लटैनाथ मल्लिकार्जुन

Thursday, 24 August 2017

गणेश चतुर्थी

ज्योतिष:  श्री हरिप्रसाद जोशी 

गणेश चतुर्थी
कञ्चनपुर नेपाल/  दक्षिण भारत कर्नाटक 25 Aug 2017

गणेश चतुर्थी हिन्दुहरूको एक प्रमुख उत्सव हो । यो उत्सव नेपाल लगायत भारतको महाराष्ट्र, कर्नाटक लगायत अन्य स्थानमा निकै धूमधामले मनाइन्छ । गणेश चतुर्थी देखि अनन्त चतुर्दशी (अनन्त चौदस) सम्म दस दिन गणेशोत्सव मनाइन्छ ।

पुराणानुसार
शिवपुराणमा भाद्रपद महिनालाई कृष्ण पक्षको चतुर्थीको मंगलमूर्ति गणेशको अवतरण-तिथि भनिएको छ । जबकि गणेशपुराणका मतानुशार यो गणेशावतार भाद्रपद शुक्ल चतुर्थीमा भएको थियो ।
शिव पुराण अन्तर्गतको रुद्रसंहिताको चतुर्थ (कुमार) खण्डमा यो वर्णन छ कि माता पार्वतीले स्नान गर्नु भन्दा पहिले आफ्नो मयल निकालेर एक बालक उत्पन्न गरेर उसलाई आफ्नो द्वारपाल बनाइन् । शिवजीले प्रवेश गर्न लाग्दा बालकले उनलाई रोके । यसमा शिवगणहरूले बालकसँग भयंकर युद्ध गरे तर संग्राममा उसलाई कसैले पनि पराजित गर्न सकेनन् । अन्ततोगत्वा भगवान शंकरले क्रोधित भएर आफ्नो त्रिशूलले उन बालकको टाउको काटी दिए । यसले भगवती शिवा क्रुद्ध भइन् र प्रलय गर्ने विचार गरिन् । भयभीत देवताहरूले देवर्षि नारदको सल्लाहमा जगदम्बाको स्तुति गरेर उनलाई शान्त गरे । शिवजीको निर्देशमाविष्णुजीले उत्तर दिशामा सबै भन्दा पहिले भेटिएको जीव (हात्ती)को टाउको काटेर ल्याए । 

मृत्युंजय रुद्रले गजको उस गणेश-द्वादशनाम

विघ्नविनाशक-गणेश-द्वादशनामस्तोत्रम्
सुमुखश्चैकदन्तश्च कपिलो गजकर्णकः।
लम्बोदरश्च विकटो विघ्ननाशो विनायकः।।
धूम्रकेतुर्गणाध्यक्षो भालचन्द्रो गजाननः।
द्वादशैतानि नामानि यः पठेच्छृणुयादपि।।
विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तथा।
संग्रामे संकटे चैव विघ्नस्तस्य न जायते।।
नेपाली अर्थ-
1. सुमुख 2.एकदन्त 3.कपिल 4. गजकर्णक 5. लम्बोदर 6. विकट 7. विघ्ननाश 8. विनायक 9. धूम्रकेतु 10. गणाध्यक्ष 11. भालचन्द्र 12. गजानन - इनै बाह्रवोटै नामले विद्यारम्भकालमा, विवाहकालमा, प्रवेशकालमा, निर्गम कालमा (यात्रा को समयमा ), संग्रामको समय र संकटमसंकटमा समयमा जो पढ्छ अथवा सुन्छ भनेपनि, उनिहरुलाई केही   विध्न आउदैन ।

