ज्यो: हरिप्रसाद जोशी
+917411535357
विशेषगरी सुदुर पश्चिम क्षेत्रका हिन्दु महिलाहरुले शिव पार्वतीको आराधना गरी गौरा पर्व मनाउने गर्छन्।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन पञ्च अन्नको मिश्रण –बिरूडा- तामाको भाँडोमा राखेर गौरा पर्व शुरू गरिने र शिव पार्वतीको पुजा आजा गर्दै पाँचौ दिन बिरूडा फड्किंदै (छर्किंदै) प्रसादका रूपमा विरूडा बाँढेर गौरा पर्व सम्पन्न गर्ने गरिन्छ।
पञ्च अन्नको मिश्रण बिरूडा राख्ने, अँकुर निस्केपछि विरूडा सहित हरियो घाँसको गौरा बनाएर गित गाउदै, नजिकको मन्दिरमा भित्र्याउने र पुजा आराधना गरिन्छ।
शिव र पार्वतीको प्रेम अनि बिवाहको स्मरण गर्दै विशेष विधिविधान अनुसार शिव पार्वतीको पुजा, अरधना गरेर महिलाहरूले ब्रत मनाउने गर्छन भने पुरूषहरूले देउडा खेलेर खुशियालीमा साथ दिन्छन्।
महिलाहरुले करिव ३ देखि ५ दिनसम्म एक मात्र फलाहार खाएर वर्त बसी पूजाआजा गरी धुमारी जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन्।
विशेष गरी सुदूरपश्चिम क्षेत्रका सबै जिल्लामा र मध्यपश्चिम क्षेत्रका केही पहाडी जिल्लाका महिलाहरूले मनाउने गरेको यो पर्व डेढ दशक यता तरार्इका जिल्लाहरूमा पनि मनार्इन्छ।
गौरा पर्वमा वर्तालु महिलाहरुले घांटीमा दुव धागो बाँध्ने प्रचलन छ। पुरूषले जनर्इ लगाए झैं महिलाले दुव धागो लगाउने गर्दछन्।
सांगीतिक पर्वको रूपमा पनि यो पर्व मनार्इन्छ। शिव र गौरी अर्थात गौराको पुजा आराधनाले मनोकाँक्षा पुरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ। यो पर्वलाई एकताको पर्व पनि भन्ने गरिन्छ ।
यो पर्वको धार्मिक मान्यता अनुसार पौराणिक कालमा पार्वतीले निराहार बसी नित्य आराधना गरी भगवान शिवलार्इ वरको रूपमा प्राप्त गरेकी थिर्इन। त्यसैको सम्झनामा शिव पार्वतीको पुजा आजा गर्दै देउडा खेलेर यो पर्व मनार्इने चलन छ

No comments:
Post a Comment