिक राशिमा जन्म भएका वा जन्मकालमा अष्टम गृहमा सूर्य वा चन्द्रमा भएका जातकले पनि ग्रहणमा स्नानदानादि गरी पुण्यार्जन गर्नु आवश्यक मानिन्छ ।सारांश सूर्य ग्रहण ज्योतिषशास्त्र, खगोल विज्ञान र धर्म तथा संस्कृतिका लागि महत्त्वपूर्ण अवसर हो । यस अवसरमा प्रशस्त दानादि गर्न शास्त्रले औंल्याएको पाइन्छ । त्यसैले ग्रहणको समयमा मनैबाट सत्पात्रलाई दान दिनु पर्दछ । यसो गर्नाले दान दिने वा दान लिने दुवैको कल्याण हुन्छ । हामीकहाँ ग्रहणको दान लिनु हुँदैन भन्ने अफवाहछ, तर शास्त्रले कुनै ब्राह्मणलाई ग्रहण दान लिनु हुँदैन भनी निषेध गरिएको छैन, ग्रहणकालमा (जतिबेला ग्रहण लागिरहेको अवस्था हुन्छ, त्यतिबेला ) दिए/लिएको दानको कुनै फल पाइँदैन, तर ग्रहणको समाप्तिपछि स्नानादिबाट शुद्ध भई दानादि गर्नु पर्दछ र यसरी गरिएको दान जसले पनि ग्रहण गर्नुहुन्छ । दान गर्नेले अक्षय पुण्य प्राप्त गर्दछ भने दान लिनेले पनि पुण्य नै प्राप्त गर्दछ ।

कुशे औसि तथा बुवाको मुख हेर्ने दिन

” पितृ देव भव” आज ज जस्का बुवा छन ऊस्ले मूख हेर्ने दिन हो र  जस्का बूवा छैनन ऊनिहरूले गोखरणमा गयेर सराद तर्पण ,पिण्ड दिने दिन हो । किनकि हिन्दु परमपरा मा पितृ देव लाई खुसि गराउन आज को दिन मह्लत्व पुर्ण मानिन्छ।।
कुशे औंसी सनातन हिन्दू परम्परा अन्तर्गत भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा बुवाको मुख हेर्ने अर्थात् बुवा दिवसको रूपमा मनाई यो दिन बुवालाई विशेष सम्मान गर्नेर आमाबाबु नहुनेले वहाको सम्झना गर्दै आत्माले शान्ति पाओश भनी तीर्थ जाने र विशेष गरी गोकर्ण र विष्णुपादुका, गई पिण्ड दिने गर्दछन भने जान नसक्नेले कुनै नजिकको धर्म स्थलको नदीमा गई वा आफ्नो घर वर परको पोखरीमा गई सम्झना स्वरूप श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तर्छन भन्ने विस्वास राख्दै आफूबाट भएका कमि कमजोरीगल्तीको क्षमाले उनीहरूले पुण्यात्मा पाउने विश्वास गरिन्छ । जुनसुकै पूजा आजा तथा पितृ कार्यमा कुशको विशेष औँठी बनाई लगाउने रत्यो औठी पवित्रताको प्रतिक भनिन्छ,शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर मन्त्रबाट शुद्ध गरी घरमा भित्र्याएको कुश राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास पनिरहेकोले सबै जसो हिन्दूहरूको घरमा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतिक मान्दछन त्यसैले,जति नै सुनको प्रतिमा महत्व वा शरीरमा सुन लगाएकालाई चोखो मानिएता पनि कुशको प्रयोग बिना जस्तो सुकै पूजा आजा देखि लिएर मरण वा तिथि कार्यमा कुशको धारण वा प्रयोग नगरी कुनै पनि कार्यलाई पवित्र मानिदैन त्यसैले रक्षा र पवित्रताको रुपमा कुश घरमा राख्नु मात्र पनि घर शुद्ध र पवित्र मानिने हुँदा आफूले मानिदै आएका पुरोहितहरू कुशे औँसीमा घरमै पुगी मन्त्र उचारण गर्दै घरमा विष्णुले रक्षा गरुन भन्दै खामा वा दैलोको माथि सिउरिने गर्दछन र घरका ठुलाहरूले सम्मानका साथ गुरु,पुरेहितलाई बसाई सिधा-दक्षिणा,फलफुल दिदै टीका लगाई बिदा गर्दछन ।त्यस्तै बुवा आमा भएका तर आफू परदेशमा हुने छोरा छोरीले आफ्ना बाबाआमाको तस्बिरलाई हेरी वहाको सम्मान गर्दै मिडियाले दिएको सुविधालाईप्रोयोग गरी त्यो दिन विशेष कुरा कानी गर्दै सन्चो बिसन्चो सोधी वहाहरूको आवश्यतालाई पुरा गर्न खर्च समेत पठाउने गर्दछन भने मिठो खानु,राम्रो कपडा लगाउनु भनी सन्देश दिन्छन त्यस्तै घरमासँगै भएका तथा विवाह भएको छोरीहरूले आजको महत्वपूर्ण बाबुको मुख हेर्ने बाबुलाई मिठा मिठान्न र नया कपडा लगाई पिता प्रति श्रद्धा गर्दछन हुन त आफ्ना मातापिताको श्रद्धाको लागि कुनै दिन पर्व कुरिरहनु पर्दैन सबै दिन उत्तिकै महत्वको मानिनु पर्दछ। एक दिन गरेको सम्झनाले सधै दिएको यातनालाई त अवश्य नै बिर्सौदैन तर कुनै विशेष दिन मानिनुले मानिसलाई त्यो दिनको महत्व र सम्झनाको लागि बनाईएको हुनुपर्दछ। कुश भगवान बिष्णुको स्वरूप पनि मानिन्छ जुन हिमबत खण्डमा प्रष्ट उल्लेख गरिएको छ कि कामदेवकी स्त्री रतीले बिष्णुलाईतिमीले घास हुनु परोश,झार हुनु परोस र ढुंगा हुनु परोश भनेर दिएको श्रापले जुन बिष्णुले उसको सतित्व डगाए बापत घास हुनु परोस भनेर दिईकोमा उनी कुश भए र झार हुनु परोश भनेकोमा उनी तुलसी भए त्यस्तै ढुंगा हुनु परोश भनेकोमा उनी शालिग्राम भए । त्यही श्रापलाई पालना गर्न बिष्णु घास बनेर कुशको रुपमा बसेको धार्मिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ। कुश घास काटेर पनि दह्रो भइरहनु तर टुक्रा नहुने यसको बानस्पतिक गुण हो। यसको बानस्पतिक नाम डेस्मोस्ताच्या बिपिन्नता हो ।आज मेरो बाबा मेरो अगाडि शारीरिक रुपमा हुनु हुन्न तर बाबालाई हरपलआफ्नो यो दुई आँखाले झल्झली अगाडि नै पाइरहेकी छु,पलपल समरण गर्दा हर सासमा मेरो दुख कष्टमा साथ दिदै,मेरो अर्धो निद्रामा आएर आशु पुछ्नुहुन्छ,म मेरो बाबलाई हर जन्ममा पाऊ भनी ईश्वरसँग प्रार्थना गर्दछु,र बाबा आमाले आत्मा ज्ञानको म प्रति बाली दिनु भएको उज्यालोप्रकाशले सधै हेर्ने प्रयेत्न गर्दैछु,र मेरो बाबाको सम्झनामा यो शब्द सुमनले आत्मालाई शान्ति मिलोस भन्ने कामना गर्दछु !पूर्वीय सभ्यता र संस्कृतिमा शरिर र आत्मालाई बेग्ला हो भन्नछन । ॐकार परिवार भित्र रहने सम्प्रदायः हिन्दू, बौद्ध, शिख, जैन आदिले आत्मा अबिनाशी, अमुर्त, अम्मर हुन्छ भन्दछन । यो एक समुच्च तत्व सागरको पानी जस्तै जुन सुकै आकारमा पनि अस्तित्वमा रहने र कुनै आकारको वर्तनको टुटफुटमा सागरमा नै मिल्न जान्छ भनेर उपमा दिने गर्दछन । हामीले जस्तो आकारको भाडोमा पानी राख्यो उस्तै आकारमा देखिने र जुन रङ्को भाडामा राख्यो उही रङ हुने भए झै आत्मालाई पनि त्यसरी नै लिने गरिन्छ । भनिन्छ आत्माको मुल श्रोत हो ब्रह्म, उसैबाट हिस्सा लिएर मानिस जन्मन्छ र मृत्युपश्चात उही ब्रह्ममा आत्मा मिलन पुग्दछ जस्तै खोला नाला गएर समुद्रमा मिलछ ! जसरी खोला नालाको नाम रहन्छ त्यसरी नै आत्माधारी शरिरको पनि नाम रहन्छ।तर तत्व पानी उही हो र समुद्रमा मिल्ना साथ नाम रहदैन ठिक त्यसरी नै शरिर छुटेको आत्माको नाम रहदैन। पानीको रूप र चक्र झै आत्माले पनि शरिर धारण गरी अबधीसम्म रही कर्म भोग पछि ब्रह्ममा नै मिलन जान्छ ।मानिस मानिसको नाता शरिरको आकर्षणमा र आत्माको एकात्मकतामा हुन्छ। हामी ब्रह्म तत्वलाई आत्मको रूपमा ग्रहण गरिरहेका छौ अपनाइरहेका छौ। शरिर र म भन्ने तत्व पनि एक होइन। म ब्रह्म अश हो। शरिर म होइन। म आत्मा हो शरिर आत्मा धारी हो। मेरो टाउको, मेरो हात भनिन्छ, टाउको, हात म होइन, म आत्मा स्वरूप हो, ब्रह्मअंश हो, हात रटाउको शरिरको अंश हो। जस्तै घैटो शरिर हो ।र पानी म अर्थात आत्मा हो। घैटो टुट्न फुट्न सक्छ पानी रूप बदलिन सक्छ तर नाश हुदैन। जे आकारमा ठाले पनि माटो माटो नै हो। बिभिन्न आकारमा रहेका हामीले प्रयोग गर्दै आएका फर्निचरको मूलश्रोत काठ हो।आकार र रङमा अस्थायी हुन सक्छन तर काठ स्थायी हो। आकार सगको मानिसको माया लोभ मोह दुःखको कारण हो। सम्बन्धको नाता सबै फर्निचरमा काठ देख्यो भने मानिसमा आत्माको अनुभूती गर्छ। रूप रङ् रआकारमा मोहित भयो भने ऊ दुःखी बन्यो। सबैमा काठ माटो देख्नेले आत्मा बुझ्छ जो आत्मा बुझ्छ ऊ ज्ञानी ठहरिन्छ, आत्मा ज्ञानी। सबै प्राणी जीव जगतलाई ब्रह्म अंश सम्झने र सो अनुसार व्यवहार गर्ने आत्माजन ब्रह्मज्ञानी हुन। सारा दुनिया एक समान हो, सबै नै आफू हो र आफू नै सबै हो भन्ने तत्वज्ञानी, ब्रह्मज्ञानी हुन। बह्म ज्ञानीको लागि दुःख सुख आफ्नो पराय सबै समान हुन्छ। मिल्नु छुट्नु प्रकृति सम्झेर दुःख बिलौना गर्दैनन्। दुःख मनाउ समस्याको समाधान होइन, आत्मा सगको नाता जब मानिसमा अन्तर मनमा स्थापित हुन्छ, मानिसमा अन्तर दृष्टि बढ्छ। त्यही दृष्टिले मानिस आत्मा देख्छ र आत्मा बुझ्छ, महसुस गर्छ त्यो मानिस आत्मा द्रष्टा कहलिन्छ। आत्मा सबैको अंश एकै हुनाले सबै आफूमा समाहित पाउछ मानिस र अन्यत्र पराय कोही देख्दैन।म सधै नै जन्म जन्मिअन्त्ररमा यही सनातन हिन्दु धर्ममा जन्मन सकु भन्ने कामना गर्दछु !