।। संकटनाशनगणेशद्वादशनामस्तोत्रम्।।
नारद उवाच
प्रणम्य शिरसा देवं गौरीपुत्रं विनायकम्।
भक्तावासं स्मरेन्नित्यमायुःकामार्थसिद्धये।।
प्रथमं वक्रतुण्डं च एकदन्तं दि्वतीयकम्।
तृतीयं कृष्णपिङ्गाक्षं गजवक्त्रं चतुर्थकम्।।
लम्बोदरं पञ्चमं च षष्ठं विकटमेव च।
सप्तमं विघ्नराजं च धूम्रवर्णं तथाष्टमम्।।
नवमं भालचन्द्रं च दशमं तु विनायकम्।
एकादशं गणपतिं द्वादशं तु गजाननम्।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।
न च विघ्नभयं तस्य सर्वसिद्धिकरं प्रभो।।
विद्यार्थी लभते विद्यां धनार्थी लभते धनम्।
पुत्रार्थी लभते पुत्रान् मोक्षार्थी लभते गतिम्।।
जपेद् गणपतिस्तोत्रं षड्भिर्मासैः फलं लभेत्।
संवत्सरेण च संसिद्धिं लभते नात्र संशयः।।
अष्टभ्यो ब्राह्मणेभ्यश्च लिखित्वा यः समर्पयेत्।
तस्य विद्या भवेत् सर्वा गणेशस्य प्रसादतः।।

।। इतिश्रीनारदपुराणे संकटनाशननाम गणेशद्वादशनामस्तोत्रं सम्पूर्णम्।



Wednesday, 23 August 2017

हरितालिका तिजको सुखद अबसरमा सम्पूर्ण हिन्दु महिलाहरुलाई हार्दिक मंगलमय शुभकामना।

ज्योतिष: श्री हरिप्रसाद जोशी 
+917411535357



कञ्चनपुर/ ब्याङ्गलोर : हरितालिका तीज, हरित हरण गरिएकी आलिका(शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास व्रत लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ। हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि नै, श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ।

हिन्दू नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्ण पात्र गरेर व्रत तोड्ने परम्परा छ।
परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरू निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन्। हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरू द्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमासमेत मनाइन्छ। भनिन्छ आराध्यदेव शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवलाइ पतिको रुपमा प्राप्त गर्न तथा भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकि थिईन् त्यसै दिन यहि हरितालिका तिजको दिन परेको थियो र त्यसै दिन देखि आज सम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।
भाद्र शुक्ल दितियाका दिन दर खाई भोलि पल्ट तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन आराधानासहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ। सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको दार्चुलाको शैल्य शिखर मालिकार्जुन महादेव र सम्पूर्ण दार्चुला का शिवधाम महादेव र लटैनाथ, हुनैनाथ, बालिचन, भगवती लगायत सम्पूर्ण धामहरू र   बैतडीको  श्री जगन्नाथ महादेव, डडेल्धुराको घटाल, कञ्चनपुरको सिद्धनाथ, बैजनाथ, महादेव, बझाङको मालिका, महादेव, काठमाडौँको पशुपति, बाजुराको बडिमालिका, कैलाली शिवधाम लगायत,  दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य सबै शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्छ।

हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको भन्दै राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीज व्रत बस्ने गर्छन् भने बिबाहित महिलाहरु आफ्नो पतिको दिर्गायुको कामना सहित ब्रत बस्ने प्रचलन परापुर्ब काल देखि चल्दै आएको छ ।
समस्त हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिज-2074 को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली चेलिहरुको सुस्वास्थ्य, दिर्घायू एवं उतरोत्तर प्रगतीको कामना गर्दछौं ।


