लटैनाथ मल्लिकार्जुन

Wednesday, 22 March 2017

जीवनमा कर्म र भाग्यमध्ये केको भूमिका बढी

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

मानिसका लागि यो एक शाश्वत प्रश्न छ– कर्म– स्वतन्त्रता र ईश्वरको अनुकम्पाको उसको जीवनमा कस्तो भूमिका हुन्छ ? यो प्रश्नलाई यसरी पनि हेर्न सकिन्छ– मानिसको जीवनमा प्रारब्ध र प्रयासको के भूमिका हुन्छ? गीताले यो सवालमा समन्वयकारी दृष्टि अपनाउँछ। गीताका अनुसार मानिसको व्यक्तित्वको आधार त्रिगुण –सत्व, रज र तम हुन्। गीताले यो पनि मान्दछ कि मानिसको स्वभाव, कर्मसामर्थ्य र क्रियाशीलता यीनै त्रिगुणमा निर्भर गर्दछ। तम आलस्यको, रज सक्रियताको तथा सत्व प्रकाशको द्योतक हो। तर यो भनाइको आशय मानिस त्रिगुणको गुलाम हुन्छ र उसको आफ्नो प्रयासको कुनै महत्व नै हुँदैन भन्ने होइन। वस्तुतः मानिसले आफ्नो प्रयासबाट आफ्नो स्वभावगत संस्कारगत र प्रवृतिप्रदत्त प्रकृतिलाई उदात्तीकरण गर्नुका साथै आफ्नो प्रवृत्तिको उध्र्वीकरणको प्रकृयामा सत्वसम्म पुर्याउँन सक्दछ। यति मात्र नभएर अझ अगाडि बढेर त्रिगुणको बन्धनबाट पूर्णतया मुक्त भएर उ गुणातीत पनि हुन सक्छ। यस कार्यमा सबभन्दा बढी जरुरत सतत् प्रयासको हुन्छ, अभ्यास र वैराग्यको हुन्छ। कर्म स्वतन्त्रताको सिद्धान्तको अनुसार यो मार्गमा कुनै पनि प्रयास खेर जादैन। गीताले प्रारब्ध कर्म र पुर्नजन्मका दुई अवधारणालाई वर्तमान प्रयाससँग जोडेर कर्म स्वतन्त्रता सिद्धान्तलाई परिष्कृत गरेको छ। यस कारणले गर्दा प्रयासको निरन्तरता जारी रहन्छ। मृत्युको कारणले पनि प्रयासको श्रृंखला टुट्दैन। वर्तमान प्रयासले प्रारब्ध कर्मको पनि क्षरण हुन्छ। त्यसैले वर्तमान प्रयास अगाडिको जीवनमा काम त आउँछ नै, यसका साथै संचित कर्मको खराब पक्षलाई घटाउँदै वर्तमानमा उज्जवल बनाउन सहायक हुन्छ। प्रयास प्रारब्धमाथि हावी हुन्छ। प्रारब्ध कर्म र पुर्नजन्मको सिद्धान्तबाट कुनै मानिसको जन्म कहाँ, कुन परिवारमा हुन्छ र उसको सामाजिक स्थिति के हुन्छ ? भन्ने कुरा तय हुन्छ तर यो सीमाभित्र पनि मानिसको कर्म स्वतन्त्रता रहन्छ। मानिस स्वप्रयासले प्रकृतिप्रदत्त गुणको दायराभन्दा माथि उठ्न सक्छ। गीताको मत अनुसार कर्मपूर्तिका पाँच कारण हुन्छन् – त्यसैमा दैव एक कारण हो र बाँकी चार अधिष्ठान, कर्ता, इन्द्रिय र चेष्टा हुन्। यस प्रकार मानिसलाई कर्म स्वतन्त्रताद्वारा आफ्नो निर्णायक बन्न सक्ने सम्भावना रहिरहको हुन्छ। यो विषयमा एक शंका के रहन्छ भने– प्रारब्ध कर्म र पुर्नजन्मको सिद्धान्तलाई भाग्यवाद, नियतिवादले समर्थन गर्दछ। प्रारब्धलाई प्रयासबाट हटाउन सकिन्छ। यदि प्रारब्ध कर्म र संचित कर्म विपरित नै भएता पनि वर्तमान प्रयासबाट संशोधन गर्न सकिन्छ। वर्तमान प्रयास भविष्यमा गएर प्रारब्ध र संचित कर्म बन्दछ। वस्तुत्ः प्रारब्ध कर्म पनि हाम्रो प्रयासको एक संचित रुप हो। त्यसैले कर्म सिद्धान्त भाग्यवाद र नियतिवादको समर्थक हुने प्रश्न नै उठ्दैन। गीताले मानिसको स्वप्रयासमा अटल र अटुट विश्वास गर्दै स्पष्ट उद्घोष गरेको छ –जुन मानिसको जस्तो श्रद्धा हुन्छ, निष्ठा हुन्छ, उ त्यस्तै बन्छ। गीताले छैठौं अध्यायमा मानिसका लागि सांस्कृतिक र आध्यात्मिक आरोहको स्पष्ट आव्हान गरेको छ– हे मनुष्य ⁄ शरीरका माध्यमबाट आफ्नो आत्माको उद्धार गर। यसका लागि मानिसको पुरुषार्थ र प्रयास नै एक मात्र निहितार्थ कारण छ। अर्को महत्वपूर्ण प्रश्न छ– यो मार्गमा ईश्वरानुकम्पाको भूमिका के हुन्छ ? गीताको अन्तिम अध्यायमा कर्मस्वतन्त्रता र ईश्वरनुकम्पाको अद्भूत तालमेल छ। कृष्णले अर्जुनलाई भन्छन् –मैले तिमीलाई गुह्यज्ञान दिएँ, अब तिमी आफूलाई उचित लागको गर ! त्यतिबेला कृष्णले के पनि भन्छन् भने उनले सबै धर्मलाई छाडेर कृष्णको शरण परुन्। यस प्रकार गीताकारको यो विश्वास झल्किन्छ कि मानिसको जीवन दुवै पहलुबाट चल्दछ्न– आफ्नो प्रयास र ईश्वरको अनुकम्पा। यो मार्गमा ईश्वरमा समर्पित गरेर कर्म गर्नु, फलाशक्ति होइन, अकर्ताभावको बोध गर्नु ईश्वरको सतत महसुस गर्नु, ईश्वरको भूमिकालाई स्वीकार गरेको ठर्हछ। तर मानिस ईश्वरको हातको कठपुतली होइन, उसलाई स्वप्रयासको अधिकार छ किनकी मानिस केवल शरीर र दिमागको पुतला नभएर मूल रुपमा परमात्मास्वरुप हो। ईश्वरको अनुकम्पाको अर्को दोस्रो भूमिका पनि छ। उसका सामु जाति, धर्म लिङ्ग आदिको भेद महत्वहिन हुन जान्छ। अतः गीताले यो मान्दछ की, ईश्वरको पनि परिवर्तनकारी भूमिका हुन्छ, जुन आफैंमा एक क्रान्तिकारी परिकल्पना हो। यस प्रकार ईश्वरको अनुकम्पा र मानिसको कर्म स्वतन्त्रता मिलेर व्यक्तिगत, सामाजिक र जागतिक परिवर्तनको सम्भावना बनी रहन्छ। तर ईश्वर अनुकम्पा कुनै मन्त्र, जादु, टुना होइन। प्रयास, पश्चाताप र प्रायश्चितबाट नै ईश्वरनुकम्पा प्राप्त हुन्छ। त्यसैले ईश्वरनुकम्पा पनि मानिसको स्वप्रयासकै एक हिस्सा हो 