Tuesday, 30 August 2016

पुर्बजन्मको पाप र पुण्य पुर्बजन्मको पाप र पुण्य


ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

ज्योतिष शास्त्रमा केवल यस जन्मको घटना मात्रै नभएर (पुर्बजन्मको -जन्मनु भन्दाअघिल्लो) फल पनि थाहा हुन्छ । पहिलाको जन्ममा उसले के कस्तो पाप या पुण्य गरेकोथियो । त्यसको फल यस जन्ममा भोग्नु पर्ने ज्योतिष शास्त्र बनाउँछ । कुनै पनि व्यक्तिको पुर्बजन्मको स्थिति कस्तो थियो । उ कुन योनीमा जन्म लिएको थियो । उसले के कस्तो फल भोगेको थियो । यि सबैको विवरण महान् ज्योतिष ग्रन्थ भृगु संहितामा उल्लेख छ ।भृगु संहिता अनुसार पुर्बजन्ममा भएका घटनाक्रमको जानकारीको लागि जन्म कुण्डलीमास्थिति सबै ग्रहको शुभाशुभ स्थितीको विचार गर्नु पर्दछ । कुन ग्रह बलवान र कुन ग्रह निर्वल छ । कुन शुभ छ कुन पाप पीडित छ । ति सबैको जानकारी हुनु पर्दछ । जुन ग्रह अशुभ फलदायक बनिरहेको छ, त्यस ग्रहसँग सम्बन्धित विषयको बारेमा व्यक्तिले पुर्ब जन्ममा अशुभ कार्य गरेको हुनेछ र त्यसैको फल यस जुनीमा भोग्दछ । अब कसले पुर्बजन्ममा के कस्तो कार्य गरेको थियो त भन्ने बुझ्नलाई जन्म कुण्डलीको अष्टम भावको विचार गर्नु पर्दछ । जन्म कुण्डलीमा अष्टम भावलाई मृत्युआयु रहस्यमय विषय पुर्बजन्म तथा दैविकृपाको भाव मानिन्छ । अतः अष्टम भावको ग्रहस्थिति अनुसार पुर्ब जन्मको पाप पुण्य यस प्रकार छ ः
-१.  यदि अष्टम भावमा कुनै पनि ग्रह निच राशिमा या पाप ग्रहको प्रभावमा पीडित भएको छ भने यस्ता व्यक्तिले निश्चय नै पुर्बजन्ममा पाप कर्म गरेको हुनेछ र वर्तमान जीवनमा त्यस ग्रहको पालोमा विभिन्न दुःख कष्ट र दण्ड भोग्दछ ।
२.  अब यदि अष्टम भावमा सुर्य निच या पाप पीडित भएर बसेको छ भने यस्ता व्यक्तिले पुर्ब जन्ममा राज्यको, सत्ताको एवं आफ्नो अधिकारको दुरूपयोग गरेर अनेकौं व्यक्तिलाई पीडित गरेको हुनेछ । त्यसैले यस्ता व्यक्तिलाई राज्यदण्ड लाग्नेछ ।
३.  यदि उक्त स्थितिमा चन्द्रमा छ भने व्यक्तिले पुर्ब जन्ममा आफ्नो आमा सानीमा, काकी या मातातुल्य स्त्रीलाई सताएको दुःख दिएको हुनेछ । त्यसैले यस जुनीमा उसले मातृसुख पाउँदैन ।
४.  यदि मंगल निच वा पाप पीडित भएर अष्टम भावमा जन्म कुण्डलीमा छ भने व्यक्तिलेपुर्बजन्ममा आफ्नो शारिरीक बललाई प्रयोग गरेर मारपिट खुन खराब मच्चाएको हुनेछ ।अंगभंग पनि गरिदिएको हुनेछ । त्यसैले वर्तमान जन्ममा यस्ता व्यक्तिको अंगभंग हुन जानेछ । बारम्बारदुर्घटनाको शिकार बन्नेछ ।
५.   यदि बुध छ भने पुर्ब जन्ममा आफ्नो कुटील बुद्धिको कारणले अनेकौंसँग धोका गरि उनीहरूबाट नाजायज फाइदा उठाएको हुनेछ । जसले गर्दा वर्तमान जन्ममा उसको ज्ञानले भाग्यलाई साथ दिदैन ।
६.    यदि गुरु अष्टम भावमा निच या निर्वल छ भने पुर्बजन्ममा व्यक्तिले आफ्नो कर्तव्य एवं दायित्वबाट बिमुख भएर चरित्रहीनताले जीवन व्यतित गरेको हुनेछ । माता पिता एवं गुरुजनलाई सताएको हुनेछ ।
७.  यदि शुक्र छ भने पुर्ब जन्ममा आफ्नो पत्नी या प्रेमिकामाथि अत्याचार गरेको घरमा स्त्री या प्रेमिका हुँदाहुँदै अनेकौं स्त्रीसँग व्यभिचार गरेको हुनेछ । जसको फल वर्तमान जीवनमा पत्नी सुख कम मिल्नेछ या स्त्रीको पीडा सहनु पर्नेछ ।
८.  यदि शनी अष्टम भावमा निच या पाप स्थितिमा छ भने यस्ता व्यक्तिले पुर्बजन्ममा सेवक एवं मजदुरमाथि अत्याचार गरेको उनीहरूलाई पीडा दिएको हुनेछ भन्ने बुझ्नु पर्दछ ।
९.  यदि राहु/केतु उक्त स्थितिमा छ भने पुर्बजन्ममा आचरण भ्रष्ट बदमास थियो भन्ने बुज्नुपर्दछ ।यो त भयो पुर्बजन्मको हाल अब पुनर्जन्म आगामी जन्म कस्तो हुनेछ भन्ने थाहा पाउनद्वादश भावलाई विचार गर्नुपर्दछ । द्वादश भावमा कुनै ग्रह निच या पाप स्थितिमा छ भने उसको आगामी जन्ममा विभिन्न पाप कार्यहरू गर्दछ ।यदि द्वादश भावमा केतु शुभ प्रभावमा छ भने व्यक्तिले अर्को जन्ममा जन्मनु पदैन उसलाई मोक्ष मिल्लेछ । द्वादश केतुलाई मोक्षदायक मानिएको छ । द्वादशमा कुनै पनिग्रह स्वराशि या उच्चमा छ भने उसको आगामी जन्म शुभ हुनेछ 