Sunday, 20 August 2017

आज बाबुको मुख हेर्ने दिन । Father day

ज्योतिष: हरिप्रसाद जोशी 
+917411535357



कञ्चनपुर भदो 5 ।  भाद्र कृष्ण औँसीका दिन सोमवार पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उहाँको मुख हेरेर मनाउँदै छन् ।  बुबाको मुख हेरेपछि मिठाइ, फलफूल, कपडा आदि उपहार दिने चलन छ ।  टाढा हुने छोराछोरीले फोनबाटै पनि कुरा गरेर पनि बुबाको मुख हेर्ने गरिन्छ ।  
भौतिक रूपमा बिदा भइसकेका पिताहरूलाई भने छोराछोरीले तस्बिर हेरेर वा विभिन्न शक्तिपीठ, देवालयमा गई दान गर्ने परम्परा छ ।  औँसीको दिनलाई शास्त्रमा पितृको दिन मानिन्छ ।  पिता नहुनेहरूले गोकर्णेश्वर महादेव, कञ्चनपुरको महाकालि, दार्चुलाको जगतपुरि चौलानि, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्रजस्ता पवित्र तीर्थस्थलमा गई पितृका नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गर्ने गर्छन् ।  
ज्योतिष सास्त्रका अनुसार, यसै दिन घर डेरामा कुश भित्र्याउने चलन छ ।  स्वर्गका राजा इन्द्रले भगवान् विष्णुलाई स्वर्गबाट कुश दिएको दिनको रूपमा संस्मरण गर्दै यस दिन कुश भित्र्याउने चलन छ ।  
तुलसी, कुश र शालीग्रामलाई विष्णुको प्रतीक मानिन्छ ।  भाद कृष्ण औँसीका 
दिन काटिएको कुश एक वर्ष, अन्य औँसीमा काटिएको कुश एक महिना र अन्य दिन काटिएको कुश सोही दिनका लागि मात्र धार्मिक कार्यमा काम लाग्छन् भन्ने मान्यता छ ।  
वैदिक ज्योतिष शास्त्र अनुसार, भाद्र कृष्ण औँसीका दिन चन्दमा र सूर्य सिंह राशिमा पर्ने भएकाले यो दिन पितृ कार्यका लागि उत्तम मानिएकाले दिवंगत बाबुप्रति श्राद्ध तर्पण गर्ने र जीवित देवतासरह बाबु हुनेले उपहार आदि दिएर प्रसन्न तुल्याउने गर्दा राम्रो हुन्छ ।  
गोकर्णेश्वर औँसी पनि भनिने यो दिन उत्तरगया भनी पवित्र मानिएको गोकर्ण क्षेत्रमा पितृ श्राद्ध गर्दा पितृ उद्धार हुन्छ भन्ने मान्यता छ ।  गोकर्णमा श्राद्ध गराउने ब्राह्मणले सनिवार नै स्थान ओगटिसकेका छन् ।  श्राद्ध कर्म गर्दा गोकर्ण छेउको बागमती नदीमा फोहर फाल्न निषेध गरिएको छ । 


Wednesday, 16 August 2017

ज्योतिष शास्त्रका दुइटा पक्ष छन्।

ज्यो: हरिप्रसाद जोशी 
+917411535357

ज्योतिष विज्ञानको दुइटा पक्ष छन् फलित ज्योतिष र गणित ज्योतिष ... गणित ज्योतिष वास्तवमा विज्ञाननै हो र यो अत्यन्त शक्तिशाली छ । फलित ज्योतिष गणित ज्योतिषको आधारमा अलि कमजोर देखिन्छ । कतिपय ज्योतिषहरुले गरेको भविष्यवाणी ठ्याक्क मिल्छ भने कतिले गरेको भविष्यवाणी मिल्दैन । एउटै व्यक्तिको चिना हेरेर फरक फरक ज्योतिषले फरक फरक भविष्यवाणी गर्छन् । शायद यो एउटै रोगीको लक्षणहरु हेरेर फरक फरक डाक्टरले फरक फरक रोगको शंका गरे जस्तै होला । यसमा गल्ती ज्योतिष शास्त्रको भन्दा पनि त्यसलाई व्याख्या गर्ने ज्योतिषीको हो । हुनत त आजभोली जन्मेका सबै मान्छेहरुको सही जन्मेको समय रेकर्ड गरिन्छ । तर हामी मध्ये धेरैको जन्मेको समयमा अलिकति तलमाथी पर्दा पनि त्यसबाट ग्रह नक्षत्रको स्थितीमा ठुलो फरक आउन सक्छ । पहिलेका ज्योतिषीहरुले गर्ने अर्को ठुलो गल्ती भनेको बेलाअन्तरको प्रयोग नगर्नु । पूर्व मेची देखी पश्चिम महाकाली भित्र ८ मिनेटको फरक छ । त्यसैले पूर्व नेपालमा र पश्चिम नेपालमा एउटै समयमा जन्मेका बच्चाहरुको पनि चिना चाँही एउटै हुन सक्दैन । तर यो कुराको हेक्का धेरै अघिसम्म गरिन्न थियो । फलित ज्योतिषको मूलाधार भनेको कुनै पनि व्यक्ति जन्मदाको ग्रह नक्षत्रको स्थिति नै हो । मैले नबुझेको कुरा चाँही यो ब्रह्मान्डमा भएका अनगिन्ती पिन्डहरु मध्ये किन केहीको मात्र प्रभाव रहन्छ हाम्रो जीवनमा ? किन सत्ताइस नक्षत्र मात्र? किन नौ वटा ग्रहमात्र ? 