Friday, 3 March 2017

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

” पितृ देव भव” आज ज जस्का बुवा छन ऊस्ले मूख हेर्ने दिन हो र  जस्का बूवा छैनन ऊनिहरूले गोखरणमा गयेर सराद तर्पण ,पिण्ड दिने दिन हो । किनकि हिन्दु परमपरा मा पितृ देव लाई खुसि गराउन आज को दिन मह्लत्व पुर्ण मानिन्छ।।
कुशे औंसी सनातन हिन्दू परम्परा अन्तर्गत भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा बुवाको मुख हेर्ने अर्थात् बुवा दिवसको रूपमा मनाई यो दिन बुवालाई विशेष सम्मान गर्नेर आमाबाबु नहुनेले वहाको सम्झना गर्दै आत्माले शान्ति पाओश भनी तीर्थ जाने र विशेष गरी गोकर्ण र विष्णुपादुका, गई पिण्ड दिने गर्दछन भने जान नसक्नेले कुनै नजिकको धर्म स्थलको नदीमा गई वा आफ्नो घर वर परको पोखरीमा गई सम्झना स्वरूप श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तर्छन भन्ने विस्वास राख्दै आफूबाट भएका कमि कमजोरीगल्तीको क्षमाले उनीहरूले पुण्यात्मा पाउने विश्वास गरिन्छ । जुनसुकै पूजा आजा तथा पितृ कार्यमा कुशको विशेष औँठी बनाई लगाउने रत्यो औठी पवित्रताको प्रतिक भनिन्छ,शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर मन्त्रबाट शुद्ध गरी घरमा भित्र्याएको कुश राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास पनिरहेकोले सबै जसो हिन्दूहरूको घरमा कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतिक मान्दछन त्यसैले,जति नै सुनको प्रतिमा महत्व वा शरीरमा सुन लगाएकालाई चोखो मानिएता पनि कुशको प्रयोग बिना जस्तो सुकै पूजा आजा देखि लिएर मरण वा तिथि कार्यमा कुशको धारण वा प्रयोग नगरी कुनै पनि कार्यलाई पवित्र मानिदैन त्यसैले रक्षा र पवित्रताको रुपमा कुश घरमा राख्नु मात्र पनि घर शुद्ध र पवित्र मानिने हुँदा आफूले मानिदै आएका पुरोहितहरू कुशे औँसीमा घरमै पुगी मन्त्र उचारण गर्दै घरमा विष्णुले रक्षा गरुन भन्दै खामा वा दैलोको माथि सिउरिने गर्दछन र घरका ठुलाहरूले सम्मानका साथ गुरु,पुरेहितलाई बसाई सिधा-दक्षिणा,फलफुल दिदै टीका लगाई बिदा गर्दछन ।त्यस्तै बुवा आमा भएका तर आफू परदेशमा हुने छोरा छोरीले आफ्ना बाबाआमाको तस्बिरलाई हेरी वहाको सम्मान गर्दै मिडियाले दिएको सुविधालाईप्रोयोग गरी त्यो दिन विशेष कुरा कानी गर्दै सन्चो बिसन्चो सोधी वहाहरूको आवश्यतालाई पुरा गर्न खर्च समेत पठाउने गर्दछन भने मिठो खानु,राम्रो कपडा लगाउनु भनी सन्देश दिन्छन त्यस्तै घरमासँगै भएका तथा विवाह भएको छोरीहरूले आजको महत्वपूर्ण बाबुको मुख हेर्ने बाबुलाई मिठा मिठान्न र नया कपडा लगाई पिता प्रति श्रद्धा गर्दछन हुन त आफ्ना मातापिताको श्रद्धाको लागि कुनै दिन पर्व कुरिरहनु पर्दैन सबै दिन उत्तिकै महत्वको मानिनु पर्दछ। एक दिन गरेको सम्झनाले सधै दिएको यातनालाई त अवश्य नै बिर्सौदैन तर कुनै विशेष दिन मानिनुले मानिसलाई त्यो दिनको महत्व र सम्झनाको लागि बनाईएको हुनुपर्दछ। कुश भगवान बिष्णुको स्वरूप पनि मानिन्छ जुन हिमबत खण्डमा प्रष्ट उल्लेख गरिएको छ कि कामदेवकी स्त्री रतीले बिष्णुलाईतिमीले घास हुनु परोश,झार हुनु परोस र ढुंगा हुनु परोश भनेर दिएको श्रापले जुन बिष्णुले उसको सतित्व डगाए बापत घास हुनु परोस भनेर दिईकोमा उनी कुश भए र झार हुनु परोश भनेकोमा उनी तुलसी भए त्यस्तै ढुंगा हुनु परोश भनेकोमा उनी शालिग्राम भए । त्यही श्रापलाई पालना गर्न बिष्णु घास बनेर कुशको रुपमा बसेको धार्मिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ। कुश घास काटेर पनि दह्रो भइरहनु तर टुक्रा नहुने यसको बानस्पतिक गुण हो। यसको बानस्पतिक नाम डेस्मोस्ताच्या बिपिन्नता हो ।आज मेरो बाबा मेरो अगाडि शारीरिक रुपमा हुनु हुन्न तर बाबालाई हरपलआफ्नो यो दुई आँखाले झल्झली अगाडि नै पाइरहेकी छु,पलपल समरण गर्दा हर सासमा मेरो दुख कष्टमा साथ दिदै,मेरो अर्धो निद्रामा आएर आशु पुछ्नुहुन्छ,म मेरो बाबलाई हर जन्ममा पाऊ भनी ईश्वरसँग प्रार्थना गर्दछु,र बाबा आमाले आत्मा ज्ञानको म प्रति बाली दिनु भएको उज्यालोप्रकाशले सधै हेर्ने प्रयेत्न गर्दैछु,र मेरो बाबाको सम्झनामा यो शब्द सुमनले आत्मालाई शान्ति मिलोस भन्ने कामना गर्दछु !पूर्वीय सभ्यता र संस्कृतिमा शरिर र आत्मालाई बेग्ला हो भन्नछन । ॐकार परिवार भित्र रहने सम्प्रदायः हिन्दू, बौद्ध, शिख, जैन आदिले आत्मा अबिनाशी, अमुर्त, अम्मर हुन्छ भन्दछन । यो एक समुच्च तत्व सागरको पानी जस्तै जुन सुकै आकारमा पनि अस्तित्वमा रहने र कुनै आकारको वर्तनको टुटफुटमा सागरमा नै मिल्न जान्छ भनेर उपमा दिने गर्दछन । हामीले जस्तो आकारको भाडोमा पानी राख्यो उस्तै आकारमा देखिने र जुन रङ्को भाडामा राख्यो उही रङ हुने भए झै आत्मालाई पनि त्यसरी नै लिने गरिन्छ । भनिन्छ आत्माको मुल श्रोत हो ब्रह्म, उसैबाट हिस्सा लिएर मानिस जन्मन्छ र मृत्युपश्चात उही ब्रह्ममा आत्मा मिलन पुग्दछ जस्तै खोला नाला गएर समुद्रमा मिलछ ! जसरी खोला नालाको नाम रहन्छ त्यसरी नै आत्माधारी शरिरको पनि नाम रहन्छ।तर तत्व पानी उही हो र समुद्रमा मिल्ना साथ नाम रहदैन ठिक त्यसरी नै शरिर छुटेको आत्माको नाम रहदैन। पानीको रूप र चक्र झै आत्माले पनि शरिर धारण गरी अबधीसम्म रही कर्म भोग पछि ब्रह्ममा नै मिलन जान्छ ।मानिस मानिसको नाता शरिरको आकर्षणमा र आत्माको एकात्मकतामा हुन्छ। हामी ब्रह्म तत्वलाई आत्मको रूपमा ग्रहण गरिरहेका छौ अपनाइरहेका छौ। शरिर र म भन्ने तत्व पनि एक होइन। म ब्रह्म अश हो। शरिर म होइन। म आत्मा हो शरिर आत्मा धारी हो। मेरो टाउको, मेरो हात भनिन्छ, टाउको, हात म होइन, म आत्मा स्वरूप हो, ब्रह्मअंश हो, हात रटाउको शरिरको अंश हो। जस्तै घैटो शरिर हो ।र पानी म अर्थात आत्मा हो। घैटो टुट्न फुट्न सक्छ पानी रूप बदलिन सक्छ तर नाश हुदैन। जे आकारमा ठाले पनि माटो माटो नै हो। बिभिन्न आकारमा रहेका हामीले प्रयोग गर्दै आएका फर्निचरको मूलश्रोत काठ हो।आकार र रङमा अस्थायी हुन सक्छन तर काठ स्थायी हो। आकार सगको मानिसको माया लोभ मोह दुःखको कारण हो। सम्बन्धको नाता सबै फर्निचरमा काठ देख्यो भने मानिसमा आत्माको अनुभूती गर्छ। रूप रङ् रआकारमा मोहित भयो भने ऊ दुःखी बन्यो। सबैमा काठ माटो देख्नेले आत्मा बुझ्छ जो आत्मा बुझ्छ ऊ ज्ञानी ठहरिन्छ, आत्मा ज्ञानी। सबै प्राणी जीव जगतलाई ब्रह्म अंश सम्झने र सो अनुसार व्यवहार गर्ने आत्माजन ब्रह्मज्ञानी हुन। सारा दुनिया एक समान हो, सबै नै आफू हो र आफू नै सबै हो भन्ने तत्वज्ञानी, ब्रह्मज्ञानी हुन। बह्म ज्ञानीको लागि दुःख सुख आफ्नो पराय सबै समान हुन्छ। मिल्नु छुट्नु प्रकृति सम्झेर दुःख बिलौना गर्दैनन्। दुःख मनाउ समस्याको समाधान होइन, आत्मा सगको नाता जब मानिसमा अन्तर मनमा स्थापित हुन्छ, मानिसमा अन्तर दृष्टि बढ्छ। त्यही दृष्टिले मानिस आत्मा देख्छ र आत्मा बुझ्छ, महसुस गर्छ त्यो मानिस आत्मा द्रष्टा कहलिन्छ। आत्मा सबैको अंश एकै हुनाले सबै आफूमा समाहित पाउछ मानिस र अन्यत्र पराय कोही देख्दैन।म सधै नै जन्म जन्मिअन्त्ररमा यही सनातन हिन्दु धर्ममा जन्मन सकु भन्ने कामना गर्दछु !

” पितृ देव भव”

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

 आज ज जस्का बुवा छन ऊस्ले मूख हेर्ने दिन हो र  जस्का बूवा छैनन ऊनिहरूले गोखरणमा गयेर सराद तर्पण ,पिण्ड दिने दिन हो । किनकि हिन्दु परमपरा मा पितृ देव लाई खुसि गराउन आज को दिन मह्लत्व पुर्ण मानिन्छ।।