हिन्दू संस्कृति र नेपाल

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
 गायत्री मन्त्र हिन्दू जाति को विशिष्ट उपलब्धि हो, परिचय हो र आस्था पनि हो । गायत्री को आविर्भाव गर्ने ऋषि विश्वामित्र हुन्, उनको वंशबोधक नाम कौशिक हो। किन भने उनी राजर्षि कुशिक का नाती हुन् । हिन्दू कर्मकाण्ड मा जब गायत्री को अनुष्ठान हुन्छ, विश्वामित्र को नाम लिनै पर्छ र ‘तत्सवितुरिति मन्त्रस्य विश्वामित्र ऋषि’ भन्नै पर्छ । यो वैदिक विधान हो र मन्त्र का आविष्कर्ता प्रति को कृतज्ञता पनि हो । इनै कौशिक विश्वामित्र को तपोभूमि मा बग्ने नदी ले स्थानीयजनता बाट महर्षि को सम्मान मा कौशिकी भन्ने नाम पाएकी हुन् र तेहि कौशिकी आज कोशी भएको हो । तर कोशी क्षेत्र को अर्को एक नदी लाई  ‘विश्वामित्रा’ भनेको (हे.महाभा.भीष्म.) पनि पाइन्छ । तेसले के देखिन्छ भने सप्तकोशी मध्ये जुन कोशी को तट मा बसेर ऋषि ले तपःसाधना गरेका थिए तेसले विशेष नाम ‘विश्वामित्रा’ पनि पायो । एसरी कोशी को मुहान मा एउटा ठूलो घटना घटित भयो गायत्री मन्त्र को सन्दर्भ मा । पछि क्रमशः नेपालभूमि का ऋषि ले प्राप्त गरेको यो पवित्र गायत्री मन्त्र विश्व का समस्त हिन्दू हरु को मूल मन्त्र बन्न पुग्यो र अब यो मन्त्र मानव मात्र को साझा मन्त्र र साझा संगीत बन्ने दौड मा छ, साझा आस्था को प्रतीक बन्न खोजी रहेछ । यो ठूलो उपलब्धि हो र कोशीतट का निवासी हामी नेपाली हरु का निम्ति यो असाधारण गौरव को विषय पनि हो । आस्था को जगत् मा यो एउटै मात्र घटना पनि एस्तो छ, जसले नेपाल को ख्याति मा ठूलो टेवा दिन सक्थ्यो, सक्छ र भोली अवश्य देला पनि, तर अहिले का हामीहरु ले भने एसतर्फ पटक्कै ध्यान दिन सकेका छैनौं ।2.    गायत्री का सन्दर्भ मा के स्मरणीय छ भने वेद का हरेक मन्त्र लाई ओंकार ध्वनि का साथ उच्चारण गरिन्छ । अझ गायत्री का साथ त ॐकार र त्रिव्याहृति (भूर् भुवः स्वः) पनि जपिन्छ । एसरी हामी के निष्कर्ष मा पुग्छौं भने गायत्री मन्त्र प्राप्त गर्दा को गहन समाधि मा कौशिक विश्वामित्र ले ओंकार ध्वनि र व्याहृति प्राप्त गरेका थिए र ॐकार आविर्भूत भएको थियो कौशिकी को मुहान मा । नेपाल मा एतिठूलो घटना घटित भएको थियो, जसको गरिमा शब्द हरु मा व्यक्त हुन सक्दैन । एसै भएर भगवान् श्रीकृष्ण ले भगवद्गीता मा ‘ॐमित्येकाक्षरं ब्रह्म’ भन्नु भएको थियो । आज त ॐकार परिवार भन्ने एउटा विशाल समूह नै स्थापित भई सकेको छ र तेसमा आफू लाई हिन्दू मान्ने वैष्णव, शैव, शाक्त, सौर्य, स्मार्त आदि सम्प्रदाय हरु र आफू लाई हिन्दू मा मात्र सीमित गर्न नचाहने ब्रह्माकुमारी, ओशो, भगवान् सत्यसाई र कृष्णप्रणामी आदि आध्यात्मिक समुदाय हरु हरेक मा यो पवित्र ॐकार ध्वनि निर्विवादरूप ले स्वीकृत र सम्मानित बनेको छ, तर एस महान घटना तर्फ हामीले पनि ध्यान दिएकाछैनौं र विश्व को ध्यान तान्न त खोजेकै छैनौं । अरु को के कुरा स्वयं हामी बीच पनि यो घटना अविदित जस्तै छ र हामी अन्यौल मै दशदिशा धाई रहेका छौं । एसरी हाम्रो गायत्री को जन्म र तपोभूमि पूरै उपेक्षित ररहेको छ, कत्रो विडम्बना !3.    विश्वामित्र को प्रसंग सँग महर्षि कुशिक र शकुन्तला को जन्मकथा पनि जोडिन्छ र शकुन्तला को जन्मकथा सँग कण्व ऋषि र कश्यप ऋषि को कथा आएर मिसिन्छ । वायु पुराण मा कण्व ऋषि ले याज्ञवल्क्य सँग यजुर्वेद पढेको उल्लेख हुनाले र सायणले भाष्य गरेको एउटा वैदिक ग्रन्थ ले काण्वशाखा भन्ने नाम पाएकाले ई दुवै (कण्व र कश्यप) का आश्रम हरु पनि एहि हिमाली क्षेत्र मा कतै थिए भन्ने सहजै बुझिन्छ । एसको पुष्टि कश्यप ऋषि को आश्रम का उत्तर पट्टि देवदारु को वन भएको बाट पनि हुन्छ । पौराणिक आख्यान हरु का आधार मा ई दुवै ठूला विद्वान् थिए र कुलगुरु पनि थिए । कश्यप कै नाम बाट काश्यपी पर्वत चिनिएको थियो र तेहि काश्यपी पर्वत ले कालान्तर मा काश्की (जिल्ला) नाम पाएको थियो । यो कुरा योगी नरहरि र स्वामी प्रपन्नाचार्य आदि विद्वान् हरु ले पनि भनेका छन् । ई दुवै ऋषि को कति ठूलो व्यक्तित्व थियो भन्ने कुरा हिन्दू वाङ्मय पढ्ने हरु लाई थाहा छ । हुन त वैदिक कण्व र पौराणिक कण्व बारे विशेष अनुसन्धान अपेक्षित पनि छ, तर तेसले केहि फरक पर्दैन । एति मात्र हो कि महर्षि कण्व हिमवत्खण्ड कै थिए र ई एकदमै महत्त्वपूर्णव्यक्ति थिए । तर हामी भने इनलाई एस्ता ठूला विभूति थिए भनेर श्रद्धा गर्नु त परै जावस् इनको नाम सम्म पनि राम्ररी जान्दैनौं । कति हाम्रा नेता हरु त एस्ता प्राच्य विभूति हरु को नाम लिन समेत लजाउँछन् ।4.    योगी नरहरि नाथ जी आफना प्रवचन हरु मा महर्षि कुशिक ले कुश नामक वनस्पति को खोजी गरेको र तेसलाई धार्मिक कृत्य हरु मा प्रयोग गर्ने चलन चलाएको कुरा भन्नु हुन्थ्यो । पुराण हरु मा ऋषि कुशिक एक क्षत्रिय राजा भएको र उनले तपस्या गरेर ऋषित्व प्राप्त गरेको चर्चा पनि भेटिन्छ । आज विश्वभर का सनातनी हिन्दू हरुकुश को प्रयोग नगरी कुनै पनि धार्मिक कृत्य पूरा हुन्छ ठान्दैनन् । एसरी कुश को रहस्य पहिल्याउने ई कुशिक ऋषि महर्षि विश्वामित्र कै हजूरबा हुनाले र हिमवत्खण्डमा दामोदर उपत्यका नगीचै कुशावर्त भन्ने भूभाग इनको कर्मभूमि भएकाले ई पनि एतै कतै का निवासी महान् पुर्खा थिए भन्ने देखिन्छ । हुन त हिमवत्खण्ड मा कुशावर्त हरु एकाधिक भएको हुँदा ई कुन कुशावर्त का निवासी थिए ? भन्ने प्रश्न गर्न सकिन्छभए पनि तेसले कुशिक ऋषि र कुश वनस्पति को अस्तित्व मा सन्देह गर्ने ठाउँ दिँदै ।गहिरिएर चिन्तन गर्दा हिन्दू संस्कृति को यो पक्ष पनि नेपालभूमि सँगै आबद्ध भएकोज्ञान हुन्छ र एसले हाम्रो ऐतिहासिक गरिमा निक्कै माथी पुग्छ, भन्न सहजै सक्छौं ।तर हाम्रो ध्यान भने एस तर्फ पनि जान सकी रहेको छैन ।5.    ऋग्वेद संहिता विश्ववाङ्मय कै जेठो ग्रन्थ हो । एसको ज्येष्ठता मा एशिया,यूरोप र अमेरिका आदि भूभाग का विद्वान् हरु सब एकमत छन् र खुलेरै यो कुरा भनी रहेछन् । साथै विश्व को दोस्रो, तेस्रो र चौथो ग्रन्थ पनि वैदिक संहिता हरु नै हुन् र तिनको नाम क्रमशः यजुर्वेद, सामवेद र अथर्व वेद हो भन्ने मा पनि विश्वजनमतएक छ । तर जेठा भएर ई ग्रन्थ फितला छन् कि हल्का छन् कि ? भन्ने पनि छैन । ई चारवटै वेद गहन छन्, रहस्यमय छन् र आज को विश्व लाई पनि मार्गदर्शन गर्ने खाल का छन् । यो कुरा ठूला ठूला विद्वान् हरु ले पनि भनी रहेछन् । एता ई वैदिक कृति हरुमा भने हिमवत्खण्ड का वृक्ष–वनस्पति, नदी–नाला, पहाड–पर्वत र जीव–जन्तु हरु को प्रशस्त उल्लेख छ । जडीबूटी विशेषज्ञ हरु भन्छन् वेदसंहिता हरु मा पाइने प्रायः सबै नै जडीबूटी हरु हिमाली भेग का छन् । हामी हिमाली बासिन्दा हरु का लागी यो कम गौरव को विषय हो त ? अवश्य पनि होइन । तर हाम्रो भने एस गरिमा सँग कुनै चासो छैन । ‘यस्येमे हिमवन्तो महित्वा’ अर्थात् ई हिमाली पर्वत र इनका गगनचुम्बी शिखर हरु हाम्रा गौरव हुन् वा सृष्टिकर्ता परमेश्वर को महिमा का द्योतक हुन् भनेर सगर्व उद्घोष गर्ने वैदिक उक्ति हरु तर्फ पनि हाम्रो ध्यान छैन। हामी एकदमै उदासीन छौं र हाम्रा पूर्वज का धरोहर वेद हरु हामी आर्य, किरात र अन्य विविध जाति को स्नेह का साथ  सम्झना गरी रहन्छन् उल्लेख गरी रहन्छन् भन्ने सुन्न पनि तयार छैनौं । वेद हरु हिमवत्खण्ड का बहुजाति र बहुसंस्कृति को अनेकता लाई एकता भित्रै समेटी रहन्छन् र हिमाली चक्रनदी काली गण्डकी र दुग्धधवला सेती वा शुक्ला गण्डकी को उल्लेख गर्दछन् ‘यत्र सितासिते सरिते’ आदि भनेर तथा वर्षा ऋतु मा शयौं वृक्ष बगाई दिने शतद्रु नदी हरु को पनि चर्चा गर्न बिर्सन्नन् भन्नेपनि थाहा पाउन्नौं ।6.    श्रीमद्भागवत र महाभारत आदि प्राचीन ग्रन्थ हरु मा महर्षि शमीक लाई अत्यन्त आदरपूर्वक स्मरण गरिएको छ, ऋषि शमीक नै एउटा तेस्ता महान् व्यक्तित्व थिए, जसले आफू माथी अन्याय गर्ने लाई पनि अपार करुणा गरेका थिए र अन्याय को बदला लिन चाहने छोरा सँग अत्यन्त दुःखी समेत बनेका थिए । राजा परीक्षित ले शमीक लाई मृत सर्प को माला लगाएर गरेको अपमान र तेसको प्रतिशोध मा पुत्र शृंगी ले उक्त घटना को सातौं दिन मा तक्षक सर्प ले डसेर मर्नु पर्ने शराप दिएको सन्दर्भ मा शमीक दुःखी भएको यो प्रसंग महाभारत र भागवत दुवै मा पाइन्छ (आदिपर्व र प्रथमस्कन्ध मा) अन्य पुराण मा पनि पाइन्छ । एस्ता उदार शमीक ऋषि को आश्रम पनि कोशी को परिसर वराह क्षेत्र वरपर नै भएको वर्णन भागवत आदि ग्रन्थ हरु ले खुलेर भनेका छन् र महर्षि शमीक को भूरि भूरि प्रशंसा गरेका छन् । तर हामीले भने आज सम्म पनि ती समादरणीय महर्षि को कुनै स्मारक बनाएका छैनौं र उनको नाम सम्म पनि सम्झन सकेका छैनौं ।7.    सनातनी हिन्दू समाज मा भागवत महापुराण को श्रवण एक अति पवित्र धार्मिक अनुष्ठान हो र जीवन मा यो आयोजन एक पटक गर्नै पर्छ भन्ने मानिन्छ । यूरोप, अमेरिका आदि मा बस्ने हिन्दू हरु मा पनि यो भावना छ । एसै भएर आज को हिन्दू जगत मा हरेक महीना हजारौं सप्ताह महायज्ञ भई रहेका हुन्छन् । अट्ठार महापुराण मध्ये भागवत जति पाठ गरिने पनि अर्को कुनै पुराण छैन । तर भागवत र महाभारत आदि कृति हरु ले गरेको वर्णन हेर्दा यो परम्परा पनि कौशिकी को तट वराह क्षेत्र बाटै शुरु भएको भन्ने स्पष्टै बुझिन्छ । परमहंस शुकदेव ऋषि ले राजा परीक्षित लाई सुनाएको ज्ञान को प्रथम यज्ञ (विश्व मै पहिलो भागवत प्रवचन) कोशीतट मै भएको थियो । एउटा अद्भुत ऐतिहासिक घटना घटित भएको थियो । तर हिन्दुस्थान मा कौशिकी नदी बारे अनभिज्ञ पण्डित हरु भागवत को कौशिकी शब्द अथ्र्याउँदा अलमलिन्छन् र कौशिकी को अर्थ गायत्री होला कि ? के होला ? भन्न थाल्छन् । मैले भागवत को विद्याकेन्द्र मानिने वृन्दावन मै पनि एस्तो सुनेको छू । तर हामी हरु ‘कौशिकी भनेको कोशी नदी नैहो’ भन्न सक्दैनौं । हुन त कोशी नदी पनि एकाधिक हुन सम्भव होला, तर कोका र कोशी को संगम पनि दोहोरिन सम्भव छैन । अहो ! हामी दुर्भाग्यवश आफनो प्राचीन गौरवगाथा हरु प्रति कसरी उदासीन छौं ?8.    प्रायः संसार मा कुनै पनि एस्ता हिन्दू मन्दिर छैनन्, जहाँ कुनै न कुनै रूप मा शालग्राम अर्थात् शालिग्राम शिला को पूजा, अर्चना नहोस् । छिमेकी हिन्दुस्थान का काशी, मथुरा, हरिद्वार र अयोध्या आदि तीर्थ का मठ, मन्दिर र आश्रमहरु मा पनि यो परम्परा छ र यूरोप अमेरिका तिर का हिन्दू मन्दिर हरु मा पनि यो देखिन्छ । भक्त हरु र पुजारी हरु एस पवित्र शिला लाई पखालेर अत्यन्त श्रद्धा का साथ परमेश्वर को चरणामृत मानेर पान गर्दछन् । नेपाल मा पनि यो चलन व्यापक रूप माछ । तर हिन्दूजगत मा यो परम्परा कहाँ बाट शुरु भयो ? एस तर्फ भने हाम्रो ध्यान गएको छैन, एसबारे प्रायः हामी निरपेक्ष नै छौं । हामी मध्ये कति लाई त नेपाल मा एउटा शालग्राम शिला को पर्वतै पनि छ र तहीं बाट शालग्राम प्रति श्रद्धा गर्ने भावना शुरु भयो भन्ने जानकारी पनि छैन । तर यथार्थ के हो भने नेपाल को मुस्ताङ जिल्ला मा एस्तो एउटा विशाल शालिग्राम नामक पर्वतै छ र काली गण्डकी नामक गंगाजी तेहि पवित्र पर्वत बाट प्रवाहित भएकी छन् । गण्डकी ले आफना साथ मा शालग्राम शिलाको कोशेली ल्याउँछिन् र वितरण को सुविधा मिलाउँछिन् । एस गौरव को आनन्द पनि हामीलिन जान्दैनौं ।9.    वैदिक वाङ्मय को परिशीलन गर्दा के पाइन्छ भने प्राचीन काल मा पूर्व मा कोशी र पश्चिम मा गण्डकी अनि उत्तर मा हिमालय र दक्षिण मा भागीरथी नदी एति चार किल्ला भित्र को भूमि ज्ञान विज्ञान का लागी अत्यन्त उर्वर थियो । एति भित्र पनिजति उत्तर गयो उति नै ज्ञान, विज्ञान को अवस्था उत्कर्ष मा थियो । एहि उत्कर्ष लाई संकेत गर्ने क्रम मा सम्भवतः संस्कृत मा ‘उत्तरोत्तर’ भन्ने एउटा सिंगै शब्द को आविर्भाव हुन पुग्यो । वेद, उपनिषद् को धेरै अंश एसै भूभाग मा आविर्भूत भएको थियो र रामायण, महाभारत र भागवत आदि को निर्माण पनि एसै क्षेत्र मा भएको थियो । परीक्षित ले भागवत को श्रवण पनि यहीं गरेका थिए । जवाहरलाल नेहरु ले आफनो आत्मकथा मा लेखेका छन्, रामायण र महाभारत दक्षिण एशियाली भाषा र संस्कृति का प्रेरणास्रोत हुन् र यहाँ ई दुई ग्रन्थ को अमिट छाप छ । आयुर्वेद का विशिष्ट ज्ञाता योगी नरहरि नाथ ले कतै भनेका छन् ऋग्वेद मा पाइने वनस्पति हरु मा नब्बे प्रतिशत वनस्पति हिमवत् खण्ड मै मात्र पाइन्छन् । अरु पनि धेरै काम यहाँ भएका थिए जस्तै ब्रह्मा को प्रथम वैदिक यज्ञ र अष्टावक्र र वशिष्ठ ऋषि को वेदान्त प्रवचन अनि वेदव्यास द्वारा ब्रह्मसूत्र ग्रन्थ को प्रणयन ।10.    माथी संकेतित ब्रह्मा को प्रथम याग बारे पनि अलिकति चर्चा उठाउनु आवश्यक छ । त्यो महान् ‘प्रथम याग’ अर्थात् प्रथम यज्ञ (याग शब्द को अर्थ यज्ञ हो) कहाँ भएको थियो ? तेसको स्मरण गरौं । ऋग्वेद मा स्पष्ट शब्द मा भनेको छ ‘यत्र सितासिते सरिते संगते’ अर्थात् जहाँ सेती र काली नदी को मिलन भएको छ तेहि दोभान प्रजापति ब्रह्मा को ‘प्रथम याग’ को स्थान थियो । तर सेती र काली को संगम कहाँ छ ? एसको उत्तर हिमवत्खण्ड को गण्डकी माहात्म्य ले दिन्छ ‘सितासिते सरिच्छ«ेष्ठे देवानां अपि दुर्लभे’ भनेर । एसरी गण्डकी माहात्म्य मा स्पष्टै सेती र काली शब्द को प्रयोग भएको छ । एसबाट त्यो पवित्र दोभान देवघाट नै थियो भन्ने हामी बुझ्छौं, जसको पुष्टि वराहपुराण र पद्मपुराण ले पनि गरेका छन्, तर हामी भने धेरै निष्ठुर बनी सकेका छौं र कसैले एस्ता कुरा उठाई हाल्यो भने पनि साथ नदिने अवस्था मा पुगेका छौं ।11.    गण्डकीतट को पुलहाश्रम र मिथिलाञ्चल को जनकपुर ई दुवै उपनिषद् युग का प्रवर्तक नै थिए । प्रातः स्मरणीय महर्षि हरु क्रमशः पुलह, क्रतु, पुलस्त्य, याज्ञवल्क्य, पराशर, विदुषी गार्गी, वेदवादिनी ऋतम्भरा, परमहंस शुकदेव, राजर्षि जनक र महर्षि अष्टावक्र आदि को आध्यात्मिक चिन्तन एसै पवित्र भूमि मा भएको थियो । महर्षि वेदव्यास को ब्रह्मसूत्र नामक प्रसिद्ध ग्रन्थ र तेस ग्रन्थ का प्रतिष्ठित व्याख्याता पूज्य जगद्गुरु हरु सर्वश्री शंकराचार्य, रामानुजाचार्य, निम्बार्काचार्य र मध्वाचार्य आदि ले जुन ब्रह्मचिन्तन मा गम्भीर ऊहापोह गर्नु भयो, तेसमा पुलहाश्रम र जनकपुर का संवाद हरु को ठूलो प्रभाव छ र योगदान छ भन्दा अत्युक्ति हुँदैन । पुलहाश्रम कृष्ण गण्डकी का तट मा थियो र मिथिला को राजधानी जनकपुर थियो । एसरी हामी देख्छौं हिन्दू संस्कृति र दर्शन का मूलभूत कुरा हरु प्रायः सबै नै हिमवत्खण्ड को केन्द्रस्थल यमुना र टिष्टा नदी का बीच को हिमवत्खण्ड मा अथवा तेसको पनि केन्द्रस्थल कोशी र गण्डकी का बीच को क्षेत्र मा नै आविर्भूत भएका थिए । के यो कम महत्त्व को प्रसंग हो ?12.    अब भगवान् बुद्ध र वहाँ को जन्मभूमि लुम्बिनी को स्मरण गरौं । भगवान् बुद्ध र वहाँ बाट प्रवर्तित विचार हरु का कारण हामी के थाहा पाउँछौ भने सुदूर प्राचीन (प्रागैतिहासिक) युग मा मात्र होइन, तेस पछि का युग मा पनि हिमवत्खण्ड ले विश्व लाई देन दिन बिसाएको थिएन । हुन त भगवान् बुद्ध बारे आज हामी केहि सचेतभएको अवस्था हुनाले र राष्ट्रसंघ ले पनि लुम्बिनी को विकास मा हात हाली सकेको हुनाले नेपाल का बुद्ध लाई नेपाल कै भनेर चिनाउन र भगवान् बुद्ध प्रति हार्दिक श्रद्धा व्यक्त गर्न चीन, थाइल्याण्ड, ताइवान, भियतनाम, कम्बोडिया, कोरिया, जापानर श्रीलंका आदि अनेकौं देश जुटेका पनि छन् । यो राम्रो प्रयास भएको छ, तैपनि बुद्धभूमि को प्रतिष्ठा को संवर्धन मा हामी जति जुट्न सक्थ्यौं तेति जुट्न सकेकाछैनौं ।  र हामी बाट पाउनु पर्ने जस्तो उत्साह र लुम्बिनी वन ले अझै पनि पाई सकेको छैन ।13.    नेपाली इतिहास को अतीत काल मा एति बृहत्तर काम भएका छन् कि जसको तुलना यूरोपियन समाज को भाषिक र सांस्कृतिक विकासक्रम मा ग्रीस ले गरेका काम हरु सँग गर्दा पनि पुग्दैन । यो भूमि शान्त, शीतल र ऊर्जस्वल भएकाले परम मनीषी ऋषि, महर्षि हरु को प्रमुख साधनाकेन्द्र नै थियो, जसलाई पौराणिक भाषा मा तपोभूमि भन्न सक्छौं । आज पनि छिमेकी देश का महान् अध्यात्मसाधक हरु ले नेपालभूमि तिरै पाइला बढाउने गरेका अनेकौं दृष्टान्त छन् । उदाहरण का निम्ति महान् सन्त हरिबाबा, स्वामी सच्चिदानन्द विशुद्ध देव, पूज्य शिवपुरी बाबा, आदरणीय खप्तड स्वामी र श्रद्धेय पाइलट बाबा आदि को स्मरण हामी गर्न सक्छौं । हामीले देखेका छौं ग्रीस मा महाकवि होमर ले इलियड र ओडेसी नामक काव्य लेखे र तेस अमर कृति का कारण ग्रीस पूज्य बन्न पायो यूरोप भरी । तर तेस भन्दा अघि नै हिमवत्खण्ड मा रामायण र महाभारत लेखिई सकेका थिए र ऋग्वेद को सम्पादन पनि भई सकेको थियो । तर खै त पवित्र हिमवत्खण्ड ले त्यो महान् जस पाएको ? ग्रीस का मानिस जागरुक, विद्यानिष्ठर स्वाभिमानी भएकाले उनीहरु ले आफनो विगत को खोज गर्न र जोगाएर प्रचार गर्न कुनैकसर राखेनन् र तेहि प्रयास द्वारा विश्व मै आफू लाई चिनाउन र स्थापित गराउन सके, तेसको लाभ पनि आज पाई रहेका छन्, यूरोप अमेरिका र बाँकी विश्व मा उनीहरु को ठूलो सम्मान छ, तर हामी लाटा हरु आफना पुर्खा को योगदान पनि आफनो हो भन्न डराए जस्ता छौं र एक प्रकार ले हुतीहारा जस्तै बन्न पुगेका छौं, जसले गर्दा हाम्रो र हाम्रा आफना सन्तान हरु को समेत उत्साह र उमंग मा ठूलो घाटा परेको छ र हामी भित्र को ऊर्जा पनि गतिहीन र निस्तेज जस्तै बन्न पुगेको छ । के एस तर्फ अब पनि ध्यान नदिएर बस्न होला त ?