फलित ज्योतिष सम्पूर्ण रुपमै हावादारी हो भन्ने तर्कसँग म सहमत छैन । यसका केही कमीकमजोरीहरु पक्का पनि देखिएका छन् तर वैज्ञानीक आधारहरु पनि प्रशस्त छ । वास्तवमा भन्ने हो भन्ने वेद पूर्ण रुपमा वैज्ञानीक छ । यो मध्यकालिन युगमा जन्मेका हाम्रा धर्मग्रन्थहरुमात्र रुढीबादी धारणाले भरिएका छन् । 

सुदुरपश्चिमको गौरा पर्व

ज्यो: हरिप्रसाद जोशी
+917411535357



विशेषगरी सुदुर पश्चिम क्षेत्रका हिन्दु महिलाहरुले शिव पार्वतीको आराधना गरी गौरा पर्व मनाउने गर्छन्।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन पञ्च अन्नको मिश्रण –बिरूडा- तामाको भाँडोमा राखेर गौरा पर्व शुरू गरिने र शिव पार्वतीको पुजा आजा गर्दै पाँचौ दिन बिरूडा फड्किंदै (छर्किंदै) प्रसादका रूपमा विरूडा बाँढेर गौरा पर्व सम्पन्न गर्ने गरिन्छ।

पञ्च अन्नको मिश्रण बिरूडा राख्ने, अँकुर निस्केपछि विरूडा सहित हरियो घाँसको गौरा बनाएर गित गाउदै, नजिकको मन्दिरमा भित्र्याउने र पुजा आराधना गरिन्छ।

शिव र पार्वतीको प्रेम अनि बिवाहको स्मरण गर्दै विशेष विधिविधान अनुसार शिव पार्वतीको पुजा, अरधना गरेर महिलाहरूले ब्रत मनाउने गर्छन भने पुरूषहरूले देउडा खेलेर खुशियालीमा साथ दिन्छन्।

महिलाहरुले करिव ३ देखि ५ दिनसम्म एक मात्र फलाहार खाएर वर्त बसी पूजाआजा गरी धुमारी जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन्।

विशेष गरी सुदूरपश्चिम क्षेत्रका सबै जिल्लामा र मध्यपश्चिम क्षेत्रका केही पहाडी जिल्लाका महिलाहरूले मनाउने गरेको यो पर्व डेढ दशक यता तरार्इका जिल्लाहरूमा पनि मनार्इन्छ।

गौरा पर्वमा वर्तालु महिलाहरुले घांटीमा दुव धागो बाँध्ने प्रचलन छ। पुरूषले जनर्इ लगाए झैं महिलाले दुव धागो लगाउने गर्दछन्।

सांगीतिक पर्वको रूपमा पनि यो पर्व मनार्इन्छ। शिव र गौरी अर्थात गौराको पुजा आराधनाले मनोकाँक्षा पुरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ। यो पर्वलाई एकताको पर्व पनि भन्ने गरिन्छ ।

यो पर्वको धार्मिक मान्यता अनुसार पौराणिक कालमा पार्वतीले निराहार बसी नित्य आराधना गरी भगवान शिवलार्इ वरको रूपमा प्राप्त गरेकी थिर्इन। त्यसैको सम्झनामा शिव पार्वतीको पुजा आजा गर्दै देउडा खेलेर यो पर्व मनार्इने चलन छ