नेपाल र भारतबाहेकका अन्यदेशमा सूर्यग्रहणको आध्यामित्क महत्व छैन, तर यसको विशिष्ट वैज्ञानिक महत्त्व भने संसारको जुनसुकै कुनाका गणितज्ञ र वैज्ञानिकहरूमा देख्न पाइन्छ । संसारभरिका वैज्ञानिकहरूका लागि यो दिन कुनै एउटा ठूलो चाडसरहको दिन हो भन्दा अत्युक्ति हुँदैन । सूर्यग्रहण लागेको दिन सनातन धर्मावलम्बीहरू कठिनतम मन्त्रजाप गर्दछन् र सिद्धिप्राप्त गर्दछन् भने शोधकर्ता, अन्वेषक र वैज्ञानिकहरूले नयाँ शोध गर्ने अवसर प्राप्त गर्दछन् । त्यसैले आध्यात्मिक वा भौतिकवादी जुन दृष्टिबाट पनि धेरैले सूर्यग्रहण लाग्नेप्रतीक्षामा लामो समय बिताउने गर्दछन् । ब्रह्माण्ड, सूर्य र सौर परिवारलाई जान्न, बुझ्न र अध्ययन गर्न यस दिन गरिने विशिष्ट प्रयोगकोआफ्नै वर्चस्व र महत्त्व छ । आधुनिक विज्ञानले सूर्यग्रहणका दिन सूर्यबाट निसृत हुने किरणको अध्ययन गरी नयाँनयाँ शोधका लागि प्रेरित गर्दछ भने अध्यात्म विज्ञानले यज्ञ, जाप र अनुष्ठानका माध्यमबाट गूढ रहस्य र सिद्धिका लागि मार्गनिर्देश गरेको पाइन्छ । सूर्यग्रहण केकसरी सम्भव हुन्छ त? आउनुहोस् यस सम्बन्धमा चर्चा गरौं :—सामान्य अर्थमा कुनै खगोलीय पिण्डलाई पूर्ण वा आंशिक रुपले कुनै अर्को पिण्डले ढाक्नु नै ग्रहण हो । पृथ्वीबाट हेर्दा जब कुनै खगोलीयपिण्ड कुनै अर्को पिण्डद्वारा बाधित भई नदेखिने अवस्था आउँछ, त्यसलाईसूर्यग्रहण वा चन्द्र ग्रहण भन्ने गरिन्छ । सूर्य आकाशको एउटा उज्ज्वल नक्षत्र र प्रकाश पिण्ड हो, जसको चारैतिर सौर्य परिवारका ग्रहहरू आफ्ना उपग्रहका साथमा परिक्रमा गर्ने गर्दछन् । हामी बस्ने पृथ्वी सौरपरिवारको एउटा सदस्य ग्रह हो । यसमा हामीले बसोबास गर्ने भएकाले यहाँबाट हेर्दा पृथ्वीको रेखामा अरू कुनै दुईवटा खगोलीय पिण्डहरू सँगसँगै आइपुगेको अवस्था सिर्जना भएको छ भने ग्रहण लाग्छ । पृथ्वी बीचमा रहेर यसको माथि र तल समान रेखामा सूर्य र चन्द्रमा आएकोवेला चन्द्र ग्रहण लाग्दछ भने पृथ्वी र सूर्यको माझमा चन्द्रमा आइपुगेपछि सूर्यग्रहण लाग्दछ । अतः सूर्यग्रहणको संरचना आंशिक वा पूर्णरूपले चन्द्रमाद्वारा ढाकिएको अवस्थामा मात्र हुन्छ, त्यसैले त्यस वेला पृथ्वीमा बसोबास गर्ने आममानिसले चन्द्रमाद्वारा ढाकिएको सूर्यको भाग वा अंश देख्न सक्दैनन् ।पूर्वीय ज्योतिषमा उल्लेख भएअनुसार सूर्यग्रहणको सिर्जना हुन निम्न तथ्य हुनु आवश्यक ठानिन्छ :-·सूर्यग्रहण लाग्ने दिन अमावस्या (औंसी) तिथि हुनु आवश्यक छ ।·ग्रहणको समयमा चन्द्रमा र सूर्यको रेखांश क्रमशः राहु र केतुको नजिकमा हुनु पर्दछ ।·त्यस्तै चन्द्रमाको अक्षांश शून्य नजिक हुनु पनि आवश्यक हुन्छ ।·यद्यपि ग्रहणको गणितीय स्थिति रात्रीको समयमा पनि हुनसक्छ, तर सूर्यग्रहणको प्रत्यक्ष अनुभूति दिउँसो (सूर्योदयदेखि सूर्यास्तसम्म)को समयमा मात्र हुन सक्दछ ।यहाँ रेखांश भन्नाले पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म काल्पनिक ढंगले कोरिएको रेखा भन्ने हो, जसलाई देशान्तर पनि भनिन्छ । त्यस्तै भूमध्यरेखाको तल र माथि समानान्तर ढङ्गले कोरिएका काल्पनिक रेखालाई अक्षांश भन्ने गरिन्छ । सूर्यग्रहण सदैव अमावस्या (औंसी) का दिन लाग्ने गर्दछ । सूर्यग्रहणका समयमा चन्द्रमा सूर्यको काल्पनिक वृत्तको मार्गमा वा मार्गको निकटतम भई गतिशील हुन्छ एवं सूर्य र चन्द्रमाको कोणीय व्यास समान हुन्छन् । यस्तो परिस्थितिमा सूर्यबाट पृथ्वीमा आउने प्रकाश छोपिन्छ । यसरी सूर्यको प्रकाश छोपिएको अवस्था नै सूर्यग्रहण हो । चन्द्रमाको शीघ्र गति हुने भएकाले सूर्यबिम्बमाथिपर्ने चन्द्रमाको छाया केही समयसम्म मात्र देख्न सकिन्छ । चन्द्रमाकोछायाको गति न्यूनतम १८०० किलोमीटरसम्म र अधिकतम ८००० किलोमिटरसम्म हुने गर्दछ । त्यसैलै कुनै पनि स्थानमा पूर्ण रूपमा सूर्यग्रहण अधिकतम साढे सात मिनेटसम्म मात्र सम्भव हुन्छ ।सूर्यग्रहण तीन किसिमका हुन्छन् :-१. पूर्ण सूर्यग्रहण (खग्रास सूर्यग्रहण, Annular Solar Eclipse)चन्द्रमाले पृथ्वीको भूभागमा सूर्यको कुनै पनि भाग नदेखिने गरी छोपी सिर्जना भएको ग्रहणलाई पूर्ण सूर्यग्रहण ( Annular Solar Eclipse ) भनिन्छ । यस्तो ग्रहणलाई नै खग्रास ग्रहण भन्ने गरिन्छ । यसरी ग्रहण लाग्दा सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न सक्दैन, संसार अन्धकारमय हुन्छ, पृथ्वीको जुन क्षेत्रमा त्यसरी प्रकाश छेकिएको हुन्छ, त्यहाँ रात परेझैं भान हुन्छर आकाशमा ताराहरू देखिन थाल्छन् ।२. आंशिक सूर्यग्रहण (खण्डग्रास सूर्यग्रहण, Partial Solar Eclipse)पृथ्वी र सूर्यको मध्यभागमा चन्द्रमाको केही भाग मात्र परेर सूर्यको केही भाग देखिने र केही भाग नदेखिने ग्रहणलाई आंशिक सूर्यग्रहण (Partial Solar Eclipse) वा खण्डग्रास सूर्यग्रहण भन्ने गरिन्छ । यस्तो ग्रहण लागेको अवस्थामा सूर्यको केही भाग ग्रहणको प्रभावमा रहने र केही भाग ग्रहणको प्रभावमा नरहने अवस्था हुन्छ । यसरी ग्रहण लागेको अवस्थामा पृथ्वीबाट सूर्यलाई हेर्दा खुँडे आकारमा सूर्य देख्न सकिन्छ ।३. वलय सूर्यग्रहण (कङ्कणाकृति सूर्यग्रहण, Elliptical Solar Eclipse)वलय सूर्यग्रहणलाई दुर्लभ किसिमको सूर्यग्रहण मान्ने गरिन्छ । यस किसिमको सूर्यग्रहणमा चन्द्रमाले सूर्यलाई वरिपरिको घेरो बाँकी राखी सूर्यबिम्बको बीचमा मात्र ढाक्दछ । अर्थात् यस ग्रहणमा सूर्यबिम्बको मध्य भागमात्रचन्द्रमाको छायाक्षेत्रमा आउँछ । सूर्यको बाहिरी वृत्तमात्र पृथ्वीवासीले देख्ने भएकाले यो चुरा वा बालाजस्तो देखिन्छ । बालाको आकारमा देखिने भएकाले नै यस किसिमको सूर्यग्रहणलाई बलय सूर्यग्रहण भनिएको हो ।धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार सूर्य ग्रहणमत्स्य पुराणमा सूर्य ग्रहण र चन्द्र ग्रहणको कथाको सम्बन्ध राहु र केतु नामका दुईवटा ग्रह एवं तिनले अमृत पान गरेको कथासँग गाँसिएको देखिन्छ । कथाबमोजिम राहु र केतुको स्वरूप स्वर्भानु नाम गरेको एउटा राक्षसको टाउको र गिंडबाट सिर्जना भएको हो । समुद्रमन्थनपछि अमृत वितरणका समयमा दैत्यगुरु शुक्राचार्यले गुप्तचरका रूपमा स्वर्भानुलाईदेवसभामा पठाएका थिए । त्यहाँ देवता र दैत्यहरूलाई पङ्क्तिबद्ध राखेरमोहिनी रूपमा भगवान् विष्णु अमृत वितरण गर्दै थिए । भगवान् शिवको परमभक्त भएकाले शिवकृपाका कारण स्वर्भानुले विष्णुको मोहिनी रूपलाई चिनेको थियो । त्यसैले ऊ देवताको रूप धारण गरी सूर्य र चन्द्रमाको बीचमा गएर देवताको पङ्क्तिमा बसेर अमृत थाप्न र खान सफल भयो ।राहु र केतुअमृतपान गरेकाले स्वर्भानुले अमरत्व प्राप्त गर्यो । तर उसले अमृतपानगरिसकेपछि सूर्य र चन्द्रमाले ऊ देवता होइन भन्ने चाल पाए र उक्त कुराको जानकारी विष्णुलाई दिए । त्यसपछि भगवान् विष्णुले तुरुन्त सुदर्शन चक्र प्रहार गरी उसको शिर र शरीर (गिंड) लाई छुट्याइदिनु भयो। आफूले अमृतपान गर्न लागेको अवस्थामा विष्णुलाई पोल लगाएको हुनाले राहु र केतुले पटकपटक सूर्य र चन्द्रमालाई डँस्ने गर्दछन्, जुन ग्रहणका रूपमा देखा पर्ने गर्दछ । त्यसैले जुनजुन दिन सूर्य वा चन्द्र ग्रहण लाग्दछ, त्यस दिन राहु र केतुको अक्षमा सूर्य र चन्द्रमाको प्रवेश हुन्छ ।