व्याकरणशास्त्र र प्रवक्ताहरू

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
 व्याकरणं
प्रोक्तम् यो,उक्ति अनुसार संस्कृत व्याकरण संस्कृत वाङ्मयको मुख हो,भनेर वेद पुराण उपनिषद्हरूले पुष्टि गरेका छन् । प्राणीको अङ्कमध्ये मा मुख नै प्रमुख अङ्क मानिन्छ । त्यसमा पनि संस्कृत व्याकरणबाट विचारदुई प्रकारले प्रकट गरिन्छ जस्तै : लेखेर र बोलेर । तर बोलेको कुरा चाहिँ चिरस्थायी हुँदैन,कुनै लेख पुस्तकाकारमा मुद्रण वा हस्तलेखन नै भए पनि सुरक्षितसँग राख्न सके त्यो चिरस्थायी हुन्छ । यसरी विचारहरूको चिरस्थायीका निम्ति परापूर्वकालमा भूजपत्र आदिमा लेख प्रारम्भ गरेको कुरा इतिहासले बताउँछ । त्यस समयका लेखहरूमा भाषा र शब्दको अपरिवर्तनीयताका कारण एकै रूपमा ल्याउनका लागि व्याकरण लेखियो । त्यसमा पनि यो समयमा गुरुमुखबाट सुनेर नै कण्ठ गरिन्थ्यो भन्ने कुरा सुन्नमा आएको छ,त्यसैकारण श्रुति स्मृति भनिन्छ । वेद र श्रुतिहरूले पनि यस्तै कुरा प्रकट गरेका छन् । त्यसैले स्वरको आरोह अवरोहमा भिन्नता छ विभिन्न प्राचीन विद्वान्हरूले आ–आÇना मत अनुसार व्याकरणको रचना गरे । वेद व्याकरणको रक्षा गर्नका निमित्त वेदाङ्कको पनि आवश्यकता छ । शरीरको रक्षा गर्नकानिमित्त शरीरका अङ्क प्रत्यङ्क हात,गोडा,मुख इत्यादिको आवश्यक पर्दछ,जस्तैःछन्दः पादौ तु वेदस्य हस्तौ कल्पोऽथ पठ्यतेज्योतिषामयनं चक्षुर्निरुक्तं श्रोत्रमुच्यते ।शिक्षा घ्राणं तु वेदस्य मुखं व्याकरणं स्मृतम्तस्मात्साङ्कमधीत्यैव ब्रह्मलोके महीयते ।।यी वेदका षडङ्क हुन् । सबै अङ्क पढ्नाले नै ब्रह्मलोकमा पुजित हुन्छ । यिनमा पनि मुख्य मुख नै व्याकरण शास्त्र हो,मुख नभएमा कुनै अङ्कको जोर चल्दैन ।व्याकरण शास्त्रको प्रारम्भ चाहिँ जगतको सृष्टिसँगै भएको हो भनेर बताएको छ। यो सूक्ति अनुसार ब्रह्मा नै जगन्नियन्ता र व्याकरणकर्ता भएको कुरा व्याकरणका इतिहासकारहरू बताउँछन् । ब्रह्माले रचना गरेको व्याकरण शास्त्रको लिपिबद्ध इन्द्रले गरे । किन कि व्याकरणशास्त्रको आवश्यकता भएको कुरा गरेर नै देवताहरू इन्द्रका नजिकै गएर भन्दा भए कुरु व्याकरणम् यसरी देवताहरूले इन्द्रलाई प्रेरित गरेपछि इन्द्रले प्रतिज्ञा गर्दै भने,व्याकरवाणि इति । यस्तो प्रतिज्ञा गरेर महान् व्याकरणग्रन्थको रचना गरे । यो संसारमा संस्कृत व्याकरणशास्त्रको परम्परा वेदबाट नै भएको हो भन्ने कुरा सर्वत्र प्रख्यात छ । त्यसमा पनि व्याकरणशास्त्रकोप्रथम प्रवक्ता ब्रह्मा नै भएको कुरा ऋक्तन्त्र१आदि ग्रन्थमा उल्लेख गरेको छ । ब्रह्माको समयका बारेमा एकमत पाइँदैन,ऋक्तन्त्रीय प्रमाण अनुसार ब्रह्माबृहस्पतये व्याकरणशास्त्रम्प्रोवाच । ब्रह्माको समयका बारेमा बाल्मीकिय रामायणमा स्पष्ट छ यथा–नूनं व्याकरणम्,इत्यादि यो श्लोकअनुसार रामायणकाल (त्रेतायुग)मा पनि व्याकरण शास्त्रको पठनपाठन हुने गरेको कुरा भारतीय इतिहास ग्रन्थहरूले पनि पुष्टि गरेका छन् । रामायणकाल त्रेतायुगको दोस्रो चरण हो,त्यसैले १२६९०८५ (बाह्र लाख उन्सत्तरी हजार पचासीवर्ष) त्रेतायुगको आयुवर्ष प्रमाण अनुसार बित्यो ।व्याकरणशास्त्रका अर्का दोस्रा प्रवक्ता२बृहस्पति भए । पातञ्जल महाभाष्यबाट यो कुरा बुझिन्छ कि बृहस्पतिले इन्द्रलाई दिव्य हज्जार वर्षसम्म व्याकरणशास्त्र पढाएको कुरा स्पष्ट छ ।३ऋक्तन्त्रमा पनि ब्रह्माद्वारा बृहस्पतलिाई व्याकरणशास्त्र पढाइयो । त्यसमा पनि यो जिज्ञासा उत्पन्न हुन्छ कि ब्रह्मा पनि छ हजार वर्ष मात्र बाँचेका हुन् त?अत एव हामीहरूका दृष्टिमा देवताहरूका गुरु बृहस्पतिको समय सत्ययुगको अन्तिम चरणमा भएको भन्ने कुरालाई स्वीकार्न सकिन्छ । यस्तै ब्रह्मा र बहृस्पति समकालीन हुन् भन्ने प्रमाण सिद्ध हुन्छ ।व्याकरणशास्त्रका सम्प्रदाय दुईवटा छन् र ती हुन्–महेश्वर र इन्द्र ।१. महेश्वर माहेश्वर सम्प्रदाय२. इन्द्र–ऐन्द्र सम्प्रदायसंस्कृत व्याकरणशास्त्रका ऐन्द्र सम्प्रदाय प्रवत्र्तक तृतीय प्रवक्ता नै इन्द्र हुन् ।३ऋक्तन्त्रका अनुसार इन्द्र बृहस्पति गुरुका शिष्य हुन् । इन्द्रले व्याकरणशास्त्रको प्रवचन गरेको कुरा ऋक्तन्त्रमा उल्लेख छ । यसरी यो कुरा महाभाष्यमा उल्लेख छ । इन्द्रदेखि नै प्रकृति प्रत्यय स्वरूप व्याकरण प्रक्रिया सम्बन्धी विकास सुरु भएको हो । तर पनि इन्द्रको समयका बारेमा यो नै निश्चय मान्न सकिन्छ । इन्द्र दीर्घजीवी थिए अध्यात्म ज्ञान प्राप्त गर्नका लागिएकसय वर्षसम्म ब्रह्मचर्य व्रत पालना गरेका थिए भन्ने प्राचीन ग्रन्थहरूमा उल्लेख छ ।व्याकरण शास्त्रका प्रवक्ताहरू अनेक थिए,त्यसमा चतुर्थ प्रवक्ता वायु भएको कुरा व्याकरणविद् विद्वान्हरूले पुष्टि गरेका छन् । तैतिरीय५संहितामा भने अनुसार वायुका सहयोगले इन्द्रद्वारा प्रकृति प्रत्ययले युक्त शास्त्र तयार गरियो। अर्को कुरा वायुका सहयोगले नै वर्तमान प्रसिद्ध भएको६व्याकरणशास्त्र देववाणी नै सर्वप्रथम इन्द्रले नै निर्माण गरेको कुरा यत्रतत्र प्रसिद्ध छ,वायुपुराणमा वायु सर्वशास्त्रविशारद भएको कुरा उनैले रचना गरेको पौराणिक आख्यानहरूले पनि पुष्टि गर्दछन् । वायुपुत्र हनुमान् पनि ठूला वैयाकरणी थिए,साथै व्याकरण वेत्ताआÇना पिता वायुझैँ थिए भने श्रमद्वाल्मीकीय रामायणमा आदिकवि७वाल्मीकिले पनि बताएका छन् । हनुमान् दशरथपुत्र भगवान् श्रीरामचन्द्रका समकालीन थिए,यसकारण वायुको समय त्रेतायुगलाई मान्न सकिन्छ । किन कि विभिन्न सभागोष्ठीमा हुनमानद्वारा व्याकरणको महत्त्वबारे प्रकाश पारेका टीका टिप्पणीहरू भेटिन्छन् ।यस्तै व्याकरणशास्त्रका (५) पाँचौं प्रवक्त भरद्वाज८थिए । यिनी अङ्किरस बृहस्पतिका छोरा इन्द्रका शिष्य थिए,इन्द्रले नै९भारद्वाजलाई व्याकरणशास्त्रको उपदेश गरेका थिए । क्रमैले भारद्वाजले अन्य ऋषिलाई व्याकरणको उपदेश दिए ।१०भारद्वाज दीर्घजीवी थिए भन्ने कुरा चरक संहिता ऐतरेयाख्यक ऐतरेय ब्राह्मण आदि ग्रन्थहरूद्वारा बुझ्न सकिन्छ । भारद्वाज काशिराजदिवोदासका छोरा११प्रतर्दनका पुरोहित थिए । प्रतर्दन दासरथि श्रीरामचन्द्रका ६ समकालीन थिए । श्रीसीतारामलक्ष्मण वनमा गएका समयमा भारद्वाज आश्रममा बास बसेका थिए भन्ने कुरा वाल्मीकि रामायणबाट१२जान्न सकिन्छ । सीताजीको स्वयंवर पछि१२दासरथि रामको र परशुरामको साक्षात्कार भएको कुरा पनि रामायणमा पाइन्छ । यसरी जमदग्निका छोरा परशुरामको जन्म त्रेता युगको अन्तिम द्वापरयुग पूर्व सन्धि बेलामा भएको थिाये । यो कुरा१४महाभारतबाट पनि जान्न सकिन्छ । साथै श्रीरामको समय त्रेता + द्वापरको सुरु समय भएको हुनाले भरद्वाज दीर्घजीवी थिए । यस्तै अर्का व्याकरणशास्त्रका छैठौं प्रवक्ता भागुरि ऋषि थिए । भगुरस्यापत्यो बृहद्गगीशिष्योभागुरिर्बभूव भागुरि ऋषिले पनि आÇनो व्याकरण शास्त्रको प्रवचन गरेका थिए भागुरि ऋषिको व्याकरण शास्त्र विषयक ग्रन्थ र उनले प्रचार गरेका सिद्धान्तले पनिपुष्टि गर्दछन् ।विक्रम संवत्भन्दा तीन हजार एकसयवर्य (३१००) पहिले संस्कृत व्याकरण शास्त्रका सप्तम (सातौ) प्रवक्ता१५पाष्करसादि ऋषि थिए । तर पनि पाणिनिको अष्टाध्यायीमा यिनको प्रमाणिक सूत्र भेटिँदैन । तर पनि महाभाष्यमा भने यिनको उल्लेख पाइन्छ । पौष्करसादि,यो पद हेर्दा तद्धितान्त प्रत्यय भएको ज्ञान हुन्छ । पौष्करसादि आचार्यका पिता पुष्करसत्१६थिए भन्ने प्रमाण हुन्छ । बह्वादि गणमा पुष्करसत् शब्द पाइन्छ बह्वादिभ्यश्च (पाणीनि अष्टा. ४।१।९६) यो सूत्रले अपत्य अर्थमा तद्धितमा इञ् प्रत्यय भएर पौष्करसादि यस्तो शब्द निष्पन्न हुन्छ१७यज्ञेश्वर भट्ट पनि उपर्युक्त महाभाष्यको प्रमाण उद्धरणलाई मान्दछन् । त्यस्तै पुष्करसादि आचार्यले संस्कृत व्याकरणशास्त्रको व्याख्यान गरेको प्रमाण पाइन्छ ।संस्कृत व्याकरणका आठौं (अष्टम) प्रवक्ता चारायण थिए । यो शब्द पनि अपत्यप्रत्ययान्त हो । चरस्य अपत्यं पुमान्,चारायणः । यस्तो शब्दको व्युत्पत्तिहुन्छ । नडादिगणमा नडादिभ्यो फक् यो सूत्रले फक् प्रत्यय भएर फस्य–आयन आदेश भएपछि आदिबृद्धि णत्व आदि कार्य गरेर चारायणः यो शब्द निष्पन्न हुन्छ,यज्ञेश्वरभट्ट पनि उपर्युक्त महाभाष्यको प्रमाण उदुरणलाई मान्दछन् । महाभाष्यमा चारायण योशब्द उल्लेख गरेको हुँदा चारायणाचार्यले पनि संस्कृत व्याकरण शास्त्रको व्याख्याता भएर व्याख्यान गरेका थिए भनेर विद्वान्हरू बताउँछन् ।काशकृत्स्नःविक्रमभन्दा (३१००) तीनहजार एकसय वर्ष पूर्व संस्कृत व्याकरणका (मकै)) प्रवक्ता काशकृत्स्नः नाम गरेका विद्वान् थिए । काशकृस्नले व्याकरण शास्त्रका साथै व्याख्यान पनि गरेका थिए ।१८महाभाष्य ग्रन्थद्वारा पनि यो ज्ञात हुन्छ कि यिनका पिता काशकृत्स्न थिए । कशकृत्स्न शब्ददेखि यो ज्ञात हुन्छ कि यिनका पिता कशकृत्स्न थिए । कशकृत्स्न शब्ददेखि अपत्य अर्थमा तस्यापत्यम् अष्टा ०४।१।९२ यो सूत्रद्वारा अण् प्रत्यय भएर काशकृत्स्न शब्द निष्पन्न हुन्छ । यिनका आचार्यको अर्को नाम काशकृत्स्न पनि थियो । यिनको गोत्र भार्गव हो भनेर विविध प्रमाणिक ग्रन्थमा बताइएको छ ।