Monday, 17 April 2017

मंगलबारको ब्रत बिधि र कथा




सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको व्रत एकदमै उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । यो व्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । स
किन्छ भने  जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ । यस व्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ ।
गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नु पर्दछ । ब्राह्मणलाई यथाशक्य तामा, मुसुरोको दाल आदि दान गर्नुपर्दछ वा आफूभन्दा कान्छो भाइलाई खुशी पार्ने वस्तु प्रदान गर्नुपर्दछ। मंगलबारको ब्रतको कथा  परापूर्व समयमा एक जोडी ब्राह्ममण दम्पती थिए । घरमा सबै वस्तु भए पनि एउटा सन्तान नहुनाले ती दुई पतिपत्नी दिनरात यही चिन्तामा घोरिई रहन्थे। ईश्वरसित आर्तपुकारा गर्थे ।  हे भगवन् ! कुनै उपायले हामीलाई एउटा पुत्र प्रदान गर । यही उनीहरूको प्रार्थना थियो ।
पुत्र प्राप्तिको इच्छाले ती ब्राह्मण कुनै वनमा आश्रम बनाई त्यसैमा बसेर नियम र निष्ठापूर्वक श्री हनुमानजीको आराधना गर्ने गर्दथे । उनकी ब्राह्मणी घरैमा बसेर आफ्नो मनोकामनाको र्पूर्तिका निम्ति हनुमानजीको पूजा आराधना गर्दथिन् । प्रत्येक मंगलबारका दिन श्री हनुमानजीलाई नैवेद्य अर्पण गरेर मात्र भोजन गर्दथिन् । दैवसंयोगले एउटा मंगलबार ती ब्राह्मणीले खानेकुरा पकाइनन् त्यसै कारणले उनले हनुमानजीलाई खाने वस्तु अर्पण गर्न पाइनन् । उता उनले आँफूले पनि केही खानपान गर्ने मौका पाइनन् साथै उनले अब अर्को मंगलबार आउँछ अनिमात्र भोजन गर्नेछु भन्ने प्रतिज्ञा पनि गरिन् । श्रीहनुमानजीलाई भोजन अर्पण नगरी म स्वयं भोजन गर्ने छैन भन्ने पनि उनको प्रतिज्ञा थियो । यही क्रममा छ दिनसम्म भोकै प्यासै रहेर उनको समय व्यतीत भयो।
अनि मंगलबार बिहान हुनसाथ ती ब्राह्मणी अकस्मात् मूर्छा परेर ढलिन् । अनि श्री हनुमानजीले त्यही मूर्छाकै स्थितिमा दर्शन दिएर ती ब्राह्मणीलाई सचेतन अवस्थामा ल्याउनु भयो र आज्ञा गर्नुभयो  ’तिम्रो पूजा सफल भयो । म तिमीलाई यो मङ्गल नामक सुन्दर बालक दिन्छु । यसले तिम्रो यस्तो सेवा गर्नेछ, जुन कसैले पनि आफ्ना मातापिताको सेवा गरेको छैन।’ अनि बालकलाई आज्ञा दि( ’ए मङ्गल! आऊ, आफ्नी आमाको यस्तो सेवा गर जसमा यिनलाई कुनै किसिमको दुःखकष्ट हुन नपाओस् ।’ हनुमानजीले प्रदान गर्नु भएको बालकलाई प्राप्त गरी ब्राह्मणी अत्यन्त प्रसन्न भइन् र त्यही बालकसित आनन्दपूर्वक दिन बिताउन लागिन् । केही समय बितेपछि जब ब्राह्मण जंगलबाट फर्केर आए र आफ्नू घरमा एउटा राम्रो बालक देखे अनि छक्क पर्दै पत्नीसित सोधे ’यो बालक कसको हो?’ ब्राह्मणीले भनिन् ’श्री हनुमानजीले प्रदान गर्नु भएको आफ्नै पुत्र हो।’ पत्नीको उत्तर सुनेर ब्राहृमणले भन्न त केही पनि भनेनन् तर उनको मनमा आफ्नो अनुपस्थितिमा पुत्र उत्पादन गर्ने पत्नीप्रति आशङ्का भयो र सोच्न थाले, मेरी पत्नी अवश्य पनि व्यभिचारिणी भइछ र यो बालक यसैको व्यभिचारको परिणाम हो । अनि उनी मनमा विचार गर्न थाले कुनै प्रकारले यो बालक मरिदिए ठिक हुने थियो। एक दिन ब्राह्मण इनारमा पानी लिन जान लागेका थिए, त्यसैबेला पत्नीले मंगललाई पनि आफूसँगै लिएर जान अनुरोध गरिन् ।
ब्राह्मणले बालक मंगललाई पनि साथै लिई गए र झुक्याएर त्यस मङ्गल बालकलाई इनारमा धकेलिदिए । ब्राह्मण घर फर्किएपछि पत्नीले सोद्धा उनले मंगलका बारेमा कुन्नि कता गयो, मलाई थाहा छैन भन्दै उत्तर दिए । त्यस पछि ब्राहृमणीले मंगललाई डाकिन, मंगल तुरुन्त हाँस्दै आइपुग्यो । यसरी ती ब्राहृमणले धेरै पल्ट बालकलाई मार्ने प्रयत्न गरे तर महावीर हनुमानज्यूले त्यस बालकको रक्षा गर्नुहुन्थ्यो त्यसैले उसलाई केही हुँदैनथ्यो । त्यसपछि एक दिन ब्राह्मण घरमा सुतिरहेको अवसरमा श्री हनुमानजीले स्वप्नमा दर्शन दिएर आज्ञा भयो ’हे ब्राह्मण ! यस बालकप्रति तिमीले आफ्नू मनमा कुनै किसिमको शंका र सन्देह नराख । तिमीले जुन मेरो सेवा र भक्ति गर्याै, त्यसैको परिणामस्वरूप तिमीले यो बालक प्राप्त गरेका हौ।’ यसपछि धेरै दिनसम्म ती पतिपत्नि सुखपूर्वक रहे । यो कथा जसले पढ्दछ वा सुन्दछ अथवा मंगलबारको व्रत गर्दछ, त्यसका सबै कष्ट श्री हनुमानजीको कृपाले नष्ट भएर जानेछ ।