ग्रहण लागेको वेला के गर्ने र के नगर्नेविज्ञानले ग्रहणलाई भौतिक दृष्टिकोणले जति महत्त्व प्रदान गर्दछ, सनातन हिन्दू धर्मले यसलाई त्यत्तिकै आध्यात्मिक महत्त्व प्रदान गर्दछ । हाम्रा ऋषि-मुनिहरूले सूर्य ग्रहणको अवधिभरि र सूर्यग्रहण लाग्नुअघिको चार प्रहर (१२ घण्टा) को अवधिमा भोजनादि गर्नु हुँदैन भनेका छन् । ग्रहण अवधिमा सूर्यबाट निःसृत हुने किरण असामान्य हुन्छ,जसका कारण पृथ्वीका जीवजन्तु र किराफट्याङ्ग्राहरू अत्तालिन्छन् र यत्रतत्र विचरण गर्ने गर्छन् । त्यसैले सूक्ष्म कीटाणुको संसर्गले अन्नजल आदि दूषित हुन्छ । त्यसरी दूषित भएको अन्नजल स्वास्थ्यका दृष्टिकोणले ग्रहण गर्नु हीतकारी हुँदैन भन्ने तर्क हाम्रा आचार्य र ऋषिमुनिको हो । वैज्ञानिक र डाक्टरहरूले पनि हाल यस तथ्यलाई स्वीकारेको पाइन्छ । धार्मिक मान्यताअनुसार ग्रहणको समयमा खाद्य वस्तु, जल आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर तिनलाई दूषित तुल्याउँछन् । त्यसैले ऋषिमुनिले अन्नजलको पात्रमा कुश (एक किसिमको पवित्र घाँस) हालेर सुरक्षित राख्न निर्देशन दिएका छन् । यसरी कुशको प्रयोग गर्दा ती कीटाणु त्यसै कुशमा एकत्रित भएर बस्छन् र ग्रहणको समाप्तिमा त्यस कुशलाई कुनै नदीमा प्रवाहित गरेमा वा खाल्डो खनी विसर्जन गर्दा ती कीटाणु पनि मिल्काइन्छ र अन्न जलको सुरक्षा गर्न सकिन्छ । ग्रहणको समाप्तिमा भाँडाकुँडालाई आगोले तताएर पवित्र पारिन्छ र शरीरलाई स्नानद्वारा शुद्ध बनाइन्छ ।पौराणिक मान्यताबमोजिम चन्द्र ग्रहणको समयमा कफको प्राधान्य हुन्छ एवं मनको शक्ति क्षीण हुने गर्दछ, जबकि सूर्य ग्रहणको समयमा जठराग्नि, आँखा (नेत्र) तथा पित्तको शक्ति कमजोर हुन्छ । सूर्यग्रहणको अवधिमा मनुष्यको स्नायु प्रणाली र मस्तिष्क प्रभावित हुने गर्छ । गर्भवती स्त्रीले त कुनै पनि ग्रहणको दर्शन गर्नुहुँदैन,अझ सूर्यग्रहणको अवस्थामा बन्दकोठामा झ्यालढोका समेत थुनेर बस्नु पर्दछ । सूर्य ग्रहणको दुष्प्रभावले शिशु अपाङ्ग हुनसक्छ, अपाङ्ग नै नभए पनि उसको मानसिक र दिमागी सन्तुलनमा कुनै न कुनै असर पर्ने गर्छ भन्ने मान्यता रहेकाले तिनीहरूले यथाशक्य ग्रहणको दुष्प्रभावबाट जोगाउन हाम्रा धार्मिक ग्रन्थमा निर्देशन दिइएको हो ।ग्रहण लागेको वेलामा धर्मशास्त्रले गर्न नहुने भनी निषेध गरेका कुराहरू :-१) ग्रहणको अवधिमा सुत्नु, तेल लगाउनु, भोजन गर्नु, पानी पिउनु, दिसापिसाब गर्नु, कपाल कोर्नु, मैथुन गर्नु र दाँत माँझ्नु हुँदैन । यस वेलामा कसैसँग झगडा गर्नु, कसैलाई खिसीट्युरी गर्नु वा जिस्क्याउनु पनि हुँदैन, सकेसम्म मौन रहनु पर्दछ, एकान्तमा बस्नु पर्दछ ।२) ग्रहणको अवधिभरि तालाचाबी, कैंची, चक्कु वा कुनै हातहतियारको प्रयोग गर्नु हुँदैन । खासगरी गर्भवती स्त्रीले हातहतियार वा सियोधागोको प्रयोग गरेमा पछि जन्मने बच्चा खुँडे वा कुनै अङ्ग विकलाङ्ग भई जन्मने डर हुन्छ ।३) ग्रहणको समयमा भगवान् शिवको मन्दिरबाहेक अन्य समस्त देवीदेवताको मन्दिर बन्द हुने गर्दछ । त्यसैले ग्रहणअवधिमा भोलेशङ्कर भगवान् शिवको मन्दिरमा बाहेक अन्यत्र गई दर्शन, पूजा वा आराधना र मूर्तिपूजागर्नु हुँदैन । तर यस अवधिमा भगवान् शिवजीका लागि गरिएको अनुष्ठान र साधनाले अक्षय पुण्य प्राप्त गर्दछ ।ग्रहण लाग्दा गर्नै पर्ने अत्यावश्यक कुराहरू :-१) ग्रहण लाग्नुभन्दा पहिले नै कुनै पवित्र नदी वा तलाउमा गई स्पर्श,मध्य र मोक्षकालमा कम्तीमा तीन पटक स्नान गर्दै इष्टदेवताको पूजाआराधना तथा कुनै सिद्ध वा इष्ट मन्त्रको जाप र साधना गर्नु पर्दछ।२) ग्रहणकालमा र ग्रहणको समाप्तिमा स्नानोपरान्त गरीब गुरुबा, जोगीसन्यासी र ब्राह्मणलाई अन्न, वस्त्र, भूमि, स्वर्ण, गौ, शय्या, छाता, जुत्ता आदि दान गर्ने विधान छ। ग्रहणकालमा दान गर्ने अनुकूलता नभएमा ग्रहणसमाप्त भए पनि दिनभरिमा ब्राह्मण, गरीवगुरुबा, मठमन्दिर, प्रतिष्ठान, अनाथालय, बृद्धाश्रममा गई दान गर्नु वाञ्छनीय छ । त्यसरीदान गर्दा ग्रहण लागेको महिनाको कुल आम्दानीको दशांश (१०%) दान गर्नुपर्दछ । त्यत्ति पनि दान गर्ने अनुकूलता नभएमा कम्तीमा ग्रहण लागेको दिनको समस्त आम्दानी त्याग्नु श्रेयस्कर हुन्छ ।३) ग्रहणअवधिमा गर्भवती स्त्रीले झ्यालढोकासमेत थुनी अँध्यारो कोठामाबसी भगवान् सूर्यको मन्त्र र स्तुतिको जाप गर्नु पर्दछ ।४) घरमा भएका अन्नपात र अन्य खाद्यसामाग्रीलाई ग्रहणको प्रभावबाट जोगाउन त्यसमा कुश, दुबो वा तुलसीपत्र राखिदिनु पर्दछ । त्यस्तै ग्रहण समाप्त भएपछि आफ्नो घर, कोठा, चोटा, अन्नपात र परिसरमा गङ्गाजल छर्कनुपर्छ । त्यसपछि अन्नजलको सङ्ग्रह गरी खानेकुरा बनाई भगवान् र इष्टदेवतालाई चढाई आफूस्वयंले ग्रहण गर्नुपर्दछ ।कसले कसले ग्रहण स्नान र दान गर्नु अनिवार्य छ :-सामान्यतया ग्रहण लागेको अवसरमा स्नानदान र शुद्धाशुद्धिका लागि जोसुकैका लागि पनि पुण्यदायक हुन्छ । तर पनि ज्योतिषीय दृष्टिले सूर्य र चन्द्रमाको अनिष्टता भएका जातकहरूले ग्रहणमा तीर्थस्नान र दानादि अवश्य गर्नुपर्दछ । तलको अवस्था भएका व्यक्तिले ग्रहण लागेको अवस्थामा विशेष अनुष्ठान गर्नु अनिवार्य मानिन्छ ।१) बाल्यावस्थामा नै माता, पिता वा दुबैको निधन भएका जातकका लागि ग्रहण स्नानले जीवनचर्यामा सुखसम्मृद्धि प्रदान गर्दछ ।२) जन्मकुण्डलीमा सूर्य र चन्द्रमाका साथमा राहु वा केतु एउटै कोठा (राशि) मा बसेको भए त्यस्ता जातकले अनिवार्य रूपमा ग्रहणको समयमा स्नानदानादि गर्नु पर्दछ, यसो गरेमा त्यस्तो योगबाट सिर्जना हुने दुष्प्रभावबाट मुक्त हुन सकिन्छ ।३) कार्तिक महिना वा बृश्चिक राशिमा जन्म भएका वा जन्मकालमा अष्टम गृहमा सूर्य वा चन्द्रमा भएका जातकले पनि ग्रहणमा स्नानदानादि गरी पुण्यार्जन गर्नु आवश्यक मानिन्छ ।सारांश सूर्य ग्रहण ज्योतिषशास्त्र, खगोल विज्ञान र धर्म तथा संस्कृतिका लागि महत्त्वपूर्ण अवसर हो । यस अवसरमा प्रशस्त दानादि गर्न शास्त्रले औंल्याएको पाइन्छ । त्यसैले ग्रहणको समयमा मनैबाट सत्पात्रलाई दान दिनु पर्दछ । यसो गर्नाले दान दिने वा दान लिने दुवैको कल्याण हुन्छ । हामीकहाँ ग्रहणको दान लिनु हुँदैन भन्ने अफवाहछ, तर शास्त्रले कुनै ब्राह्मणलाई ग्रहण दान लिनु हुँदैन भनी निषेध गरिएको छैन, ग्रहणकालमा (जतिबेला ग्रहण लागिरहेको अवस्था हुन्छ, त्यतिबेला ) दिए/लिएको दानको कुनै फल पाइँदैन, तर ग्रहणको समाप्तिपछि स्नानादिबाट शुद्ध भई दानादि गर्नु पर्दछ र यसरी गरिएको दान जसले पनि ग्रहण गर्नुहुन्छ । दान गर्नेले अक्षय पुण्य प्राप्त गर्दछ भने दान लिनेले पनि पुण्य नै प्राप्त गर्दछ ।
ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