शन्तनुःप्रायः सबै विद्वान्हरू एकै समयमा भएको कुरा इतिहासले बताउँदै आएको छ । त्यसै अनुसार संस्कृत व्याकरणका १० (दशक) प्रकाश शन्तनु नाम गरेका वैयाकरण प्रणेता थिए । यिनले सर्वाङ्पूर्ण ग्रन्थ व्याकरणशास्त्रको रचना गरेका थिए,तर यिनको वर्तमान व्याकरणको प्रामाणिक अध्ययन फिट् सूत्र मात्र पढ्न सकिन्छ ।वैयाघ्रपद्यअर्का व्याकरणकार वैयाघ्रपद्य नाम गरेका काशिका१९ग्रन्थका रचयिता वैयाघ्रपद्य नाम भएका ग्रन्थकार (११) एघारौं गणनामा पर्दछन् । यिनका पिता व्याघ्रपाद महर्षि२०वसिष्ठका पुत्र थिए । व्याघ्रपाद शब्ददेखि गर्गादिभ्यो यञ् यो सूत्रले यञ् प्रत्यय भएर वैयाघ्रपद्य शब्द निष्पन्न हुन्छ । वैयाघ्रपद्य व्याकरणमा दश अध्याय२१थिए भन्ने कुरा काशिका ग्रन्थमा उल्लेख छ ।गाग्र्यःगाग्र्यनाम गरेका व्याकरणकार संस्कृत व्याकरणशास्त्रका धुरन्धर विद्वान् थिए । पाणिनीयाष्टाध्यायी,निरुक्त२२प्रातिशाख्य२३ग्रन्थद्वारा यो कुराको बोधहुन्छ । गाग्र्य शब्द गोत्र प्रत्यान्त हो । गर्गस्य गोत्रापत्यं यो विग्रहमा (गर्गदिभ्यो यञ् १।१।१०५) यो पाणिनिको सूत्रले यञ् प्रत्यय भएर सिद्ध हुन्छ । यिनका पिताको नाम गर्ग थियो गर्ग भारद्वाजका पुत्र थिए । पाणीनिको अष्टाध्यायीमाउल्लेख गरे अनुसार गाग्र्य पाणिनिभन्दा प्राचीनतम थिए । निरुक्तमा गाग्र्यको मत उल्लेख गरेकाले यास्कभन्दा पनि गर्ग नै पुराना हुन् भनेर भन्न सकिन्छ । यास्काचार्यको समय सीमा महाभारत युद्ध समीप हुन सक्छ । त्यसैले गाग्र्यको समय पनि विक्रमभन्दा ३१०० वर्ष पूर्व नै हो भनेर विद्वान्हरूले स्वीकार गरेका छन् । परन्तु सुश्रुतटीकाकार उल्हणले २४ धन्वन्तरिशिष्यमध्ये मा गाग्र्य र गालवको उल्लेख गरेका छन् । यदि वैद्य गाग्र्यगालव झैँ वैयाकरण गाग्र्य गालव नै हुन् भन्ने प्रमाणान्तरले सिद्ध हुन्छ । त्यसो हुँदा गाग्र्याचार्यको समयसीमा विक्रम संवत् भन्दा ५५०० पाँचहजार पाँचसय वर्ष पूर्व मान्न सकिन्छ ।गालवःगालवः नाम गरेका वैयाकरणकारले संस्कृत व्याकरणको व्याख्यान गरेको कुरा पाणिनीय अष्टाध्यायीबाट पनि जान्न सकिन्छ ।२५पुरुषोत्तमदेव प्रणीतम्भाषावृत्तौ च पुरुषोत्तमदेवारा रचित भाषावृत्तिमा व्याकरण विषयक मत उल्लेख गरेको छ । गावलशब्द गोत्रापत्य प्रत्ययान्त भएको हुँदा गालवाचार्यका पिताको नाम गलव वा गलुथियो भन्ने सकिन्छ । सुश्रुतटीकाकारको उल्हणमत अनुसार गालवाचार्य पनि धन्वतरिका शिष्य थिए । वास्तवमा यिनी नै धन्याकरण गालवको एकीभाव सिद्ध हुन्छ तर गालवाचार्यको समय विक्रमभन्दा पाँचहजार पाँचसय (५५००) वर्ष पूर्व मान्न सकिन्छ ।शाकल्यःविक्रम संवत्भन्दा तीनहजार एकसय (३१००) वर्ष पूर्व शाकल्य नाम गरेका संस्कृत व्याकरणकारले संस्कृत व्याकरणको व्याख्या गरेका थिए ।२६पाणिनीय अष्टाध्यायी२७मा महाभाष्य२८प्रातिशाख्येभ्योवगशाकल्य इति अनुमीयते ।२९महाभारतमा कुनै सूत्रकार शाकल्य भनेर उद्धृत गरिएको छ । तिनै वैयाकरण शाकल्य हुन् भनेर अनुमान गर्न सकिन्छ । पाणिनीयाध्यायी प्रातिशाख्यमा उद्धृत गरिएका शाकल्यका मत अनुशीलन गर्नाले पनि यो ज्ञात हुन्छ कि शाकल्य व्याकरणमा लौकिक वैदिक दुवैको विशद व्याख्या गरेको थियो भन्ने भनाइ छ । यसरी शाकल्य आदिवैयाकरण ज्ञाता विद्वान्हरूको पनि सिद्धान्त मत प्रस्तुत गरियो ।माहेश्वरव्याकरणशास्त्रको माहेश्वर सम्प्रदायका बारेमा मत दुईवटा प्रसिद्ध छन् । ती हुन् (१) माहेश्वर व्याकरण र (२) ऐन्द्र व्याकरण । त्यसमा माहेश्वर सम्प्रदाय प्रवत्र्तक साक्षात् शिवरूप माहेश्वरले नै व्याकरणा शास्त्रको प्रवचन गरे । अथवा पाणिनिको तपस्याबाट खुसी भएर वरदान दिने शिवबाट डमरुको नादबाट प्राप्त शब्दध्वनि रूप सूत्र नै १४ सूत्रको रूपमा अवतीर्ण शब्दशास्त्रको व्याख्यात्मक ग्रन्थ नै माहेश्वर व्याकरण हो भनेर विद्वान्हरूले पुष्टि गरेका छन् । सारस्वत३०व्याकरणको भाष्य श्लोकात्मक सूत्रले पनि यही प्रमाण सिद्ध गर्दछ। त्यस्तै पाणिनीय३१शिक्षा पनि पुष्टि गर्दछ । त्यस्तै३२नन्दिकेश्वर काशिकामापनि महेश्वरको उल्लेख छ । त्यस्तै अर्को ग्रन्थ३२हैमबृहद्वृत्यचूर्णि ग्रन्थ अवलोकन गर्दा पनि त्यो कुरा स्पष्ट हुन्छ । शिव व्याकरण शास्त्र भन्दा अतिरिक्त,अर्थशास्त्र धनुर्वेदः,वास्तुशास्त्र नाट्यशास्त्र,छन्दशास्त्र आदि ग्रन्थहरूका पनि रचनाकार भएको पुष्टि हुन्छ । शिव दीर्घायुः मृत्युञ्जयी थिए । त्यसैले शिवका नाम अनेक छन् । जस्तैः शिव,शवि,भव,रुद्र,शङ्गर शम्भु,पिनाकी शूलभगवी,महेश्वर,महादेव,स्थाणु गिरीशः,विशालाक्ष,यम्बक आदि । प्रसिद्ध नामहरू थिए भनेर अमरकोषकारले पनि भनेका छन् । महाभारतको शान्तिपर्वमा उल्लेखित अनेक शास्त्र प्रवत्र्तक शिव सत्य युगको अन्तिम चरणमा उत्पन्न पौराणिक शिव र व्याकरण शास्त्रका आचार्य शिव (महेश्वर) एकै हुन् किन कि पाणिनिको तपस्याको प्रभावद्वारा प्रसन्न भएका शिवले डमरुको नादसँगै ताण्डव नृत्यद्वारा खुसी भएर पाणिनिलाई अपार शब्द शास्त्र भण्डार वैयाकरण सार सूत्र रूपमा प्राप्त भएका हुन् । कसैकसैले भनेका छन् कि महाभारतको शान्ति पर्वमा वर्णन गरिए अनुसार अनेक शास्त्रका प्रवत्र्तक भगवान् शिव सत्ययुगको चौथो चरणमा भएका शिव कैलाशवासी पार्वती वल्लभ हुन् भने पौराणिक शिवभन्दा भिन्न अर्का वैयाकरणकार आचार्य महेश्वरवेदवेदाङ्क प्रवत्र्तक द्वापरयुगका अन्तिम चरणमा अवतरित शिवले पाणिनिलाई व्याकरणशास्त्रको उपदेश ननाद ढक्का नवपञ्च बारम्”डमरु १४ पल्ट बजाएर डमरुको ढक्का डिमडिमबाट निस्किएका अ इ उण् आदि १४ सूत्रका जन्मदाता नै शिव हुन् भने वरदान ग्रहणकर्ता तथा ग्रन्थकर्ता (माहेश्वर व्याकरणकार) पाणिनि हुन् ।माध्यन्दिनिःविक्रम संवत्भन्दा ३००० (तीन हजार) वर्ष पहिले माध्यन्दिनि नाम गरेका वैयाकरण भएको कुरा काशिकाग्रन्थ३३द्वारा जान्न सकिन्छ विमलसरस्वतीप्रणीतरूपमाला३४ग्रन्थद्वारा पनि जान्न सकिन्छ कि माध्यन्दिनाऽऽचार्यले पनि संस्कृत व्याकरण शास्त्रको व्याख्या गरेका थिए । अपत्यप्रत्ययान्त भएको हुँदा यिनका पिता मध्येन्दिनु३४नाम गरेका आचार्य थिए भन्ने कुरा स्पष्ट हुन्छ ।काशिका ग्रन्थमा“आपिशलपाणिनीयाः रौढीयाः,रौढीयकाशकृत्स्नाः”यस्ता अनेक उदाहरणहरूमा आपिशलि,पाणिनि,काशकृत्स्न आदिका साथमा रौढि यो पद पढिएको हुँदा रौढि नाम गरेका वैयाकरणकारले पनि व्याकरण शास्त्रको रचना गरेका थिए भन्ने बोध हुन्छ । अपत्य प्रत्ययान्त भएको हुँदा रुढ भन्ने यिनका पिताको नाम थियो र अपत्यप्रत्ययान्तमा इञ् प्रत्यय भएर रौढि नाम भएको हुन सक्छ ।यस्तै यसै समयमा अन्य आचार्यहरू जस्तैः शौनकि गौतम आपिशलि काश्यप,चाक्रवर्मण,भारद्वाज,शाकटायन,व्याडि,सेनक आदि आचार्य भएका थिए भनेर पाणिनीय व्याकरण अष्टाध्यायी सूत्रपाठद्वारा पनि बुझ्न सकिन्छ ।पाणिनिःविक्रम संवत् भन्दा (२९००) उनन्तीस सय वर्ष पहिले पाणिनि नाम गरेका व्याकरणका सर्वश्रेष्ठ ग्रन्थकार भएका थिए । पाणिनिको समयका बारेमा विद्वान्हरूको एकमत छैन । त्यसमा अनेक आधुनिक विद्वान् र भाषा वैज्ञानिकहरूले पाणिनिको समय ईशवीय सन् भन्दा (५००) पाँचशय वर्ष पूर्व मानेका छन् । तर भारतीय विद्वान् पण्डित युधिष्ठिर मीमांसकले भने विक्रमभन्दा २९०० वर्ष पूर्व मानेका छन् । पाणिनिले महेश्वरबाट प्राप्त व्याकरणशास्त्र उनका डमरुका शब्दबाट प्राप्त चतुर्दशसूत्रहरूलाई आधार मानेर अष्टाध्यायी नाम गरेको ग्रन्थको रचना गरे । यो ग्रन्थ विश्वमा नै अद्वितीय वैज्ञानिक प्रमाणले युक्त संस्कृत भाषाको व्याकरण प्रतिपादक लौकिकवैदिक दुवैतर्फ शब्द भण्डारको राशि ग्रन्थ सिद्ध भएको छ । पाणिनिआचार्यले धातुपाठ,गणपाठ,उणादिसूत्र पाठ,लिङ्कानुशासन,शिक्षासूत्र जाम्बवतीविजय,द्विरूपकोषप्रभृति ग्रन्थ पनि रचना गरेका थिए ।कात्यायनःकात्यायन नाम गरेका अद्वितीय विद्वान्ले अष्टाध्यायी ग्रन्थलाई आधार मानेरवार्तिक सूत्र ग्रन्थको निर्माण गरे । कसै कसैको भनाइ अनुसार याज्ञवल्क्यका नातिवररुचि नै कात्यायन पाणिनि अष्टाध्यायीका वार्तिककार हुन भनेर मान्दछन् । यिनका समयका बारेमा एकमत नभए पनि विक्रमभन्दा २९०० वर्ष पूर्व नै मान्न सकिन्छ ।पतञ्जलिःविक्रम संवत्भन्दा दुई हजार वर्ष (२०००) पूर्व पतञ्जलि नाम गरेका विद्वान्ले पाणिनिका अष्टाध्यायी सूत्र र वररुचिकात्यायनका वार्तिकलाई आधार मानेर व्याकरण महाभाष्य ग्रन्थको रचना गरे । महाभाष्य व्याकरणशास्त्रको अत्यन्त प्रामाणिक ग्रन्थ हो । सूक्ष्मतरिकाबाट हेर्दा यो ज्ञान हुन्छ कि महाभाष्य सम्पूर्ण विद्याको अग्रगण्य ग्रन्थ हो । भनेर२४भर्तृहरिले वाक्यपदीयमा उद्घोष गरेका छन् ।कृतेऽयं पतञ्जलिना गुरुणा तीर्थदर्शिनासर्वेषां न्यायबीजानां महाभाष्ये निबन्धने ।यसपछि      शर्ववर्मा,चन्द्रगोभि,भर्तृहरि,देवनन्दी,वामन,जयादित्य,भट्टअकलङ्ग,पाल्यकीर्ति,शिवस्वामी,भोजदेव,दयापालमुनि,आचार्य बुद्धिसागर सूरि,कैøयट,भद्रेश्वर सूरि,पुरुषोत्तम देव,धर्मकीर्ति,वद्र्धमान,हेमचन्द्र सूरि,मलभयगिरि,क्रमदीश्वर,नरेन्द्राचार्य,अभयचन्द्राचार्य,बोपदेव,शेषवंशीय रामचन्द्राचार्य,भट्टेजिदीक्षित,ज्ञानेन्द्र सरस्वती,अन्न भट्ट,नारायण भट्ट,कौण्ड भट्ट,नागेश भट्ट,वासुदेव वाजपेयी,रामाश्रम,वैद्यनाथ पायगुण्डे,महर्षि दयानन्द सरस्वती आदि अनेक आधुनिक विद्वान्हरू भएको कुरा अनेक ग्रन्थ अवलोकन गर्दा बुझ्न सकिन्छ