Thursday, 13 April 2017

२०७४ बार्षिक राशिफल र बार्षफल


( ज्यो : हरिप्रसाद जोशी )
नयाँ वर्ष  २०७४ मा नेपालको प्रतिष्ठा बढ्ने योग छ । देशको अन्तर्राष्ट्रिय सम्बन्ध सकारात्मक मार्गमा गतिमान हुनेछ । उत्तरतिरबाट राम्रो सहयोग मिल्ने देखिन्छ । देशको पूर्वी भागमा भने राजनीतिक हलचल मच्चिने सम्भावना छ । मध्यभागमा प्राकृतिक विपत्ति आउने खतरा देखिन्छ । यस क्षेत्रमा हुने अतिबृष्टिले जनधनको क्षतिको सम्भावना देखिन्छ ।

शासकहरुमा अहंकार बढ्ने छ । सरकारले नयाँ सालको भदौ महिनासम्म अलि अफ्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ ।  नयाँ वर्षमा राशीहरुको अवस्थिति अनुसारको के कस्तो फल होला भन्ने आममानिसको खुल्दुलीको विषय हो । यही चासो र सरोकारलाई ध्यानमा राख्दै यहाँ नयाँ वर्षभरीको राशी फलको महत्वपूर्ण अंशहरु उल्लेख गरिएको छ ।

मेष – वर्षको आरम्भमा राहु र गुरुको प्रतिकुलताले गर्दा मानहानी स्वास्थ्य कमजोर एवं द्रव्य अधिक नोक्सान भएपनि भाद्रमासबाट गुरु अनुकुल बन्ने छ । व्यवसायमा प्रगतिको संकेत एवं मानसम्मान, दाम्पत्य जीवन सफल बन्ने छ । शनिको कारण धार्मिक कार्यमा बाधा उत्पन्न हनेछ । शैक्षिक क्षेत्रमा सफलता, कृषिकार्य र जग्गाजमीनको काममा लाभ मिल्ने छ । जेष्ठ महिनादेखि कात्तिकसम्म शनिको अढैयाको कारण काममा ढिला अनावश्यक बिषयमा समय चल्ने छ । आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन उत्तम रहनेछ ।

वृष – व्यापारमा सामान्य लाभ हुनेछ । शनि भदैयाको कारणले जेष्ठ ५ गतेसम्म र मंसिर १ गते पछि काममा ढिलाई, प्रतिकुल स्वास्थ्य, झुटो आरोप खप्नु पर्नेछ । वैदेशिक रोजगारीमा उत्तम मानिएको छ । जग्गाजमीनको कारोवारमा विवाद, तीर्थ यात्रा सफल हुनेछ । पारिवारीक सुख मिल्नेछ । उत्तराध्र्दमा दाम्पत्य जीवनमा समस्या आउने भएकाले शनिको शान्ति र शिव आराधना गर्नु अनिवार्य छ । जेष्ठ, असोज र माघ महिना कष्टको जीवन बित्ने छ ।