सूर्यग्रहण किन र कसरी ?नेपाल र भारतबाहेकका अन्यदेशमा सूर्यग्रहणको आध्यामित्क महत्व छैन, तर यसको विशिष्ट वैज्ञानिक महत्त्व भने संसारको जुनसुकै कुनाका गणितज्ञ र वैज्ञानिकहरूमा देख्न पाइन्छ । संसारभरिका वैज्ञानिकहरूका लागि यो दिन कुनै एउटा ठूलो चाडसरहको दिन हो भन्दा अत्युक्ति हुँदैन । सूर्यग्रहण लागेको दिन सनातन धर्मावलम्बीहरू कठिनतम मन्त्रजाप गर्दछन् र सिद्धिप्राप्त गर्दछन् भने शोधकर्ता, अन्वेषक र वैज्ञानिकहरूले नयाँ शोध गर्ने अवसर प्राप्त गर्दछन् । त्यसैले आध्यात्मिक वा भौतिकवादी जुन दृष्टिबाट पनि धेरैले सूर्यग्रहण लाग्नेप्रतीक्षामा लामो समय बिताउने गर्दछन् । ब्रह्माण्ड, सूर्य र सौर परिवारलाई जान्न, बुझ्न र अध्ययन गर्न यस दिन गरिने विशिष्ट प्रयोगकोआफ्नै वर्चस्व र महत्त्व छ । आधुनिक विज्ञानले सूर्यग्रहणका दिन सूर्यबाट निसृत हुने किरणको अध्ययन गरी नयाँनयाँ शोधका लागि प्रेरित गर्दछ भने अध्यात्म विज्ञानले यज्ञ, जाप र अनुष्ठानका माध्यमबाट गूढ रहस्य र सिद्धिका लागि मार्गनिर्देश गरेको पाइन्छ । सूर्यग्रहण केकसरी सम्भव हुन्छ त? आउनुहोस् यस सम्बन्धमा चर्चा गरौं :—सामान्य अर्थमा कुनै खगोलीय पिण्डलाई पूर्ण वा आंशिक रुपले कुनै अर्को पिण्डले ढाक्नु नै ग्रहण हो । पृथ्वीबाट हेर्दा जब कुनै खगोलीयपिण्ड कुनै अर्को पिण्डद्वारा बाधित भई नदेखिने अवस्था आउँछ, त्यसलाईसूर्यग्रहण वा चन्द्र ग्रहण भन्ने गरिन्छ । सूर्य आकाशको एउटा उज्ज्वल नक्षत्र र प्रकाश पिण्ड हो, जसको चारैतिर सौर्य परिवारका ग्रहहरू आफ्ना उपग्रहका साथमा परिक्रमा गर्ने गर्दछन् । हामी बस्ने पृथ्वी सौरपरिवारको एउटा सदस्य ग्रह हो । यसमा हामीले बसोबास गर्ने भएकाले यहाँबाट हेर्दा पृथ्वीको रेखामा अरू कुनै दुईवटा खगोलीय पिण्डहरू सँगसँगै आइपुगेको अवस्था सिर्जना भएको छ भने ग्रहण लाग्छ । पृथ्वी बीचमा रहेर यसको माथि र तल समान रेखामा सूर्य र चन्द्रमा आएकोवेला चन्द्र ग्रहण लाग्दछ भने पृथ्वी र सूर्यको माझमा चन्द्रमा आइपुगेपछि सूर्यग्रहण लाग्दछ । अतः सूर्यग्रहणको संरचना आंशिक वा पूर्णरूपले चन्द्रमाद्वारा ढाकिएको अवस्थामा मात्र हुन्छ, त्यसैले त्यस वेला पृथ्वीमा बसोबास गर्ने आममानिसले चन्द्रमाद्वारा ढाकिएको सूर्यको भाग वा अंश देख्न सक्दैनन् ।पूर्वीय ज्योतिषमा उल्लेख भएअनुसार सूर्यग्रहणको सिर्जना हुन निम्न तथ्य हुनु आवश्यक ठानिन्छ :-·सूर्यग्रहण लाग्ने दिन अमावस्या (औंसी) तिथि हुनु आवश्यक छ ।·ग्रहणको समयमा चन्द्रमा र सूर्यको रेखांश क्रमशः राहु र केतुको नजिकमा हुनु पर्दछ ।·त्यस्तै चन्द्रमाको अक्षांश शून्य नजिक हुनु पनि आवश्यक हुन्छ ।·यद्यपि ग्रहणको गणितीय स्थिति रात्रीको समयमा पनि हुनसक्छ, तर सूर्यग्रहणको प्रत्यक्ष अनुभूति दिउँसो (सूर्योदयदेखि सूर्यास्तसम्म)को समयमा मात्र हुन सक्दछ ।यहाँ रेखांश भन्नाले पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म काल्पनिक ढंगले कोरिएको रेखा भन्ने हो, जसलाई देशान्तर पनि भनिन्छ । त्यस्तै भूमध्यरेखाको तल र माथि समानान्तर ढङ्गले कोरिएका काल्पनिक रेखालाई अक्षांश भन्ने गरिन्छ । सूर्यग्रहण सदैव अमावस्या (औंसी) का दिन लाग्ने गर्दछ । सूर्यग्रहणका समयमा चन्द्रमा सूर्यको काल्पनिक वृत्तको मार्गमा वा मार्गको निकटतम भई गतिशील हुन्छ एवं सूर्य र चन्द्रमाको कोणीय व्यास समान हुन्छन् । यस्तो परिस्थितिमा सूर्यबाट पृथ्वीमा आउने प्रकाश छोपिन्छ । यसरी सूर्यको प्रकाश छोपिएको अवस्था नै सूर्यग्रहण हो । चन्द्रमाको शीघ्र गति हुने भएकाले सूर्यबिम्बमाथिपर्ने चन्द्रमाको छाया केही समयसम्म मात्र देख्न सकिन्छ । चन्द्रमाकोछायाको गति न्यूनतम १८०० किलोमीटरसम्म र अधिकतम ८००० किलोमिटरसम्म हुने गर्दछ । त्यसैलै कुनै पनि स्थानमा पूर्ण रूपमा सूर्यग्रहण अधिकतम साढे सात मिनेटसम्म मात्र सम्भव हुन्छ ।सूर्यग्रहण तीन किसिमका हुन्छन् :-१. पूर्ण सूर्यग्रहण (खग्रास सूर्यग्रहण, Annular Solar Eclipse)चन्द्रमाले पृथ्वीको भूभागमा सूर्यको कुनै पनि भाग नदेखिने गरी छोपी सिर्जना भएको ग्रहणलाई पूर्ण सूर्यग्रहण ( Annular Solar Eclipse ) भनिन्छ । यस्तो ग्रहणलाई नै खग्रास ग्रहण भन्ने गरिन्छ । यसरी ग्रहण लाग्दा सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न सक्दैन, संसार अन्धकारमय हुन्छ, पृथ्वीको जुन क्षेत्रमा त्यसरी प्रकाश छेकिएको हुन्छ, त्यहाँ रात परेझैं भान हुन्छर आकाशमा ताराहरू देखिन थाल्छन् ।२. आंशिक सूर्यग्रहण (खण्डग्रास सूर्यग्रहण, Partial Solar Eclipse)पृथ्वी र सूर्यको मध्यभागमा चन्द्रमाको केही भाग मात्र परेर सूर्यको केही भाग देखिने र केही भाग नदेखिने ग्रहणलाई आंशिक सूर्यग्रहण (Partial Solar Eclipse) वा खण्डग्रास सूर्यग्रहण भन्ने गरिन्छ । यस्तो ग्रहण लागेको अवस्थामा सूर्यको केही भाग ग्रहणको प्रभावमा रहने र केही भाग ग्रहणको प्रभावमा नरहने अवस्था हुन्छ । यसरी ग्रहण लागेको अवस्थामा पृथ्वीबाट सूर्यलाई हेर्दा खुँडे आकारमा सूर्य देख्न सकिन्छ ।३. वलय सूर्यग्रहण (कङ्कणाकृति सूर्यग्रहण, Elliptical Solar Eclipse)वलय सूर्यग्रहणलाई दुर्लभ किसिमको सूर्यग्रहण मान्ने गरिन्छ । यस किसिमको सूर्यग्रहणमा चन्द्रमाले सूर्यलाई वरिपरिको घेरो बाँकी राखी सूर्यबिम्बको बीचमा मात्र ढाक्दछ । अर्थात् यस ग्रहणमा सूर्यबिम्बको मध्य भागमात्रचन्द्रमाको छायाक्षेत्रमा आउँछ । सूर्यको बाहिरी वृत्तमात्र पृथ्वीवासीले देख्ने भएकाले यो चुरा वा बालाजस्तो देखिन्छ । बालाको आकारमा देखिने भएकाले नै यस किसिमको सूर्यग्रहणलाई बलय सूर्यग्रहण भनिएको हो ।धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार सूर्य ग्रहणमत्स्य पुराणमा सूर्य ग्रहण र चन्द्र ग्रहणको कथाको सम्बन्ध राहु र केतु नामका दुईवटा ग्रह एवं तिनले अमृत पान गरेको कथासँग गाँसिएको देखिन्छ । कथाबमोजिम राहु र केतुको स्वरूप स्वर्भानु नाम गरेको एउटा राक्षसको टाउको र गिंडबाट सिर्जना भएको हो । समुद्रमन्थनपछि अमृत वितरणका समयमा दैत्यगुरु शुक्राचार्यले गुप्तचरका रूपमा स्वर्भानुलाईदेवसभामा पठाएका थिए । त्यहाँ देवता र दैत्यहरूलाई पङ्क्तिबद्ध राखेरमोहिनी रूपमा भगवान् विष्णु अमृत वितरण गर्दै थिए । भगवान् शिवको परमभक्त भएकाले शिवकृपाका कारण स्वर्भानुले विष्णुको मोहिनी रूपलाई चिनेको थियो । त्यसैले ऊ देवताको रूप धारण गरी सूर्य र चन्द्रमाको बीचमा गएर देवताको पङ्क्तिमा बसेर अमृत थाप्न र खान सफल भयो ।राहु र केतुअमृतपान गरेकाले स्वर्भानुले अमरत्व प्राप्त गर्यो । तर उसले अमृतपानगरिसकेपछि सूर्य र चन्द्रमाले ऊ देवता होइन भन्ने चाल पाए र उक्त कुराको जानकारी विष्णुलाई दिए । त्यसपछि भगवान् विष्णुले तुरुन्त सुदर्शन चक्र प्रहार गरी उसको शिर र शरीर (गिंड) लाई छुट्याइदिनु भयो। आफूले अमृतपान गर्न लागेको अवस्थामा विष्णुलाई पोल लगाएको हुनाले राहु र केतुले पटकपटक सूर्य र चन्द्रमालाई डँस्ने गर्दछन्, जुन ग्रहणका रूपमा देखा पर्ने गर्दछ । त्यसैले जुनजुन दिन सूर्य वा चन्द्र ग्रहण लाग्दछ, त्यस दिन राहु र केतुको अक्षमा सूर्य र चन्द्रमाको प्रवेश हुन्छ ।