राशी पत्ता लगाउने तरिका

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
तपाईँको न्वारनको नामको पहिलो अक्षर अनुसार राशि पत्ता लगाउनु होस्।चु चे चो ला लि लु ले लो अ = मेष
इ उ ए ओ वा वि वु वे वो =वृष
का कि कु घ ङ छ के को हा = मिथुन
हि हु हे हो डा डि डु डे डा =कर्कट
मा मि मु मे मो टा टि टु टे= शिंह
टो प पि पु ष ण ठ पे पो= कन्या
र री रु रे रो ता ती तू ते= तुला
तो ना नि नु ने नो या यि यु =बृश्चिक
ये यो भा भी भू ध फा ढा भे= धनु
भो जा जी खी खू खे खो गा गी= मकर
गू गे गो सा सी सु से सो द= कुम्भ
दी दू थ झ ञ दे दो चा ची= मीन

ज्योतिषी पमामर्षको लागि

विदेशमा रहनु भएका नेपाली हरुलाई सुबर्ण अबसर, यदी तपाईंका नवजात शिशुका जन्म कुण्डली (चीना), बनाएको छैन भने, हामी कहाँ नेपाली भाषामा परम्परागत चीना बनाएर पठाउने ब्यबस्था छ। चिना (कुण्डली) त जीवनको ऐना हो । हाम्रो समाजमा प्रायः जन्मकुण्डली (चिना) बनाउनमा त्यति जागरुकता अपनाइँदैन भने बनाइएका चिनाहरू पनि प्रायः गणितीय अशुद्धता रहन्छ । त्यसैले शुद्ध चिना बनाउनका लागि आजै सर्म्पर्क राख्नुहोस् । हामी कहाँ नेपाली भाषामा परम्परागत चिना लेखिपठ

Hariprasad joshi 
hariprasad.joshi1988@gmail com.


https://mbasic.facebook.com/prasad.hari.joshi?_e_pi_=7%2CPAGE_ID10%2C1750741705

मा सम्पर्क राख्नु होला 
ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

नवग्रहों के मूल मंत्र


-सूर्य : ॐ सूर्याय नम:
चन्द्र : ॐ चन्द्राय नम:
मंगल : ॐ भौमाय नम:
बुध : ॐ बुधाय नम:
गुरू : ॐ गुरवे नम:
शुक्र : ॐ शुक्राय नम:
शनि : ॐ शनये नम: अथवा ॐ शनिचराय नम:
राहु : ॐ राहवे नम:
केतु : ॐ केतवे नम:
नवग्रहों के बीज मंत्र -
सूर्य : ॐ ह्रां ह्रीं ह्रौं स: सूर्याय नम:
चन्द्र : ॐ श्रां श्रीं श्रौं स: चन्द्राय नम:
गुरू : ॐ ग्रां ग्रीं ग्रौं स: गुरवे नम:
शुक्र : ॐ द्रां द्रीं द्रौं स: शुक्राय नम:
मंगल : ॐ क्रां क्रीं क्रौं स: भौमाय नम:बुध : ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय नम:
शनि : ॐ प्रां प्रीं प्रौं स: शनये नम:
राहु : ॐ भ्रां भ्रीं भ्रौं स: राहवे नम:
केतु : ॐ स्त्रां स्त्रीं स्त्रौं स: केतवे नम:नवग्रहों के वेद मंत्र -
सूर्य : ॐ आकृष्णेन रजसा वर्त्तमानो निवेशयन्नमृतं मतर्य चहिरण्येन सविता रथेना देवो याति भुवनानि पश्यन॥इदं सूर्याय न मम॥
चन्द्र : ॐ इमं देवाSसपत् न ग्वं सुवध्वम् महते क्षत्राय महते ज्येष्ठयायमहते जानराज्यायेन्द्रस्येन्द्रियाय इमममुष्य पुत्रमुष्यै पुत्रमस्यै विश एषवोSमी राजा सोमोSस्माकं ब्राह्मणानां ग्वं राजा॥ इदं चन्द्रमसे न मम॥
गुरू : ॐ बृहस्पते अति यदर्यो अहार्द् द्युमद्विभाति क्रतुमज्जनेषु।यददीदयच्छवस ॠतप्रजात तदस्मासु द्रविणं धेहि चित्रम॥इदं बृहस्पतये,इदं न मम॥
शुक्र : ॐ अन्नात् परिस्रुतो रसं ब्रह्मणा व्यपिबत् क्षत्रं पय:।सोमं प्रजापति: ॠतेन सत्यमिन्द्रियं पिवानं ग्वंशुक्रमन्धसSइन्द्रस्येन्द्रियमि​दं पयोSमृतं मधु॥ इदं शुक्राय,न मम।
मंगल : ॐ अग्निमूर्द्धा दिव: ककुपति: पृथिव्या अयम्।अपा ग्वं रेता ग्वं सि जिन्वति। इदं भौमाय,इदं न मम॥
बुध : ॐ उदबुध्यस्वाग्ने प्रति जागृहित्वमिष्टापूर्ते स ग्वं सृजेथामयं च।अस्मिन्त्सधस्थे अध्युत्तरस्मिन् विश्वेदेवा यजमानश्च सीदत॥इदं बुधाय,इदं न मम॥
शनि : ॐ शन्नो देविरभिष्टय आपो भवन्तु पीतये।शंय्योरभिस्त्रवन्तु न:। इदं शनैश्चराय,इदं न मम॥
राहु : ॐ कयानश्चित्र आ भुवद्वती सदा वृध: सखा।कया शचिंष्ठया वृता॥ इदं राहवे,इदं न मम॥केतु :
ॐ केतुं कृण्वन्न केतवे पेशो मर्या अपेशसे।समुषदभिरजा यथा:। इदं केतवे,इदं न मम॥