मिथुन – यो राशी भएका व्यक्तिहरुलाई यो वर्ष उत्तम मानिन्छ । वर्षको शुरु र अन्तमा भूमि र बाहनबाट सुख प्राप्त हुन्छ । आर्थिक उत्थान हुन्छ । रोजगारी र सामाजिक कार्यमा मानसम्मान हुन्छ । पैतृक सम्पति, सन्तानको उन्नति, हराएको धन प्राप्त हुनेछ । धार्मिक कार्यमा मन जाने छैन । शैक्षिक क्षेत्र असफल बन्नसक्छ । भदौ, मंसिर र चैत महिना सुखद् छन् ।
कर्कट – यो राशी भएका व्यक्तिको यो वर्ष सामान्य रहने छ । शत्रुमाथि विजयी, व्यापारबाट अत्यन्त लाभ, भूमि र बाहनबाट उन्नति हुनेछ । शुक्र र शनि ग्रहको अनुकूलताका कारण व्यापार, अध्ययन, सन्तान सुख या प्रगति हुनेछ । आर्थिक दृष्टिले बैशाख, जेठ र असोज शुभ महिना रहनेछन् ।
सिंह – यो वर्ष आम्दानीका नयाँ–नयाँ मार्गहरु मिल्नेछ । वर्षको अन्तसम्म गुमेको सम्पति प्राप्त हुनेछ । मान पदमा उन्नति हुनेछ । स्वास्थ्यमा प्रतिकूलता, पेट सम्वन्धी रोगले सताउने छ । व्यवसायबाट सामान्य लाभ छ । धार्मिक कार्यमा समावेश हुनेछ । नारायणको पुजा गरेमा दाम्पत्य जीवन, बैदेशिक रोजगारीका साथै सन्तान सुख हुनेछ । आर्थिक दृष्टिले जेठ, कार्तिक, असार र माघ उत्तम रहने छन् ।
कन्या – शनिको अढैयाको कारण यो वर्ष कन्या राशीको दिनचर्या सामान्य रहेको छ । वर्षको उत्तराध्र्दमा मानसिक तनाव, स्वास्थ्यमा प्रतिकूलता, स्वजनसँग वैरभाव र व्यापार व्यवसायमा मन्द गती हुने छ । शैक्षिक काममा आलस्य उत्पन्न हुनेछ । शत्रुमाथि विजय प्राप्त, पारिवारीक कार्यमा माङ्गलिक कार्य शुरु हुनेछ । वैदेशिक क्षेत्र सफल हुनेछ । असार, मंसिर र फागुन महिना उत्तम भनिएको छ ।
तुला – यो वर्ष अनुकूल प्रतिकूल दुइवटै मिश्रित समय रहेको छ । नोकरीमा प्रगति हुनेछ भने व्यापारमा लाभ तर स्वास्थ्य समस्याले ग्रसित पार्नेछ । नयाँ कामको थालनी हुन्छ तर भूमी वाहन सम्वन्धी राम्रो हुने छैन । कृषि कार्यबाट प्रचुर मात्रामा लाभ लिन सकिने छ । स्वास्थ्यमा अशुभ भएकाले मनमा अशान्ति आर्थिक समस्या उत्पन्न हुन्छ । बैदेशिक रोजगारी राम्रो छ । शनिदेव र शिवको उपासना अनिर्वाय छ । भदौ, पुस र चैत महिना उत्तम रहेको छ ।
बृश्चिक – यो वर्ष कृषिजन्य कार्यबाट, पशु व्यवसायबाट राम्रो जीवनयापन चल्ने छ । शैक्षिक क्षेत्र सामान्य बन्ने छ । सामाजिक कामबाट मानसम्मान प्राप्त हुनेछ । पारिवारीक सम्वन्ध प्रतिकूल बन्नेछ । वुवा–आमालाई कष्ट हुन्छ । आर्थिक समस्या पर्नेछ । शनिको अशुभ फल प्राप्त हुनाले शनि शान्ति गर्नु अति आवश्यक छ । बैशाख, भदौ र पुस महिना उत्तम रहेको छ ।
धनु – यो वर्ष धेरै प्रतिकूल बन्नेछ । शनिको पूर्ण प्रभाव पर्ने भएकाले पारिवारीक सम्वन्ध कष्टकर, स्वास्थ्यमा नराम्रो, पेट सम्वन्धी समस्या र चोट लाग्न सक्ने योग छ । शैक्षिक कार्यमा सफल रहेनछ । अधुरा रहेका शैक्षिक कार्यहरु पूरा हुनेछ । बैदेशिक रोजगारी असफल बन्नेछ । कृषि व्यवसाय सामान्य रहनेछ । शनिको जप, दान र शान्ति गरेर जीवनमा सफलता प्राप्त गर्न सकिन्छ ।
मकर – यो वर्ष मिश्रित फलको सामना गर्नुपर्नेछ । वर्षको पूर्वाध्र्दमा तीर्थयात्रा गर्ने योग छ । जग्गाजमिन र पशु व्यवसायबाट लाभ हुनेछ । वर्षको मध्यमा व्यापारमा राम्रो लाभ हुनेछ । आमा–बुवाको स्वास्थ्य प्रतिकूल हुनेछ । शैक्षिक कार्यमा राम्रो छ । वर्षारम्भ र वर्षको उत्तराध्र्दमा झुटो आरोपको सामना गर्नुपर्नेछ । मानसिक तनाव अशुभ फल प्राप्त हुनेछ । शनि अशुभ भएकाले शनि शान्ति र शिव उपसना गर्नु राम्रो हुन्छ ।
कुम्भ – यो वर्ष सामान्य रहेको पाइन्छ । अभिभावकको साथमा तीर्थ यात्राको योग छ । माङ्गलीक कार्यको शुरुवात हुनेछ । पारिवारीक सुख प्राप्त सन्तान प्राप्तिको योग बनेको छ । स्वास्थ्यमा प्रतिकूलता र आर्थिक अवस्था कमजोर बन्न सक्छ । ऋण बढ्ने छ । बिनाकाम झमेलामा फस्नु पर्छ । बैदेशिक क्षेत्रमा वर्षको उत्तराध्र्दमा राम्रो लाभ हुनेछ । नोकरीमा अपयश प्राप्त हुनेछ । व्यापारबाट सामान्य लाभ हुनेछ । बैशाख, साउन, मंसिर र पुस महिना शुभ रहेको छ ।