ग्रहण लागेको वेला के गर्ने र के नगर्नेविज्ञानले ग्रहणलाई भौतिक दृष्टिकोणले जति महत्त्व प्रदान गर्दछ, सनातन हिन्दू धर्मले यसलाई त्यत्तिकै आध्यात्मिक महत्त्व प्रदान गर्दछ । हाम्रा ऋषि-मुनिहरूले सूर्य ग्रहणको अवधिभरि र सूर्यग्रहण लाग्नुअघिको चार प्रहर (१२ घण्टा) को अवधिमा भोजनादि गर्नु हुँदैन भनेका छन् । ग्रहण अवधिमा सूर्यबाट निःसृत हुने किरण असामान्य हुन्छ,जसका कारण पृथ्वीका जीवजन्तु र किराफट्याङ्ग्राहरू अत्तालिन्छन् र यत्रतत्र विचरण गर्ने गर्छन् । त्यसैले सूक्ष्म कीटाणुको संसर्गले अन्नजल आदि दूषित हुन्छ । त्यसरी दूषित भएको अन्नजल स्वास्थ्यका दृष्टिकोणले ग्रहण गर्नु हीतकारी हुँदैन भन्ने तर्क हाम्रा आचार्य र ऋषिमुनिको हो । वैज्ञानिक र डाक्टरहरूले पनि हाल यस तथ्यलाई स्वीकारेको पाइन्छ । धार्मिक मान्यताअनुसार ग्रहणको समयमा खाद्य वस्तु, जल आदिमा सूक्ष्म जीवाणु एकत्रित भएर तिनलाई दूषित तुल्याउँछन् । त्यसैले ऋषिमुनिले अन्नजलको पात्रमा कुश (एक किसिमको पवित्र घाँस) हालेर सुरक्षित राख्न निर्देशन दिएका छन् । यसरी कुशको प्रयोग गर्दा ती कीटाणु त्यसै कुशमा एकत्रित भएर बस्छन् र ग्रहणको समाप्तिमा त्यस कुशलाई कुनै नदीमा प्रवाहित गरेमा वा खाल्डो खनी विसर्जन गर्दा ती कीटाणु पनि मिल्काइन्छ र अन्न जलको सुरक्षा गर्न सकिन्छ । ग्रहणको समाप्तिमा भाँडाकुँडालाई आगोले तताएर पवित्र पारिन्छ र शरीरलाई स्नानद्वारा शुद्ध बनाइन्छ ।पौराणिक मान्यताबमोजिम चन्द्र ग्रहणको समयमा कफको प्राधान्य हुन्छ एवं मनको शक्ति क्षीण हुने गर्दछ, जबकि सूर्य ग्रहणको समयमा जठराग्नि, आँखा (नेत्र) तथा पित्तको शक्ति कमजोर हुन्छ । सूर्यग्रहणको अवधिमा मनुष्यको स्नायु प्रणाली र मस्तिष्क प्रभावित हुने गर्छ । गर्भवती स्त्रीले त कुनै पनि ग्रहणको दर्शन गर्नुहुँदैन,अझ सूर्यग्रहणको अवस्थामा बन्दकोठामा झ्यालढोका समेत थुनेर बस्नु पर्दछ । सूर्य ग्रहणको दुष्प्रभावले शिशु अपाङ्ग हुनसक्छ, अपाङ्ग नै नभए पनि उसको मानसिक र दिमागी सन्तुलनमा कुनै न कुनै असर पर्ने गर्छ भन्ने मान्यता रहेकाले तिनीहरूले यथाशक्य ग्रहणको दुष्प्रभावबाट जोगाउन हाम्रा धार्मिक ग्रन्थमा निर्देशन दिइएको हो ।ग्रहण लागेको वेलामा धर्मशास्त्रले गर्न नहुने भनी निषेध गरेका कुराहरू :-१) ग्रहणको अवधिमा सुत्नु, तेल लगाउनु, भोजन गर्नु, पानी पिउनु, दिसापिसाब गर्नु, कपाल कोर्नु, मैथुन गर्नु र दाँत माँझ्नु हुँदैन । यस वेलामा कसैसँग झगडा गर्नु, कसैलाई खिसीट्युरी गर्नु वा जिस्क्याउनु पनि हुँदैन, सकेसम्म मौन रहनु पर्दछ, एकान्तमा बस्नु पर्दछ ।२) ग्रहणको अवधिभरि तालाचाबी, कैंची, चक्कु वा कुनै हातहतियारको प्रयोग गर्नु हुँदैन । खासगरी गर्भवती स्त्रीले हातहतियार वा सियोधागोको प्रयोग गरेमा पछि जन्मने बच्चा खुँडे वा कुनै अङ्ग विकलाङ्ग भई जन्मने डर हुन्छ ।३) ग्रहणको समयमा भगवान् शिवको मन्दिरबाहेक अन्य समस्त देवीदेवताको मन्दिर बन्द हुने गर्दछ । त्यसैले ग्रहणअवधिमा भोलेशङ्कर भगवान् शिवको मन्दिरमा बाहेक अन्यत्र गई दर्शन, पूजा वा आराधना र मूर्तिपूजागर्नु हुँदैन । तर यस अवधिमा भगवान् शिवजीका लागि गरिएको अनुष्ठान र साधनाले अक्षय पुण्य प्राप्त गर्दछ ।ग्रहण लाग्दा गर्नै पर्ने अत्यावश्यक कुराहरू :-१) ग्रहण लाग्नुभन्दा पहिले नै कुनै पवित्र नदी वा तलाउमा गई स्पर्श,मध्य र मोक्षकालमा कम्तीमा तीन पटक स्नान गर्दै इष्टदेवताको पूजाआराधना तथा कुनै सिद्ध वा इष्ट मन्त्रको जाप र साधना गर्नु पर्दछ।२) ग्रहणकालमा र ग्रहणको समाप्तिमा स्नानोपरान्त गरीब गुरुबा, जोगीसन्यासी र ब्राह्मणलाई अन्न, वस्त्र, भूमि, स्वर्ण, गौ, शय्या, छाता, जुत्ता आदि दान गर्ने विधान छ। ग्रहणकालमा दान गर्ने अनुकूलता नभएमा ग्रहणसमाप्त भए पनि दिनभरिमा ब्राह्मण, गरीवगुरुबा, मठमन्दिर, प्रतिष्ठान, अनाथालय, बृद्धाश्रममा गई दान गर्नु वाञ्छनीय छ । त्यसरीदान गर्दा ग्रहण लागेको महिनाको कुल आम्दानीको दशांश (१०%) दान गर्नुपर्दछ । त्यत्ति पनि दान गर्ने अनुकूलता नभएमा कम्तीमा ग्रहण लागेको दिनको समस्त आम्दानी त्याग्नु श्रेयस्कर हुन्छ ।३) ग्रहणअवधिमा गर्भवती स्त्रीले झ्यालढोकासमेत थुनी अँध्यारो कोठामाबसी भगवान् सूर्यको मन्त्र र स्तुतिको जाप गर्नु पर्दछ ।४) घरमा भएका अन्नपात र अन्य खाद्यसामाग्रीलाई ग्रहणको प्रभावबाट जोगाउन त्यसमा कुश, दुबो वा तुलसीपत्र राखिदिनु पर्दछ । त्यस्तै ग्रहण समाप्त भएपछि आफ्नो घर, कोठा, चोटा, अन्नपात र परिसरमा गङ्गाजल छर्कनुपर्छ । त्यसपछि अन्नजलको सङ्ग्रह गरी खानेकुरा बनाई भगवान् र इष्टदेवतालाई चढाई आफूस्वयंले ग्रहण गर्नुपर्दछ ।कसले कसले ग्रहण स्नान र दान गर्नु अनिवार्य छ :-सामान्यतया ग्रहण लागेको अवसरमा स्नानदान र शुद्धाशुद्धिका लागि जोसुकैका लागि पनि पुण्यदायक हुन्छ । तर पनि ज्योतिषीय दृष्टिले सूर्य र चन्द्रमाको अनिष्टता भएका जातकहरूले ग्रहणमा तीर्थस्नान र दानादि अवश्य गर्नुपर्दछ । तलको अवस्था भएका व्यक्तिले ग्रहण लागेको अवस्थामा विशेष अनुष्ठान गर्नु अनिवार्य मानिन्छ ।१) बाल्यावस्थामा नै माता, पिता वा दुबैको निधन भएका जातकका लागि ग्रहण स्नानले जीवनचर्यामा सुखसम्मृद्धि प्रदान गर्दछ ।२) जन्मकुण्डलीमा सूर्य र चन्द्रमाका साथमा राहु वा केतु एउटै कोठा (राशि) मा बसेको भए त्यस्ता जातकले अनिवार्य रूपमा ग्रहणको समयमा स्नानदानादि गर्नु पर्दछ, यसो गरेमा त्यस्तो योगबाट सिर्जना हुने दुष्प्रभावबाट मुक्त हुन सकिन्छ ।३) कार्तिक महिना वा बृश्चिक राशिमा जन्म भएका वा जन्मकालमा अष्टम गृहमा सूर्य वा चन्द्रमा भएका जातकले पनि ग्रहणमा स्नानदानादि गरी पुण्यार्जन गर्नु आवश्यक मानिन्छ ।सारांश सूर्य ग्रहण ज्योतिषशास्त्र, खगोल विज्ञान र धर्म तथा संस्कृतिका लागि महत्त्वपूर्ण अवसर हो । यस अवसरमा प्रशस्त दानादि गर्न शास्त्रले औंल्याएको पाइन्छ । त्यसैले ग्रहणको समयमा मनैबाट सत्पात्रलाई दान दिनु पर्दछ । यसो गर्नाले दान दिने वा दान लिने दुवैको कल्याण हुन्छ । हामीकहाँ ग्रहणको दान लिनु हुँदैन भन्ने अफवाहछ, तर शास्त्रले कुनै ब्राह्मणलाई ग्रहण दान लिनु हुँदैन भनी निषेध गरिएको छैन, ग्रहणकालमा (जतिबेला ग्रहण लागिरहेको अवस्था हुन्छ, त्यतिबेला ) दिए/लिएको दानको कुनै फल पाइँदैन, तर ग्रहणको समाप्तिपछि स्नानादिबाट शुद्ध भई दानादि गर्नु पर्दछ र यसरी गरिएको दान जसले पनि ग्रहण गर्नुहुन्छ । दान गर्नेले अक्षय पुण्य प्राप्त गर्दछ भने दान लिनेले पनि पुण्य नै प्राप्त गर्दछ ।