कालसर्प योग को कारण र त्यसको निवारण.जसरि मन्दिर मा भोग र अस्पतालमा रोगको महत्व हुन्छ

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)


 त्यसरि नै ज्योतिषमा योगको महत्व हुन्छ. ज्योतिषमा राम्रा र नरम्रा गरि ४०३५ योग हरु छन त्यस्मा ६३ प्रतिशतराम्रा छ्न र ३७ प्रतिशत नराम्रा छ्न. ति नराम्रा मध्येको २ स्थान मा रहेको योग हो काल्सर्प योग जसका कारण मानव ले अरु योगहरु बाट पाउनु पर्ने राम्रा फ़ल हरु ३०प्रतिशतमात्र पाउने गर्छ.के हो काल्सर्प योग जब तपाइको चिनामा भएका सबै ग्रहहरु राहु र केतु को बिचमा हुन्छ्न अनि बनिन्छ तपाइको सुखमा ग्रहण लगाउने काल सर्प योग.यस्को निवारण के छ
१ त्रिपिण्डि श्राद्ध ---- पित्रिहरु असन्तुष्ट हुदा यो योग हुने गर्छ अत यसलाइ पित्रि दोष पनि भन्छन अतःमन्दिर नदिमा यो कर्म गर्ने.
२ म्रित्युन्जय जाप----- कम से कम २१००० पटक महाम्रितुन्जय को जाप गराउने.

३ नाग् को पूजा गरेर नदिमा बिधि बिधान ले नदिमा प्रवाहित गरि काल्सर्पयोग निवारणयन्त्र धारण गरि आऐ मात्र यो योग शान्त हुन्छ 
अरू बिवरण हामि लाई सम्पर्क गर्नु होला
र आफ़ुले यो जन्ममा पाउनु पर्ने सम्पुर्ण शुख प्राप्त हुन्छ यदि तपाइलाइ काल्सर्पयोग छ र शान्त पार्नु हुण्छ भने कृष्ण पक्षेको पंचमि को दिन बिशाल काल्शर्प योग शान्ति महायग्य को आयोजना गर्दछौ त्यस्मा तुरन्त भाग लिनुहोस.काल्सर्प योग शान्त पार्न गरिने कार्यहरु.बिहान ६ बजे गणेश श्तुति र संकल्प.२ दियो कलश गणेश पूजा.- आब्रिति रुद्रि ९ बजे देखि १२ बजे सम्म -- महाम्रिन्त्युन्जय जाप र राहु केतु को जाप.1/ ४ बजे नाग पूजा.------------ ५ -- २ बजे नाग प्रवाह ६--- ३ बजे काल्सर्पयोग शान्ति