मीन – यो वर्ष मध्यम रहेको छ । स्वास्थ्य सम्वन्धी तनाव, आँखा र पेटको रोगले सताउने छ । चोटपटकको भय, हतियार र सवारी साधनबाट होशियार रहनुपर्नेछ । सामाजिक र माङ्गलीक कार्यमा धेरै खर्च हुनेछ । वैदेशिक क्षेत्र र अध्ययन अध्यापन अधुरो रहनेछ । आम्दानीका नयाँ स्रोतहरु प्राप्त हुनेछन् । सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ । मानसम्मान मिल्ने छ । व्यापारबाट सामान्य लाभ हुनेछ । दाजुभाईमा उन्नति हुनेछ । नयाँनयाँ कामको थालनी हुनेछ । साझेदारी काममा प्रगति हुनेछ । बिशेषगरी जेठ, भदौ पुस र माघ शुभ रहेका छन् ।

-ज्यो.पं. हरिप्रसाद जोशी  (लटैनाथ मालिकार्जुन ज्योतिषालय ।

ज्ञान विज्ञान और धर्म

🌅 शास्त्र अनुसार छठ पूजा की शुरुआत, महत्त्व और कहाँ-कहाँ मनाई जाती है

  🌞 छठ पूजा का परिचय छठ पूजा हिंदू धर्म का एक अत्यंत पवित्र और वैज्ञानिक पर्व है, जो सूर्य देव और छठी मैया की उपासना के लिए समर्पित है। यह ...

पौराणिक ज्ञान