तातो पानी पिउनुका फाइदा के-के ?

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)
बाँच्नका लागि पानी अत्यावश्यक छ । हाम्रो सरीरको अधिकांस हिस्सा नै पानीले ओगटेको हुन्छ । चिकित्सक, पोषणविज्ञ मात्र नभएर सौदन्य विज्ञ पनि एक वयस्क मान्छेले स्वस्थ रहनका लागि एक दिनमा ६-७ लिटर शुद्ध पानी पिउनु पर्ने सल्लाह दिन्छन् ।
कोही मानिसले चिसो पानी पिउँछन् भलै तताएर सेलाएको किन नहोस् । कोही मान्छेले तातो पानी पिउँछन् भने कसैले मनतातो पानी मन पराउँछन् । तर विज्ञहरुले चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने बताउँछन
तातो पानी पिउनुका फाइदा के-के ?

बाँच्नका लागि पानी अत्यावश्यक छ । हाम्रो सरीरको अधिकांस हिस्सा नै पानीले ओगटेको हुन्छ । चिकित्सक, पोषणविज्ञ मात्र नभएर सौदन्य विज्ञ पनि एक वयस्क मान्छेले स्वस्थ रहनका लागि एक दिनमा ६-७ लिटर शुद्ध पानी पिउनु पर्ने सल्लाह दिन्छन् ।
कोही मानिसले चिसो पानी पिउँछन् भलै तताएर सेलाएको किन नहोस् । कोही मान्छेले तातो पानी पिउँछन् भने कसैले मनतातो पानी मन पराउँछन् । तर विज्ञहरुले चिसो पानी पिउनुभन्दा तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने बताउँछन् । तातो पानी पिउनुका फाइदा निम्नानुसार छन् :
सरीरको शुद्धिकरण : तातो पानीले सरीरको शुद्धिकरण गर्छ । उमालेको पानी आफैमा शुद्ध त हुन्छ नै यसले सरीरको पाचन प्रणालीलाई पनि नियमित गर्छ । यदि तपाइँको पाचन प्रणालीमा गडबडी छ भने दिनको दुइ पटक तातो पानी पिउनुहोस् । बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा सरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, जसले पूरै रगत सफा पार्न मद्दत गर्छ । तातो पानीमा कागती र मह मिसाएर पिउँदा अझ बढि लाभदायी हुने बताइएको छ ।
कब्जियतबाट छुटकारा : सरीरमा पानीको मात्रा कमी भएपछि कब्जियतको समस्या उत्पन्न हुन्छ । यदि तपाइँले दिनहुँ बिहान कम्तिमा १ गिलास तातो पानी पिउनुभयो भने कब्जियतको समस्या दूर हुनेछ ।
मोटोपना नियन्त्रण : बिहान वा खाना पछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिउने गर्नुहोस् । यसले तपाइँको मोटोपना नियन्त्रणमा अवश्यपनि सघाउ पूराउनेछ । कागतीमा हुने पेक्टिन फाइबरले भोक कम गर्छ ।
चिसोबाट सुरक्षा : यदि घाँटी दुख्यो वा टन्सिल भयो भने तातो पानी पिउँदा फाइदा हुन्छ । तातो पानीमा नुन मिसाएर पिउँदा अझ लाभदायी हुन्छ ।
पसिनाको निष्कासन : जब तपाइँ कुनै तातो चिज खानुहुन्छ वा पिउनुहुन्छ सरीरबाट पसिना निस्कन थाल्छ । सरीरको तापक्रम बढ्दा पसिना निस्कन्छ, पसिना निस्केपछि तापक्रम घट्छ र शितल हुन्छ । पसिनाले सरीरमा बढि भएको नुन बाहिर निकाल्छ र रगतको शुद्धिकरणमा सहयोग पूराउँछ ।
दुखाइ कम गर्न : प्रायः महिलाहरुमा महिनावारीका समयमा पेट दुख्ने गर्छ । महिनावारीको समयमा पेट दुख्दा तातो पानीमा सुकमेलको धुलो मिसाएर खाँदा दुखाइ कम हुन्छ । यसले केवल महिनावारीको दुखाइ मात्र होइन टाउको तथा पेटको दुखाइ पनि कम गर्छ ।

इबोला भाइरसबाट यसरी बच्न सकिन्छ

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

इबोला मानिसको रक्तसंचारमा आक्रमण गर्ने भाइरस हो । यसको संक्रमण भएमा शरीरको जुनसुकै भागबाट रगत बग्ने हुन्छ र जसको कारण बिरामीको मृत्यु हुन्छ । यो भाइरस बिरामीको रगत, पसिना, र्याल, वीर्य वा शरीरबाट निस्कने अन्य तरलपदार्थबाट सर्ने गर्दछ । तर यो सासप्रश्वासबाट भने सर्दैन । यो भाइरसले आक्रमण गरेमा ९० प्रतिशत मृत्युहुने संभावना भएकाले सावधानी अपनाउनु पर्छ । किनकी यसको उपचार अहिलेसम्म पत्ता लागेको छैन ।
लक्षणहरु

ज्वरो आउने
बान्ता हुने
टाउको दुख्ने
खान मन नलाग्ने
छाती तथा मांसपेशीमा दुखाइ हुने

आँखा रातो हुने
धेरै बाडुलि लाग्ने
यसरी बच्न सकिन्छ
मानिससंग अनावश्यक छुवाइ वा लसपस नगर्ने
साबुन पानीले हात धुने
अरुका सामान प्रयोग नगर्ने
सकभर बाहिर खाना नखाने
घर वरपर सफा राख्ने
शंकास्पद व्यक्तिबाट टाढा रहने
आफुलाई रोगको शंका लागेमा तुरुन्त अस्पताल जाने
अनावश्यक यात्रा नगर्ने
सकभर हात नमिलाउने

के तपाई पनि नाकको समस्याले ग्रसित हुनुहुन्छ ?

नाक हामो शरीरको मसखको ओठ भन्दा माथिल्लो भागमा रहेको हुन्छ । नाकमा २ वटा प्वालहरु हामिले बाहिरै बाट देख्न सक्छौ । त्यसको भित्रि संरचना कति जटिल छ त तयसबारे हामिमध्ये धेरैजसो अनभिज्ञ नै छौ ।
अनि हामिलाई नाकलाई के गरको खण्डमा बिरामि हुन्छ भन्ने कुराको पनि खासै ज्ञान छैन् । श्वासप्रश्वास गर्न र गन्ध थाहा पाउन महत्त्वपूर्ण भूमिका खेल्ने नाकभित्र विभिन्न संरचना हुन्छ। नाकको भित्री भागमा मसिना रौंहरु हुन्छन्, जसले बाहिरी वायुमण्डलको हावालाई छान्ने काम गर्छ। नाकको भित्रपट्टि माथिल्लो तहमा रहेका विशेष प्रकारका कोषहरुले गन्धरबास्नाको ज्ञान दिलाउँछन्। नाक बिरामि भएको खण्डमानाकको भित्री भाग र आँखिभौंसमेत दुख्छ।
कहिलेकाहीँ टाउको र आँखाको गेडीसमेत दुख्ने गरेको पीडाहामिले भोगेरै आएका छौ । जब नाकको प्वाललाई फोहोरले ढाक्छ झन त्यतिबेला त हामिलाई श्वास फेर्न समेत असहजिलो हुन्छ ।
नाकभित्र सिँगान जाम हुनु ,सिँ सिँ गर्दा सिँगानसँगै रगत पनि आउँनु, पिप आउनु इत्याति समस्याले तपाईलाई पनि सताएको हुनसक्छ ।
बाहिरबाट हेर्दा सामान्य लाग्ने र तत्काल बिरामीलाई छटपटी नगराए पनि नाकभित्रको रोगले नाकलाई मात्र नभएर कान, फोक्सो, मस्तिष्कजस्ता संवेदनशील अंगलाई पनि क्षति पुर्याउने भएकाले सो बारेका पहिल्यनै सचेत रहनु पर्ने चिकित्सकहरुको भनाई छ ।
रुघाखोकी लागेको बेला नाकमा सामान्य रोकावट आउनु तथा अप्ठेरो महसुस हुनु सामान्य नै हो तर लामो समयसम्म नाकमा रोकावट आयो वा नाक छाम्दा दुख्छ यसले भयानक रुपलिन पनि सक्दछ ।
हावामा रहेका कणहरु राम्रोसँग नाकभित्र म्युकस मेम्ब्रेनले छान्न सकेन भने सङ्क्रमण भई रुघा लाग्न पुग्छ। कतिपयले बलपूर्वक सिँसिँ गर्दै जहाँपायो त्यहीँ सिँगान फाल्दा नाककोसंरचना खलबलिने गरेको पाइन्छ ।
नाकमा सङ्क्रमण हुँदा साइनेसबाट निस्कने नलीहरु बन्द हुन्छन् । नलीहरु बन्द हुनासाथ सिँगान पनि भित्रै जम्न पुग्छ। र, त्यहाँ सङ्क्रमण भई पीप जम्छ। लामो समयसम्म नाकमा सङ्क्रमण वा एलर्जी भयो भने मासु पलाउँछ।चुरोटको सर्को तानेर नाकबाट धूवाँ फाल्दा एलर्जी हुने सम्भावना बढी हुन्छ। चुरोटको धूवाँ, धूलो आदिले एलर्जी गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमतासमेत घटाउँछ।
नाकबाट रगत बगिरह्यो भने धेरै व्यक्तिहरु उत्तानो परेर रगत बग्न नदिने उपाय गर्छन् तर यस किसिमको उपाय उपयुक्त नभएको र मान्छेको मृत्युसमेत हुन सक्ने चिकित्सकहरुले बताएका छन्। जथाभावी नाक कोट्याउने, नाकमा फोहोर जम्यो वा पानी पर्यो भने पनि सङ्क्रमण हुन सक्छ। बाहिरबाट सामान्यजस्तो लागे पनि नाकको रोगले कान, मस्तिष्कसम्म असर गर्छ। रुघा लागेपछि नाक र कानको सम्बन्धका कारण बच्चाहरुको कान पाक्न सक्छ। त्यसैले नाकमा रोकावट लामो समयसम्म भइरह्यो वा सिँगानसँगै रगत पनि आयो भने उपचार गर्नुतर्फ लाग्नु पर्दछ ।
ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

एलर्जीको समस्या,

ज्यो:हरिप्रसाद जोशी
( ज्योतिषाचार्य एवं आयूर्बेदिकाचार्य)