Monday, 29 August 2016

कालसर्प योग


ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
पछिल्लो समयमा कालसर्प योगको चर्चापरिचर्चा खुब राम्रोसित भएको पाइन्छ । कालसर्प योग भएका जातकहरूको जीवनचर्यामा केही साझा विशेषताहरू पनि प्राप्त भएको देखिन्छ, जसका कारण अाम मानिसहरूए कालसर्प योगका कारण जीवन तनावग्रस्त पो भइहाल्छ किभनी छिट्टै प्रभावित पनि भइहाल्छन् । कालसर्प योग भएका भनिएका जातकहरूमा देखिने साझा विशेषताहरू निम्नानुसार छन् भनी कतिपय ज्योतिषीले भनेको सुन्न पाइन्छ, जस्तै : -
१-     घरमा मानसिक असन्तुष्टि, चिडचिडेपना र कलहको वातावरण हुनु ।
२- धनागम र दैनिकी सञ्चालनका लागि व्यस्त जीवनचर्या कायम हुनु, कडा मिहिनेत र परिश्रम गरी धनार्जन गर्नुपर्ने र अाएको धन दैनिकी र व्यवहारिक समस्यामा तुरुन्तखर्च भइहाल्ने परिस्थिति सिर्जना भइरहनु ।
३-     परिवारका सदस्यहरू बढी महत्त्वाकाङ्क्षी हुनु, साैखिन जीवनचर्या कायम हुनु, एकै ठाउँमा भेला भएको बेला पनि काल्पनिक वा असम्भव कुराहरूमा तर्कवितर्क गरी रहनु, तर टाढा जाँदा वा दूरी बढ्दा एकअर्काप्रति प्रेमभाव प्रदर्शन गर्ने वा खोजीनीति गरी रहने । परिवारका सदस्यको उचित समयमा उचित काम वा उन्नतिप्रगति हुन नसक्नु (जस्तै विवाह, व्यवसायिक जीवन वा अन्य पेसा, रोजगारी, पठनपाठन अादिमा योग्यता, क्षमता वा वातावरण हुँदाहुँदै अाकस्मिक रूपमा बाधाविघ्न अाइलाग्नु)
४-     सबै व्यवहार ठिकठाक हुँदाहुँदै पनि अाकस्मिक र चिताउँदै नचिताएका कुनै अवाञ्छित घटना घट्नु र त्यस घटनाको जिम्मेबारीबोध अाफूलार्इ हुनु ।
५-     पेसा, व्यवसाय, नोकरी वा बन्दव्यापारमा अचानक मन्दी अाउनु ।
६-    हुनै लागेका काम बन्न नसक्नु, कडा मिहिनेत र परिश्रमका साथमा काम सम्पन्न भए पनि विना अवरोध काम हुन नसक्नु । त्यसरी काम सम्पन्न गर्दा यस्ता बाधाविघ्न उपस्थित हुन पुग्छन् जुन कुरो उसले सम्झिएको पनि हुँदैन ।
७-     घरपरिवारका सदस्य एकअापसमा विना उद्देश्य झगडामात्र गर्दछन्, वंश वा विशेष गरी छोरो नजन्मनु, वा उसको उन्नतिप्रगति अनेकानेक बाधाअवरोध सिर्जना हुनु ।
८-     घरमा सुखको अनुभूति नहुनु, शून्यताको महसुस हुनु, परिवारका कुनै न कुनै सदस्यलार्इ कुनै न कुनै रोगको प्रकोप रही रहनु, गाइवस्तु वा पशुपन्छी अचानक मर्नु, रुखविरुवा अचानक सुक्नु ।
९-     अाफ्नो क्षमता वा योग्यताबमोजिमको काम नपाउनु, अाफूभन्दा कम योग्यताको नजिकैको कुनै नातेदारले विनामिहिनेत र परिश्रम निकै धनार्जन गर्नु वा उन्नतिप्रगति हुनु, तर अाफ्नो नभएकाले चिन्ताग्रस्त रहनु ।
१०- प्रेमप्रसङ्गमा विफल हुनु, वैवाहिक जीवनमा किचलो अाइरहनु, सन्तानहरू अस्वस्थ भइरहनु ।माथिका विवरणलार्इ मनन गर्ने हो भने तपार्इंको कालसर्प योग भए पनि वानभए पनि अामजीवनमा जीवनसङ्घर्षको प्रारम्भिक कालमा सबैले भोग्ने पीडाहो भन्दा फरक पर्दैन । तर यिनै विषयवस्तुलार्इ फलादेशको अाधार बनार्इकतिपय ज्योतिषी र धर्मगुरुलेकालसर्प योगलाई राम्रो कमाइ खाने भाँडो बनाएको पनि देखिन्छ । कुण्डलीमा भएका शुभ वा अशुभ योगहरूको ज्ञान नभएका वा ज्ञान भए पनि तिनको वास्ता नगरी केवल कालसर्प योगको मात्र चर्चा गरी कसरी जातकबाट अलि बढी धन वा रकमकलम हात पार्ने भन्ने ध्याउन्नमा हुन्छन्,ज्योतिषी र पण्डितहरू । त्यसैले कालसर्प योग यी प्रसङ्ग वा विषयको कारक योग होइन । बरु कालसर्प योग हुने जातकहरूमा केही छुट्टै विशेषता पाउन सकिन्छ, ती हुन् :-
१-    कालसर्प योग भएका जातकका अाममानिसको भन्दा फरक र छुट्टै प्रतिभा हुन्छ ।
२-  यस योगको मानिस निरन्तर मिहिनेत र परिश्रम गरी सामाजिक वर्चस्व स्थापना गर्नलागिपर्दछ।
३-  बाल्यावस्थामा उच्च प्रतिभा हुन्छ, तर किशोरावस्थादेखि नै उसको लगाव अध्ययनमा मात्र सीमित नभर्इ सामाजिकता र रचनात्मकतातर्फ अाकर्षित हुने हुँदा अध्ययनको स्तरमा गिरावट अाउन सक्छ ।
४-  यस योगमा जन्म लिने जातकमा उत्ताउलोपन हुँदैन, तर अाफ्नोपन र भावुकता हुन्छ ।
५-  धनसम्पत्तिको हकमा मध्यम वर्गको सामाजिक जीवन धान्नसक्ने सम्पत्ति र योग्यताहासिल गर्दछ ।
६-  प्रायः पुत्रसन्तानप्रतिको मोह हुँदैन । तर पतिपत्नी दुबै कालसर्प योग वा राहुको अधिकारभित्रका रहेछन् भने राम्रो अार्थिक हैसियत बनाउन सफल भएका पनि देखिन्छन् र छोरो पनि हुन्छ ।
७-  स्वावलम्बी र दक्ष हुने भएकाले यिनीहरू जेजस्तो कर्ममा पनि उपयुक्त हुन्छन्।
८- घरपरिवारको पारम्परिक कर्तव्य र सुखसुविधा जुटाउने सजगता देखिन्छ, तर विवाह वा सम्बन्धका लागि निर्धारित अनुशासनलार्इ पालना गर्दैनन् ।
९-  परिस्थितिअनुरूप अाफ्नो कार्यक्षेत्र र स्थान फेरिरहन्छन् । यिनीहरू अस्थिर मतिका भएकाले कार्यक्षेत्रलार्इ महत्त्व दिए असफल पनि हुँदैनन् ।
१०- प्रेमजीवनमा निष्ठावान् हुन्छन् । चोरबुद्धि र चतुर्याइँको कमी हुन्छ । सामाजिक स्थान उच्च बनाउने प्रयत्न पनि गर्दछन् र अन्त्यसम्ममा सफल पनि हुन्छन् । त्यसैले कतिपय सन्तमहन्त, राजनेता र सामाजिक अभियन्ताको कुण्डलीमा कालसर्प योग भएको देखिन्छ ।के हो त काल सर्प योग?जसरी कुनै व्यक्तिको आफ्नो नाम अरुको जस्तै राम्रै हुन्छ भन्ने हुँदैन, जस्तै हाम्रै समुदायमा रावण, दुर्योधन, यमराज आदि शास्त्र र समाजमा खल चरित्र मानिएका नाम जस्तै नाम भएका मानिसहरू पनि छन्, त्यस्तै कालसर्प केवल एउटा योगको नाममात्र हो अर्थात् योगलाई परिचय गराउने शब्द हो। राहु ग्रहको पर्यायवाची शब्द सर्प र केतु ग्रहको पर्यायवाची शब्द यमराज (काल) हो । ती दुई आकाशमा भौतिक पिण्ड नभएका छायाजस्ता धब्बा मात्र हुन्। त्यस्तो छाया हामीले पृथ्वीबाट देख्नसकिने ठूला ग्रहपिण्डहरू सूर्य र चन्द्रमाको परिभ्रमणपथको मिलनबिन्दुबाट उत्पन्न हुन्छ। साना र ठूला दुईवटा वृत्तलाई एकै ठाउँमा खप्टँदा जसरी दुईवटा वृत्तका परिधीय रेखा (धर्सा) मिलन हुने दुईवटा बिन्दु भेटिन्छन्। त्यस्तै यी राहु र केतु नामका बिन्दु पनि आकाशका दुईवटा विपरीत ठाउँमा हुन्छन् र यी दुईवटा छाया ग्रहको उपस्थिति ६ वटा राशिको फरकमा अर्थात् १८० डिग्रीको दूरीमा हुन्छ। कालसर्प योगको सिर्जना यिनै राहु र केतु बिन्दुका माझमा सूर्य, चन्द्रमा, मङ्गल, बुध, बृहस्पति, शुक्र र शनि ग्रहहरू भएको अवस्थामा हुन्छ। राहु र केतुको घेरा बाहिर एउटासम्म ग्रह परेको अवस्था छ भने त्यसलाई 'आंशिक कालसर्प योग' मान्ने चलन छ। कालसर्प योगले सबैलाई र सबै स्थितिमा अशुभ प्रभाव वा अनिष्ट फलमात्र प्रदान गर्ने गर्दैन।त्यसैले कालसर्पको हचुवाका भरमा निर्क्याैल गरी असफलता, निराशा, अवरोधवा विघ्नको कारक कालसर्प योग नै हो भनी ठोकुवा गरी शान्तिप्रक्रियामासंलग्न गराउनु राम्रो होइन ।वास्तवमा कालसर्प योग शास्त्रमा पहिले देखि नै चर्चा गरिएको योग होइन । खासगरी रेडियो,टिभीमा ज्योतिषीय चर्चापरिचर्चाका कार्यक्रम सञ्चालन हुन थालेपछि यस योगका बारेमा ज्योतिषी र आमजनताको चासो बढेको देखिन्छ । यस योगको सिर्जना राहु र केतु ग्रहको अवस्थितिका आधारमा हुने गर्छ र यसको शान्तिप्रक्रिया एवंफलादेशमा राहु र केतुलाई नै विशेष महत्त्व दिने गरिन्छ । यस आलेखमा नजिकिंदै गरेको नागपञ्चमी पर्व र सामूहिक वा व्यक्तिगत रूपमा आयोजना गरिने कालसर्प योगको शान्तिकर्मलाई ध्यानमा राखी यस योगको सैद्धान्तिक पक्ष र आम व्यवहारमा देखिएका केही महत्त्वपूर्ण पाटोलाई उजागर गर्ने प्रयास गरिएको छ ।जसरी मन्दिरमा भोग र अस्पतालमा रोगको महत्व हुन्छ,त्यसरी नै ज्योतिषमा योगको महत्व हुन्छ । ज्योतिषमा राम्रा र नराम्रा गरी ४०३५ वटा योग हरू छन् त्यसमध्ये ६३ प्रतिशत राम्रा योग हुन्छन् भने ३७ प्रतिशत नराम्रा योग हुन्छन् । ती मध्ये एउटा योगको नाम हो,कालसर्प योग । कालसर्प योग समग्रमा नराम्रो हुँदैन,यस योगका जातकहरू महापुरुषदेखि सर्वसाधारण जीवन यापन गर्ने मनुष्य बन्न वा हुन सक्दछन्।कालसर्प योगको गणितीय पक्षसामान्य अर्थमा कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रूपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ । आदि,मध्य,अन्त्य र विनाशबाट रहित मानिन्छ काललाई । मनुष्यलगायत सम्पूर्ण चराचर प्राणिको मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि पर्खँदैन । यसैले प्राणिलाई मृत्युका सम्मुख पुर्याउँछ । सर्पलाई पनिकालकै अङ्ग मानिएको छ । कालसर्प योग सम्भवतः समयको आन्तरिक गतिसँग जोडिएको त्यस्तो परिस्थिति हो,जसले व्यक्तिविशेषलाई मानसिक रूपले संवेदनशील बनाउँदछ र जीवनमा कतिपय ऊहापोहसँग ऊ गाँसिन पुग्छ । हामीलेव्यवहारमा मान्दै आएका नवग्रहहरूमध्ये आकाशमा हेर्दा निश्चित खगोलीय पिण्ड नभएका दुईवटा ग्रह छन् । ती वास्तवमा ग्रह नै होइनन् । ती चन्द्रमा र सूर्यको परिभ्रमण पथमा काटिएका दुईवटा विन्दु हुन् । चन्द्रमा र सूर्यको परिभ्रमण पथको मिलनविन्दुमा दुईवटा छायाका धब्बा देखिन्छन् । ती छायाहरू एकआपसमा १८० डिग्रीको दूरीमा हुने गर्दछन् । त्यसैले पूर्वीय दर्शनमा आधारित ज्योतिषशास्त्रले राहु र केतुलाई छायाग्रह भन्ने गरेको पाइन्छ,जबकि अङ्ग्रेजीमा यिनलाई नोड(Node)भन्ने गरिन्छ । नक्षत्रविज्ञानका अनुसार राहुको नक्षत्र भरणी र केतुको नक्षत्र अश्लेषा मानिदैं आएको छ भने नक्षत्रपतिको गणनागर्दा भरणीको देवता यमराज वा काल र अश्लेषाको देवता सर्प मानिएको छ ।त्यसैले नक्षत्रका अधिदेवताका नाममा राहुलाई काल र केतुलाई सर्पका रूपमा उल्लेख गरेर राहु र केतुको संयुक्त नामका रूपमा यी दुईलाई काल र सर्प वा कालसर्प पनि भन्ने गरेको पाइन्छ । पूर्वीय ज्योतिषशास्त्रमा राहु र केतुको प्रभावमा जन्मलिने जातकलाई दुःखी,क्रूर,निर्धन र परान्नमा आश्रित हुन्छन् भनी बताइएको छ । सामान्यतया अश्विनी,आर्द्रा,मघा,स्वाती,मूल र शतभिषा नक्षत्रमा जन्मिएका जातकको जन्मकालको महादशा केतु वा राहु ग्रहको अधीनमा हुने गर्दछ । त्यस्तै केन्द्रवर्ती राहु वा केतु अथवा आठौं घरमा रहेको राहु र केतुलाई पनि अनिष्ट नै मान्ने चलन छ । यस सन्दर्भमा एउटा श्लोक उदाहरणीय छ–विषयाः क्रूराः निःस्वान्नित्यं दुःखार्तिदाः सुदीनाश्च ।परभक्षपाननिरताः सर्पप्रभवाः भवन्ति नराः॥अर्थात् सर्पयोगमा जन्म लिने व्यक्ति कुटिल,क्रूर,निर्धन,दीनदुःखीर परान्नमा निर्भर हुने गर्दछन् ।योगका रूपमा कालसर्प योगको चर्चा ज्योतिषका आधिकारिक ग्रन्थहरूमा कतैपनि भेटिंदैन । हाम्रा गाउँघरका कहलिएका बुढापुराना ज्योतिषीहरूले यसयोगको कुरा निकाल्दैन थिए । पुस्तक र पत्रपत्रिकाको प्रकाशनको बाढी आएपछि र रेडियो टेलिभीजनमा कार्यक्रम प्रसारण हुन थालेपछि यस योगको सिर्जना भएको भन्दा अत्युक्ति हुँदैन । हुन त राहु र केतुको फलप्रकरणका बारेका पुराना ग्रन्थमा पनि उल्लेख नभएको होइन,जस्तै राहुको आकार मुख र केतुको आकार पुच्छरका रूपमा विभाजित सर्पको जस्तो छ भनी कसैकसैले भनेका छन् भन्ने बराहमिहिरको लेखन विशेष स्मरणीय छ :­मुखपुच्छविभक्ताङ्गं भुजङ्गमाकारमुपदिशन्त्यन्ये॥त्यसैले कालसर्प योग भन्ने नाम नै किटान नगरे पनि प्रकारान्तरबाट बराहमिहिर,परासर,गर्ग आदिले राहु र केतुका विविध स्वरूप र फलप्रकरणका बारेमा चर्चा गरेको पाइन्छ । सारावली,मानसागरी,जातकतत्त्व,भृगुसूत्र लगायतका ज्योतिषीय ग्रन्थहरूमा कालसर्प योगको चर्चा त छैन तर राहु र केतुका विशेषता र फलादेशका बारेमा पर्याप्त चर्चा परिचर्चाहरू भएका छन् । हिजोआज कालसर्प योगको फल बताउने क्रममामुख्यतः राहु ग्रहले पार्ने प्रभावको चर्चा गर्ने गर्दछन् । त्यसैले कालसर्प योग ज्योतिषशास्त्रको आधिकारिक योग होइन,यो राहु ग्रहले जन्मकुण्डलीमा प्राप्त गरेको विशेष बल मात्र हो । अतः कालसर्प योगको डर देखाउने र डर मान्ने दुबै पक्ष ढुक्क भए हुन्छ,यस योगका कारणले मात्र मानवले छुट्टै हण्डरठक्कर खाएर भौंतारिनु पर्दैन । हो,तपाईंकोकुण्डलीमा अरु शुभकारक योगको कमी छ वा अशुभ योग बलवान् छन् भने तपाईंले केही गर्न सक्नुहुन्न,अझ कालसर्प योगको प्रभावसमेत छ भने तपाईंले डराउनु जायज नै हुनेछ ।वैज्ञानिक विचारआकाशमा राहु र केतुको कुनै पनि भौतिक पिण्ड नभएका कारणले ज्योतिषशास्त्रले यी दुबै ग्रहलाई छायाग्रह मान्ने गरेको छ । वैज्ञानिक मतमा खगोलीय वृत्तमा जुन ठाउँमा सूर्य र चन्द्रमाको परिभ्रमणपथको काल्पनिक रेखाको मिलन हुन्छ,त्यस बिन्दुविशेषलाई राहु र केतु नाम दिइएको हो । अङ्ग्रेजी भाषामाNodeनाम भएका यी राहुर केतु बिन्दुहरू जहिल्यै पनि १८० डिग्रीको दूरीमा रहन्छन् । सूर्यादि सातवटा ग्रहको भ्रमणपथ प्रायशः घडीको सूइको विपरीत दिशा(Anti-clockwise)मा हुने गर्दछ,तर यी घडीको सुइ जसरी(Clockwise)घुम्ने गर्दछन् । सूर्यादि ग्रहहरू आआफ्ना भ्रमणपथमा भिन्नभिन्न गतिले भ्रमण गर्ने हुनाले पृथ्वीमा बसेर अवलोकनगर्नेहरूले सूर्यलगायतका सातवटा ग्रहहरू (राहु र केतुबाहेक) लाई एउटैअर्द्धवृत्तमा वा १८०˚भित्र देख्ने परिस्थिति सिर्जना हुनुलाई दुर्लभ नै मानिन्छ । अझ छायाग्रहका रूपमा मानिएका दुई विन्दुहरू राहुर केतुको बीचमा माथि उल्लेखित सातै ग्रहहरू एकत्रित हुनु त झनै दुर्लभ हुन्छ । यही राहु र केतुको बीचमा सबै ग्रहहरू रहेको देखिने दुर्लभ परिस्थिति­विशेषलाई नै वास्तवमा कालसर्प योग भन्ने गरिन्छ ।तपाईंको चिनामा सबै ग्रहलाई तपाईंको जन्मसमय,जन्मस्थान र त्यस समयकोग्रहगोचरको वृत्त संरचना गरी हेर्दा एउटा अर्द्धवृत्तभित्र सबै ग्रह पर्नु र त्यस अर्द्धवृत्तको प्रारम्भ विन्दु र अन्तिम विन्दुमा राहु (छायाग्रह) वा केतु(छायाग्रह) रहेको स्थिति नै कालसर्प योग हो । अर्को शब्दमा जब तपाइको चिनामा भएका सबै ग्रहहरू राहु र केतु को बीचमा हुन्छन् अनि निर्माण हुन्छ - काल सर्प योग । मूलत: राहु-केतु भौतिक ग्रह नभएर आध्यात्मिक ग्रह हुन् । अत: यी दुबै ग्रहका सम्बन्धमा विशेष अध्ययन गर्नु नितान्त आवश्यक छ । वास्तवमा राहु र केतु दुबै ग्रहको हाम्रो कर्मगत फलसँग अति गहिरो सम्बन्ध छ । यी ग्रहजीवनका सूक्ष्मतम बिन्दुसँग असाध्यै नजिक छन् । यी दुबैको सोझो सम्बन्ध हाम्रो चेतनासित छ । त्यसैले राहु र केतु यी दुईवटै ग्रह आफ्नो प्रभाव देखाउन शीघ्रता गर्दछन् ।भलै आफ्नो पद,गरिमा र व्यक्तित्व विकासका लागि कडा मिहिनेत,सङ्घर्षर तपस्या गर्नु परेको होस्,तर सबै कालसर्प योग भएका मानिस असफल र निराश नै हुनु परेको छैन,उनीहरूले जेजसरी भए पनि आफूलाई वरिष्ठ तुल्याएरै छाडेको देखिन्छ । यहाँ कालसर्प योग परेका भनी मानिएका त्यस्ता केही व्यक्तित्वहरूको नामावली र कालसर्प योगको नाम लेखिएको छ,जसले आफ्नो जीवनलाई सार्थक र प्रेरणादायी बनाउने सफलता आर्जन गरेका छन् । कालसर्पयोग परेका ती चर्चित व्यक्तित्वहरू :-•गौतमबुद्ध (आंशिक,पृष्ठोदय,धर्मप्रवर्तक)

ज्ञान विज्ञान और धर्म

🌅 शास्त्र अनुसार छठ पूजा की शुरुआत, महत्त्व और कहाँ-कहाँ मनाई जाती है

  🌞 छठ पूजा का परिचय छठ पूजा हिंदू धर्म का एक अत्यंत पवित्र और वैज्ञानिक पर्व है, जो सूर्य देव और छठी मैया की उपासना के लिए समर्पित है। यह ...

पौराणिक ज्ञान