मानिस स्वस्थ भएमा नै कुनै पनि कार्य सफलतापूर्वक गर्न सक्छ भने अस्वस्थ व्यक्तिबाट उसको आफ्नो दैनिकी कार्य पनि सम्पादन गर्न गाह्रो हुन्छ । आजको यस भागदौडको जीवनमा साना साना बिरामले मानिसलाई सताइरहेको हुन्छ । बदलिँदो मौसममा एलर्जीको समस्या हुन सामान्य कुरा हो । मौसम परिवर्तन हुने बेलामा एलर्जी हुने बढी सम्भावना रहन्छ । हाम्रो शरीरको इम्युन सिस्टममा असन्तुलनको कारणले नै व्यक्ति एलर्जीको सिकार हुन पुग्छ ।
मौसम परिवर्तनमा राइनाइटिस एलर्जी अर्थात् नाकको एलर्जी कसैलाई हुन्छ भने त कसैलाई सास फुल्ने अस्वस्थमाको एलर्जीले सताउँछ भने कसैलाई छालासम्बन्धी एलर्जीले । बदलिँदो मौसममा प्रायः देखिने यी समस्याहरू हुन् । यसबाट सबै वर्गका मानिसहरू प्रभावित हुने गर्दछन् । यसरी मौसम परिवर्तन हुँदा बालक, महिला तथा बूढापाकामा यो समस्या पाँचदेखि १० प्रतिशतसम्म बढ्न जान्छ । आमाबाबुमध्ये कुनै एकलाई एलर्जीको समस्या छ भने यिनको बच्चाहरूमा पनि रोगको सम्भावना ५० प्रतिशत वृद्धि हुने बढी सम्भावना रहन्छ ।
शरीरमा डाबर आउनु, चिलाउनु, रुघा लाग्नु, हाछ्यूँ आउनु, आँखा, नाक चिलाउनु, मांसपेशीमा दर्द हुनुका साथै ज्वरो आउनु । एलर्जीको सुरुवाती पहिचान हो । यदि तपाईं अलिक सावधानी अपनाउने हो भने यसको उपचार गर्नमा सजिलो हुन्छ ।
यदि तपाईंलाई यस्तो भइरहेको छ भने-
० नाक चिलाउनु र बारम्बार हाछ्यूँ आउनु ।
० नाकबाट तपतप पानी आउनु ।
० नाकको छाला बारम्बार नाक सफा गरिरहनाले रातो हुनु । नाकमा घाउ हुनु । यस किसिमको लक्षण तपाईंमा देखियो भने सम्झिनुहोस् तपाईंलाई नाकको एलर्जी भएछ । बेलेमै सतर्क भएर आरामको साथै पठ्यपरहेजमा रहेर औषधि उपचार गरेमा समयमै यस समस्याबाट छुटकारा पाउन सकिने छ ।
एलर्जीको मुख्य कारण निम्नलिखित छन्-
यस रोगका कारण विभिन्न किसिमका एलर्जी हो । जसमा मुख्य रूपले प्रदूषण धुलो, धुँवा, माटो, घाँस, पराल तथा रुख विरुवाको 'पराग कण' ।
घरबाट बाहिर निस्किँदा धुलो र वायुमण्डलमा फैलिरहेको प्रदूषण मानिसको नाकमा प्रवेश गर्दछ । यदि एलर्जी राइनाइटिस (नाकको एलर्जी) को कारण बन्दछ । यसबाहेक घरमा पालेको कुकुर, बिरालोबाट पनि परिवारका दसस्यहरूमा एलर्जी हुने सम्भावना बढी रहन्छ । कुकुर, बिरालो भुत्तला भएका जनावरको रौं घरको कोठाबाहिर भित्र झरेको हुन्छ र बराबर झरिरहन्छ । यही रौं जो एलर्जीको कारण बन्दछ ।
० यसबाट हुन सक्ने हानी नोक्सानी-
नाकको एलर्जीले साइनसको आस्टिया (प्वाल) हरूलाई बन्द गर्न सक्छ । यसैले गर्दा पछि साइनासाइटिस (पिनास) को कारण बन्न सक्छ पिनासबाट व्यक्तिग्रस्त हुन जान्छ ।
० नाकभित्र पलिप्स (मासु) पलाउन सक्छ ।
० कानभित्र रहेको अडिटरीट्यूव (श्रवण नली) लाई बन्द गरिदिन सक्छ । जसले गर्दा कानको मध्य भागमा पानी भरिन सक्छ । यस्ता रोगीहरूमा आस्थमा अर्थात् दम हुने सम्भावना चार गुना बढी हुन्छ ।
यसैगरी छालासम्बन्धी एलर्जी पनि बदलिँदो मौसममा प्रायः देखिन्छ । ओसिलो कोठामा पस्दा स्टोर रुममा जाँदा, फूलबारीमा काम गर्दा अचानक जिउ चिलाउने, पोल्ने, रातो रातो डाबर आउने हुन्छ । यसको समयमै उपचार गरिएन भने समस्या बढेर व्यक्तिको ज्यान पनि जान सक्छ ।
यस्तै प्रकार नेत्रसम्बन्धी एलर्जीबाट पनि कोही कोही प्रभावित भएको देखिन्छन् । यसमा आँखा चिलाउने आँखा रातो हुने, आँखाबाट पानी बग्ने, आँखामा केही बाहिरी वस्तु परेको महसुस हुने आदि लक्षण देखिन्छन् । यसैगरी गेस्ट्रो इन्टेन्सटाइनल ट्र्याक सम्बन्धी एलर्जी पनि कसैलाई यो मौसम परिवर्तनको बेला देखिन्छ । जस्तै वाकवाक लाग्नु, वान्ता हुनु, पखाला लाग्नु, वायु विकार हुनु, पेट दुख्नु, सास फेर्ने अप्ठ्यारो हुनु आदि लक्षणहरू देखापर्दछ ।
बचाव
कुनै पनि प्रकारको रोग चाहे शारीरिक होस् वा मानसिक । रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो । मौसम परिवर्तनको बेला हाम्रो शरीरको गतिविधि एक वातावरणबाट अर्को वातावरणमा समीकरण गर्दा यस किसिम समस्या आउन सक्छ । यसबेला अलिक सावधान भई निम्न लिखित उपायहरूलाई मनन गरेर व्यवहारमा ल्याउन सके यी विभिन्न प्रकारका हुने एलर्जीबाट केही हदसम्म बच्न तथा बचाउन सकिन्छ ।
० इन्फेक्सनबाट बच्ने प्रयास गर्ने ।
० चिसो हावा, ओसिलो ठाउँ तथा धूलोबाट बच्ने ।
० घरबाट बाहिर निस्किँदा धूलोको कण नाकभित्र कमसेकम जावोस् भने कुराको ध्यान राख्ने ।
० यदि धूलो भएकै ठाउँमा कार्यवश जानु नै परेमा रुमालले मुख छोप्ने वा मास्क लगाएर जाने ।
० घरमा पाल्तु जनावर कुकुर, बिरालो आदिको समिप नजाने तथा उनीहरूलाई नचलाउने ।
० घर या कार्यालय जहाँ ओसिलो ठाउँ छ, त्यहाँ भरसक नजानु नै वेश हुन्छ ।
० धूमपान नगर्ने । यदि तपाईंको छेउछाउको कसैलाई चुरोटको धूवाँले एलर्जी छ भने उसको अगाडि नगर्ने ।
० कुनै खाद्यपदार्थ खानाले नाकमा एलर्जी हुन्छ भने त्यस्ता खाद्यवस्तुको प्रयोगबाट बच्ने ।
० जुन वस्तुको प्रयोगले छालामा एलर्जी हुन्छ । त्यसको प्रयोग गर्न नै बन्द गरिदिने छालाको जुन भागमा एलर्जी भएको छ । त्यस ठाउँमा कुनै पनि प्रकारको कास्मेटिकको प्रयोग नगर्ने ।
० धेरैजसो व्यक्तिको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनै खाल वस्तु विशेषको सम्पर्कमा आउनेबित्तिकै उनीहरूलाई एलर्जी भइहाल्छ । जस्तै उनी कपडा, टावेल, अर्काले लाएको लुगा लगाउँदा आदि यस्ताले यी कुराको विचार राख्नुपर्छ ।
० घरको कोठामा शुद्ध हावा आउने भेन्टिलेसनको व्यवस्था गर्नुपर्छ ।
० घर यदि मेनरोडको छेउमा छ भने बाहिरको धूलो, माटो कोठाभित्र आउनबाट रोक्नको लागि जहाँसम्म हुन्छ ढोका तथा झ्याल बन्द राख्ने । झ्यालमा सिसा लगाउनुको साथ मसिनो जाली लगाउने ।
० भान्साकोठामा एक्जास्टफेनको प्रयोग गर्ने ।
० धेरैजसो व्यक्तिलाई फूलहरूको बास्ना (गन्ध) ले पनि एलर्जी हुन्छ । यस्ता व्यक्तिहरूले एलर्जीबाट बच्न आफ्नो कोठा वा बैठकमा त्यस्ता खालको विरुवा गमलामा नलगाउने । जसमा फूल फुल्दछ ।
० ओछ्यानलाई सफा सुग्घर राख्ने । घाम लागेको बेला सुखाउने ।
० घरमा र्फस (भुईं) सफाई गर्दा फिनेल पानीमा कपडा भिजाएर पुछ्न लगाउने ।
० घरभित्रको पर्खालमा लागेको जालो तथा काईलाई सफा गर्ने ।
० वरसातको मौमस स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । तर केही खास प्रकार केही व्याधि जस्तै आस्थमा (दम) हृदयरोग, क्यान्सरबाट पीडित व्यक्तिहरूको लागि यो मौसम केही समस्या पनि ल्याउँछ
Ēlarjīkō problem, rescue

Rescue

ज्ञान विज्ञान और धर्म

🌅 शास्त्र अनुसार छठ पूजा की शुरुआत, महत्त्व और कहाँ-कहाँ मनाई जाती है

  🌞 छठ पूजा का परिचय छठ पूजा हिंदू धर्म का एक अत्यंत पवित्र और वैज्ञानिक पर्व है, जो सूर्य देव और छठी मैया की उपासना के लिए समर्पित है। यह ...

पौराणिक ज्ञान